Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ५, २०८३
सदस्यता शुद्धीकरणको मागसहित पत्रकार महासंघ पर्सामा ज्ञापनपत्र, आन्दोलनको चेतावनी

वीरगंज (पर्सा), ५ जेठ । नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको विषय फेरि पेचिलो बनेको छ । यसै विषयलाई लिएर गठित संघर्ष समितिले मंगलबार महासंघ नेतृत्वसमक्ष ज्ञापनपत्र बुझाउँदै तत्काल प्रक्रिया अघि नबढाइए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । संघर्ष समितिका संयोजक अनुप तिवारी नेतृत्वको टोलीले महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललाई ज्ञापनपत्र बुझाउँदै विगतमा सञ्चालन गरिएको सदस्यता छानबिन प्रक्रियालाई निरन्तरता दिन माग गरेको हो । समितिले विधानविपरीत तथा अयोग्य व्यक्तिले लिएको सदस्यता खारेज गरी वास्तविक र सक्रिय पत्रकारलाई अविलम्ब सदस्यता उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।

ज्ञापनपत्रमा नेपाल पत्रकार महासंघ लोकतान्त्रिक व्यवस्था, प्रेस स्वतन्त्रता र नागरिक भरोसासँग जोडिएको संस्था भएकाले यसको गरिमा जोगाउन विधान, विधि र स्थापित पद्धतिअनुसार निर्णय प्रक्रिया अगाडि बढ्नुपर्ने उल्लेख गरिएको छ । समितिले विगतमा भएका शुद्धीकरण अभियानलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै अहिले पनि त्यही अभ्यासलाई निरन्तरता दिनुपर्ने धारणा राखेको छ । समितिले २०७२ माघ १४ गते महासंघ पर्साका पूर्वअध्यक्ष सत्रुधन नेपालको संयोजकत्वमा गठन गरिएको कार्यदलले तय गरेका सात बुँदे मापदण्डको स्मरण गराएको छ । उक्त मापदण्डका आधारमा अघिल्ला कार्यकालहरूमा सदस्यता छानबिन गरिएको र मापदण्ड पूरा नगर्ने व्यक्तिहरूलाई सदस्यताबाट अलग गरिएको उल्लेख गर्दै अहिले पनि त्यही मापदण्डअनुसार प्रक्रिया अघि बढाउनुपर्ने माग गरिएको छ ।

संघर्ष समितिले योग्य, सक्रिय तथा पेशागत रूपमा संलग्न पत्रकारहरू अझै सदस्यताबाट वञ्चित रहेको दाबी गर्दै उनीहरूलाई शीघ्र सदस्यता प्रदान गर्न आग्रह गरेको छ । समितिका अनुसार महासंघभित्र देखिएको सदस्यता विवाद समाधानका लागि पारदर्शी र निष्पक्ष छानबिन आवश्यक छ । समितिले तीन दिनभित्र सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणका लागि आवश्यक पहल नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ । आन्दोलनका स्वरूपबारे स्पष्ट नखुलाइए पनि समितिले दबाबमूलक कार्यक्रममार्फत आफ्नो अभियानलाई अगाडि बढाउने संकेत गरेको छ ।

वीरगंजस्थित महासंघको कार्यालयमा पुगेर बुझाइएको ज्ञापनपत्र कार्यक्रममा संघर्ष समितिका सहसंयोजक शेखर छतकुल्लीसहित सदस्यहरू आशिक अन्सारी, लालकिशोर सिंह, राम कुशवाहा, राजेन्द्र सिंह, सन्तोष पटेल र बलिराम यादवलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो । त्यसैगरी ज्ञापनपत्र बुझ्ने क्रममा महासंघ पर्साका उपाध्यक्ष भुषण यादव, कोषाध्यक्ष संजीव कुमार मिश्र तथा सहसचिव एस.के. चौरसिया पनि उपस्थित रहेका थिए । सदस्यता विवादलाई लिएर महासंघभित्र बढ्दो दबाबसँगै अब नेतृत्वले कस्तो निर्णय लिन्छ भन्ने चासो पत्रकार वृत्तमा बढेको छ ।

Tags: नेपाल पत्रकार महासंघ पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

असार ३१, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

यातायात कार्यालयको सिस्टम सुचारु

असार ३०, २०८३
राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

असार ३०, २०८३
‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

असार ३०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि