Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजको मुख्य सडक विस्तारको असरः सटर अभावले बजार अस्तव्यस्त, घरधनीको मनपरी भाडा !

नयाँ व्यवसाय सुरु गर्न चाहनेहरू मात्र होइन, वर्षौंदेखि व्यापार गर्दै आएका पुराना व्यवसायीहरू समेत सटर नपाउने समस्यामा परेका छन् । उपलब्ध सटरहरूमा समेत अस्वाभाविक रूपमा भाडा बढाइएको व्यवसायीहरूको गुनासो छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १०, २०८३
वीरगंजको मुख्य सडक विस्तारको असरः सटर अभावले बजार अस्तव्यस्त, घरधनीको मनपरी भाडा !

वीरगंज (पर्सा), १० वैशाख । वीरगंजमा मुख्य सडक विस्तार अभियानले तीव्रता पाएसँगै व्यापारिक क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले आइतबारदेखि मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटरभित्रका संरचना हटाउन थालेपछि ठूलो संख्यामा व्यवसायी विस्थापित भएका छन्, जसको प्रत्यक्ष असर बजार व्यवस्थापनमा देखिएको छ । मेन रोडका सटरहरू हटाइएपछि व्यवसायीहरू वैकल्पिक स्थानको खोजीमा सहायक सडकतर्फ धकेलिएका छन् । तर त्यहाँ पनि सटरको अभाव चुलिँदै गएको छ ।

नयाँ व्यवसाय सुरु गर्न चाहनेहरू मात्र होइन, वर्षौंदेखि व्यापार गर्दै आएका पुराना व्यवसायीहरू समेत सटर नपाउने समस्यामा परेका छन् । उपलब्ध सटरहरूमा समेत अस्वाभाविक रूपमा भाडा बढाइएको व्यवसायीहरूको गुनासो छ । घरधनीहरूले यही अवस्थालाई अवसरका रूपमा उपयोग गर्दै मनपरी भाडा वृद्धि गरेको आरोप व्यापारीहरूले लगाएका छन् । यसले साना तथा मझौला व्यवसायीहरूलाई थप आर्थिक दबाबमा पारेको देखिन्छ ।

यसैबीच, वीरगंज महानगरपालिकाले बजारमा देखिएको अव्यवस्था नियन्त्रण गर्न सक्रियता देखाउने संकेत दिएको छ । मेयर राजेशमान सिंहले सडक विस्तारका कारण व्यवसायीहरूलाई परेको असरप्रति महानगर गम्भीर रहेको जनाउँदै यस्तो संवेदनशील समयमा अनुचित रूपमा भाडा बढाउने वा पुराना व्यवसायीलाई हटाएर बढी भाडा दिने नयाँ व्यक्तिलाई सटर उपलब्ध गराउने प्रवृत्ति अस्वीकार्य हुने बताएका छन् ।

महानगरले अब अनुगमनलाई तीव्र बनाउने तयारी गरेको छ । यदि कसैले जबरजस्ती सटर खाली गराएको वा अस्वाभाविक रूपमा भाडा बढाएको पाइएमा कानुनी कारबाही गरिने चेतावनी मेयर सिंहले दिएका छन् । आवश्यक परे जरिवाना, अनुमति खारेजीजस्ता कडा कदम चाल्न पनि पछि नहट्ने उनले स्पष्ट पारे ।

साना तथा मझौला व्यवसायीको संरक्षणमा महानगर प्रतिबद्ध रहेको उल्लेख गर्दै सिंहले बजारलाई सन्तुलित बनाउन, भाडा दरलाई व्यवस्थित गर्न र विस्थापित व्यवसायीलाई सहजीकरण गर्न विशेष कार्ययोजना ल्याइने जानकारी दिए । उनले घरधनीहरूलाई सामाजिक उत्तरदायित्व बुझ्न आग्रह गर्दै अहिलेको समय अत्यधिक नाफा कमाउने होइन, सहकार्य र सहअस्तित्वको भावना अपनाउने समय भएको बताए ।

सडक विस्तारपछि उत्पन्न सटर अभावले वीरगंजको व्यापारिक वातावरण थप जटिल बनेको छ । विस्थापित व्यवसायीहरू नयाँ सटरको खोजीमा भौँतारिन बाध्य छन् भने बजारमा भाडा दर अनियन्त्रित रूपमा उकालो लागेको छ । वीरगंज–९ घण्टाघर क्षेत्रका एक मोबाइल व्यवसायीका अनुसार केही वर्षअघि १० हजार रुपैयाँमा लिइएको सटरको भाडा क्रमशः बढ्दै अहिले ३० हजारभन्दा माथि पुगेको छ । बिजुली, इन्टरनेटलगायतका खर्च जोड्दा मासिक खर्च ३५ हजार नाघ्ने गरेको उनको भनाइ छ । घरधनीले अझै भाडा बढाउने संकेत गरेपछि सानो व्यवसाय धान्न झनै कठिन भएको उनले बताए ।

यस्तै, मुख्य बजार क्षेत्रमा सटर अभाव बढेसँगै सहायक सडकहरूमा समेत चाप बढेको छ । त्यसको असर घरभाडामा पनि देखिएको छ । पहिले ८–१० हजार रुपैयाँमा पाइने कोठा अहिले १५–२० हजार रुपैयाँसम्म पुगेको छ । स्पष्ट मापदण्डको अभावमा घरधनीहरूले मनलाग्दी भाडा निर्धारण गरिरहेको व्यवसायी तथा डेरावालहरूको गुनासो छ ।

Tags: विस्थापित व्यापारीको पीडा: भाडा वृद्धि र सटर अभाव दोहोरो समस्या
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सुरक्षा संवेदनशीलता बढेपछि नाकामा कडाइः विदेशी घुसपैठ रोक्न पासपोर्ट-भिसा जाँच अनिवार्य

सुरक्षा संवेदनशीलता बढेपछि नाकामा कडाइः विदेशी घुसपैठ रोक्न पासपोर्ट-भिसा जाँच अनिवार्य

बैशाख १०, २०८३
वीरगंजको मुख्य सडक विस्तारको असरः सटर अभावले बजार अस्तव्यस्त, घरधनीको मनपरी भाडा !

वीरगंजको मुख्य सडक विस्तारको असरः सटर अभावले बजार अस्तव्यस्त, घरधनीको मनपरी भाडा !

बैशाख १०, २०८३
वीरगंज महानगरको कडाइः मनपरी भाडा बढाउनेलाई कारबाही चेतावनी

वीरगंज महानगरको कडाइः मनपरी भाडा बढाउनेलाई कारबाही चेतावनी

बैशाख १०, २०८३
वीरगंज भन्सारको कारोबारमा कमी

वीरगंज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

बैशाख १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि