Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

१०० बुँदे कार्यक्रममा छुट्यो हरवाचरवा मुद्दा, ‘१०१ बुँदा’ बनाएर पुनःस्थापनाको माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २५, २०८२
१०० बुँदे कार्यक्रममा छुट्यो हरवाचरवा मुद्दा, ‘१०१ बुँदा’ बनाएर पुनःस्थापनाको माग

वीरगंज (पर्सा), २५ चैत । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले सरकारद्वारा सार्वजनिक गरिएको १०० बुँदे कार्यक्रममा आफ्ना पुनःस्थापना सम्बन्धी मागहरू समावेश नगरिएकोप्रति गम्भीर असन्तुष्टि जनाएको छ । मञ्चले देशको राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणका उद्देश्यसहित ल्याइएको उक्त कार्यक्रममा मुक्त हरवाचरवा समुदायको सवाल उपेक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

मंगलबार र बुधबार बर्दिवासमा सम्पन्न दुईदिने कार्यशाला गोष्ठीमा मधेश प्रदेशका आठै जिल्लाबाट सहभागी हरवाचरवा अगुवाहरूले वर्तमान अवस्थाको समीक्षा गर्दै सरकारको १०० बुँदे कार्यक्रमलाई १०१ बुँदामा विस्तार गरी मुक्त हरवाचरवाको सम्मानजनक पुनःस्थापनालाई अनिवार्य रूपमा समावेश गर्न माग गरेका छन्। सो अवसरमा ‘बर्दिवास घोषणापत्र’ समेत जारी गरिएको छ ।

मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले हरवाचरवा मुक्ति घोषणा ऐतिहासिक उपलब्धि भए पनि त्यसपछिका कामहरू अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको बताए । उनका अनुसार वि.सं. २०७९ साउन २ गते सरकारले हरवाचरवा मुक्ति घोषणा गरेपनि त्यसपछिका तथ्यांक संकलन, प्रमाणीकरण, परिचयपत्र वितरण तथा पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन् ।

उनले सरकारको १०० बुँदे कार्यक्रमलाई सकारात्मक पहलका रूपमा स्वागत गर्दै मुक्त हरवाचरवा समुदायका मुद्दाहरूलाई त्यसमा समेट्न आग्रह गरेका छन् । साथै, नवगठित सरकारलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन् ।

मञ्चका अनुसार नेपालको संविधानले शोषणविरुद्धको हक सुनिश्चित गर्नुका साथै दलित समुदायका लागि भूमि र आवासको अधिकार तथा मुक्त हरवाचरवा, भूमिहीन र सुकुम्वासीहरूको सम्मानजनक पुनःस्थापनाको व्यवस्था गरेको छ । तर, व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनीहरूको गुनासो छ ।

मधेश प्रदेशका आठवटै जिल्लामा रहेका करिब एक लाखभन्दा बढी मुक्त हरवाचरवा समुदाय अझै पनि आधारभूत अधिकार र सम्मानजनक जीवनबाट वञ्चित रहेको मञ्चले जनाएको छ ।

Tags: हरवाचरवा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज महानगरको अवैध कर असुलीमा अदालतको रोक, सांसद पन्तको पहल सफल

वीरगंज महानगरको अवैध कर असुलीमा अदालतको रोक, सांसद पन्तको पहल सफल

बैशाख ११, २०८३
पर्सामा भन्सार छलीका २२ इलेक्ट्रिक स्कुटर बरामद

पर्सामा भन्सार छलीका २२ इलेक्ट्रिक स्कुटर बरामद

बैशाख ११, २०८३
भत्किएका संरचनामा व्यवसाय चलाए कारबाही हुने

भत्किएका संरचनामा व्यवसाय चलाए कारबाही हुने

बैशाख ११, २०८३
सडक विस्तारपीडितलाई राहत दिन महानगरको पहल, ३० दिनभित्र विवरण दिन आह्वान

सडक विस्तारपीडितलाई राहत दिन महानगरको पहल, ३० दिनभित्र विवरण दिन आह्वान

बैशाख ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि