Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

११ मध्ये ९ छोटी भन्सार बन्द, राजस्व गुम्दै, उपभोक्ता मारमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १६, २०८३
११ मध्ये ९ छोटी भन्सार बन्द, राजस्व गुम्दै, उपभोक्ता मारमा

वीरगंज (पर्सा), १६ वैशाख । वीरगंज भन्सार कार्यालयको मातहतमा रहेका पर्सा र बारा जिल्लाका ११ वटा छोटी भन्सारमध्ये हाल मात्र २ वटा सञ्चालनमा रहँदा बाँकी ९ वटा लामो समयदेखि बन्द अवस्थामा छन् । सरकार राजस्व संकलन बढाउने उद्देश्यले १०० रुपैयाँभन्दा बढी मूल्यका सामान भारतबाट ल्याउँदा अनिवार्य भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिरहेको अवस्थामा यस्ता छोटी भन्सार कार्यालयहरू बन्द रहनुले प्रश्न उठाएको छ ।

हाल पर्साको ठोरी र बाराको मटिअर्वा छोटी भन्सार मात्र सञ्चालनमा छन् । तर बाराका पिपरपाती, सिम्रौनगढ, कवही र कचोर्वा तथा पर्साका सिर्सिया, भिष्वा, अलौं, गाढ प्रसौनी र जानकीटोला छोटी भन्सार कार्यालयहरू भने लामो समयदेखि ठप्प छन् । पछिल्ला दुई सातादेखि सीमाक्षेत्रमा सुरक्षाकर्मीले कडाइ गरे पनि ग्रामीण भेगका अन्य नाकाहरूमा भन्सार सेवा अभाव देखिएको छ ।

कर्मचारी अभावका कारण यी कार्यालयहरू बन्द गर्नुपरेको जनाइएको छ । यसको प्रत्यक्ष असर सीमावर्ती नेपाली उपभोक्तामा परेको छ, जसले भन्सार शुल्क तिरेर सामान ल्याउन चाहे पनि सुविधा नपाउँदा समस्या झेलिरहेका छन् । उता, भन्सार नहुँदा दैनिक रूपमा ठूलो मात्रामा राजस्वसमेत राज्यले गुमाइरहेको अवस्था छ ।

छोटी भन्सार भएका अधिकांश नाका क्षेत्र अहिले विकसित भएर ठूला बजारमा परिणत भइसकेका छन् । ती क्षेत्रबाट दैनिक रूपमा भारतीय बजारमा किनमेल गरेर फर्किने नेपालीहरूको संख्या उल्लेख्य छ । तर भन्सार कार्यालय नहुँदा वैधानिक रूपमा सामान भित्र्याउन चाहनेहरू समेत अन्योलमा परेका छन् ।

कोरोना महामारीपछि बन्द भएको सिम्रौनगढ छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै स्थानीयले आन्दोलनसमेत गरेका थिए । तर, उक्त भन्सार अझै नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन ।

हाल सञ्चालनमा रहेका छोटी भन्सारहरूमा एक–एक जना नायब सुब्बा र कार्यालय सहयोगी मात्र खटाइएको छ । वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार साना छोटी भन्सारहरू क्रमशः बन्द गर्दै जाने सरकारी नीति रहेको छ । उनका अनुसार गाउँ–गाउँमा भन्सार खोल्दा चोरी निकासी बढ्ने जोखिम हुने र मुख्य भन्सारसमेत कमजोर बन्ने सम्भावना हुन्छ । त्यसैले सीमित स्थानमा मात्र छोटी भन्सार सञ्चालन गरी बाँकी नाकाको जिम्मा सशस्त्र प्रहरीलाई दिने योजना अघि सारिएको बताए ।

उनले छोटी भन्सार सञ्चालनका लागि केवल कर्मचारी पर्याप्त नहुने स्पष्ट पार्दै कम्प्युटर प्रणाली, बैंकिङ सेवा, खाद्य तथा पशु क्वारेन्टाइनजस्ता पूर्वाधार आवश्यक पर्ने भएकाले सबै स्थानमा भन्सार सञ्चालन सम्भव नभएको उल्लेख गरे ।

Tags: वीरगंज भन्सार कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि