Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज मुख्य सडकमा मंगलबारदेखि केन्द्रविन्दु निर्धारण गरिनेः ‘कहाँसम्म भत्काउने ?’ अब स्पष्ट हुने

सडक विस्तारका क्रममा केही संरचना हटाइएपनि सडकको केन्द्र कहाँ पर्छ भन्ने स्पष्ट नहुँदा स्थानीयवासी अन्योलमा थिए । विशेषगरी ‘कति दूरीसम्म संरचना हटाउनुपर्ने हो’ भन्ने प्रश्न उठ्दै आएको थियो । अब भने आधिकारिक नक्साअनुसार केन्द्रबिन्दु तय गरिने भएपछि यस्तो अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १४, २०८३
वीरगंज मुख्य सडकमा मंगलबारदेखि केन्द्रविन्दु निर्धारण गरिनेः ‘कहाँसम्म भत्काउने ?’ अब स्पष्ट हुने

वीरगंज (पर्सा), १४ वैशाख । वीरगंजको प्रमुख सडक त्रिभुवन राजपथको मापदण्डअनुसार सडक विस्तारलाई स्पष्ट र व्यवस्थित बनाउन केन्द्रविन्दु निर्धारणको प्रक्रिया मंगलबारदेखि सुरु हुने भएको छ । यसका लागि सम्बन्धित निकायहरूबीच सहमति भई नापजाँच कार्य अघि बढाइने तयारी पूरा गरिएको छ ।

सोमबार वीरगंज महानगरपालिकामा महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको संयुक्त बैठकले सडकको वास्तविक केन्द्रबिन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो । बैठकमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरू सहभागी थिए ।

यसअघि सडक विस्तारका क्रममा केही संरचना हटाइएपनि सडकको केन्द्र कहाँ पर्छ भन्ने स्पष्ट नहुँदा स्थानीयवासी अन्योलमा थिए । विशेषगरी ‘कति दूरीसम्म संरचना हटाउनुपर्ने हो’ भन्ने प्रश्न उठ्दै आएको थियो । अब भने आधिकारिक नक्साअनुसार केन्द्रबिन्दु तय गरिने भएपछि यस्तो अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ ।

केन्द्रविन्दु निर्धारण भएसँगै दायाँ–बायाँ समान दूरी कायम गरी सडकको चौडाइ सुनिश्चित गर्न सहज हुनेछ । यसले सडक विस्तार प्रक्रियालाई थप पारदर्शी, मापदण्डअनुकूल र विवादरहित बनाउने विश्वास गरिएको छ ।

नापजाँच कार्यका लागि आवश्यक प्राविधिक तथा भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाले उपलब्ध गराउनेछ भने नक्सा र मापनसम्बन्धी जिम्मेवारी नापी कार्यालय पर्साले लिनेछ । सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर भोला प्रसाद साहका अनुसार मंगलबार बिहानदेखि औपचारिक रूपमा मापन कार्य सुरु हुनेछ ।

यस कार्यलाई प्रभावकारी बनाउन सडक डिभिजन कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरगंज महानगरपालिकाको संयुक्त कार्यदल समेत गठन गरिएको छ । उक्त टोलीले नापजाँचदेखि कार्यान्वयनसम्म सबै चरणमा समन्वय गरेर काम गर्नेछ ।

यसअघि पनि सडक फराकिलो बनाउने अभियान अन्तर्गत सडक डिभिजन कार्यालयले गत आइतबार गण्डकदेखि भन्सार क्षेत्रसम्मका घर–टहरा डोजर प्रयोग गरी हटाउने कार्य सुरु गरिसकेको छ ।

Tags: सडक विस्तारमा पारदर्शिता: केन्द्रविन्दु पहिचान गर्न कार्यदल सक्रिय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

अशोज २६, २०८३
बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

अशोज २६, २०८३
दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

अशोज २६, २०८३
विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणः विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अशोज २६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि