Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १०, २०८३
जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

वीरगंज (पर्सा), १० जेठ । नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा पत्रकार आचारसंहितासम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महासंघको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत नयाँ पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले पत्रकारितामा पेशागत मर्यादा, जिम्मेवारी र आचारसंहिताको महत्वबारे गम्भीर छलफल गराएको थियो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन महासंघका केन्द्रीय सचिव अशोक तिवारी ले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पत्रकारितामा सत्य, निष्पक्षता र उत्तरदायित्वलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए । पत्रकारले आफ्नो व्यवहार र पेशागत आचरणप्रति सजग रहन नसके आलोचनाको सामना गर्नुपर्ने उल्लेख गर्दै उनले मर्यादित र विश्वसनीय पत्रकारितालाई प्राथमिकतामा राख्न आग्रह गरे ।

सचिव तिवारीले वर्तमान परिस्थितिमा सञ्चार क्षेत्र विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै सरकारले लागू गरेको आर्थिक नाकाबन्दीविरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलनमा रहेको बताए । उनले महासंघद्वारा सञ्चालन भइरहेका आन्दोलनका कार्यक्रम सफल बनाउन सबै पत्रकारलाई सक्रिय सहभागिताका लागि आह्वान समेत गरे ।

कार्यक्रममा श्याम बञ्जारा, दिपेन्द्र चौहान तथा शम्भु कुमार सुमन लगायतले पत्रकारितामा बढ्दो चुनौती, सञ्चारमाध्यमको विश्वसनीयता र पेशागत अनुशासनका विषयमा धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन महासंघ पर्साका सचिव विजय चौहानले गरेका थिए ।

अनुशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने ले प्रशिक्षण दिएका थिए । उनले पत्रकार आचारसंहिताको व्यवहारिक प्रयोग, समाचार सम्पादनका क्रममा अपनाउनुपर्ने सावधानी तथा आधुनिक पत्रकारितामा देखिएका चुनौतीबारे विस्तृत सहजीकरण गरेका थिए ।

प्रशिक्षणका क्रममा पत्रकारितामा सत्यतथ्यमा आधारित सूचना सम्प्रेषण, निष्पक्ष समाचार लेखन र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्नेमा विशेष जोड दिइएको थियो । साथै जिम्मेवार समाचार सम्प्रेषण, सञ्चारमाध्यमप्रतिको जनविश्वास कायम राख्ने दायित्व तथा पत्रकारको पेशागत मर्यादासम्बन्धी विषयमा समेत सहभागी पत्रकारहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रमले नयाँ पुस्ताका पत्रकारहरूलाई पेशागत मूल्य, नैतिकता र उत्तरदायी पत्रकारिताप्रति थप सचेत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

Tags: नेपाल पत्रकार महासंघ पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि