Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

समर्थन फिर्ता विवादबीच जनमतको नेतृत्व हेरेफरः महेश यादवलाई हटाउँदै चन्दन सिंहलाई जिम्मेवारी

सिंहको नेतृत्वमा बहुमत प्रदेश सांसदहरूले मधेश सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएका थिए । तर त्यसको करिब १२ घण्टापछि तत्कालीन नेता यादवले भने समर्थन यथावत रहेको भन्दै छुट्टै पत्र पेश गरेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २२, २०८३
समर्थन फिर्ता विवादबीच जनमतको नेतृत्व हेरेफरः महेश यादवलाई हटाउँदै चन्दन सिंहलाई जिम्मेवारी

वीरगंज (पर्सा), २२ वैशाख । जनमत पार्टीले मधेश प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तन गर्दै महेश प्रसाद यादवलाई जिम्मेवारीबाट हटाएको छ । उनको स्थानमा चन्दनकुमार सिंहलाई नयाँ संसदीय दलको नेता तोकिएको छ । पार्टी अध्यक्ष सीके राउतले सोमबार जारी गरेको विज्ञप्तिमार्फत् यो निर्णय सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा आजकै मितिबाट लागू हुने गरी नेतृत्व हेरफेर गरिएको उल्लेख गरिएको छ । यसअघि प्रमुख सचेतक रहेका सिंह पार्टीका महासचिवसमेत हुन् ।

मधेश प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने विषयमा जनमत पार्टीभित्र मतभेद देखिँदै आएको छ । यसैबीच, सिंहको नेतृत्वमा बहुमत प्रदेश सांसदहरूले मधेश सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएका थिए । तर त्यसको करिब १२ घण्टापछि तत्कालीन नेता यादवले भने समर्थन यथावत रहेको भन्दै छुट्टै पत्र पेश गरेका थिए ।

सिंहका अनुसार पार्टी अध्यक्ष राउतसँगको परामर्शमा बहुमत सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् । उक्त पत्रमा जनमतका ९ जना प्रदेश सांसदहरूको हस्ताक्षर रहेको छ । हाल प्रदेश सभामा जनमत पार्टीका १२ सदस्य छन्, जसमा बबिताकुमारी राउत उपसभामुख पदमा छिन् । पार्टीबाट महेश यादव अर्थमन्त्री तथा बसन्त कुशवाहा युवा तथा समाजकल्याण मन्त्रीका रूपमा सरकारमा छन् ।

मधेश प्रदेशमा एमालेबाहेकका दलहरूको गठबन्धन सरकार सञ्चालनमा छ । जनमतका सांसदहरूको पछिल्लो कदमले कांग्रेस नेतृत्वको सरकारविरुद्ध नयाँ समीकरण बन्ने संकेत देखिएको छ । १०७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छन् ।

हालको अवस्था अनुसार एमालेका २४, कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १२, माओवादी केन्द्रका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् । साथै, राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका एक–एक सदस्य रहेका छन् ।

Tags: सीके राउतको निर्णय: मधेशमा जनमतको नेतृत्व परिवर्तन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जनमतभित्र दुईधारः समर्थन फिर्ता र यथावतको निर्णय ! दुई मन्त्री पदमै, बाँकीको समर्थन फिर्ता

जनमतभित्र दुईधारः समर्थन फिर्ता र यथावतको निर्णय ! दुई मन्त्री पदमै, बाँकीको समर्थन फिर्ता

बैशाख २२, २०८३
अध्यादेशमार्फत कर्मचारी युनियन खारेजः सरकार-संगठन टकराव चर्किँदै ! आन्दोलनको चेतावनी

अध्यादेशमार्फत कर्मचारी युनियन खारेजः सरकार-संगठन टकराव चर्किँदै ! आन्दोलनको चेतावनी

बैशाख २२, २०८३
समर्थन फिर्ता विवादबीच जनमतको नेतृत्व हेरेफरः महेश यादवलाई हटाउँदै चन्दन सिंहलाई जिम्मेवारी

समर्थन फिर्ता विवादबीच जनमतको नेतृत्व हेरेफरः महेश यादवलाई हटाउँदै चन्दन सिंहलाई जिम्मेवारी

बैशाख २२, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सर्लाहीमा मोटरसाइकलको ठक्करले वृद्धको ज्यान गयो

बैशाख २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि