Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिरहाका नाकाबाट प्रहरी-सशस्त्र सेटिङमा तस्करी : डीआईजी र एसपीको नाममा नाकामा असुली आतंक

सिरहाका जिल्ला प्रहरी कार्यालयका एसपी बासुदेव पाठकको निर्देशनमा असई रामचन्द्र यादवसहित ६ जना घुमुवा खटाइएको छ । विशेष रूपमा थापामगरले ८ जिल्लामा असुली र तस्करीको ‘आतंक’ फैलाउँदै एसपीहरूलाई अप्ठेरोमा पारेको स्रोतले जनाएको छ । जयलाल यादवले धनुषा र सिरहाका नाकाहरूमा डीआईजीको नाममा तस्करीको लाइन चलाएर मासिक दररेट उठाउने काम गर्दै आएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ९, २०८२
सिरहाका नाकाबाट प्रहरी-सशस्त्र सेटिङमा तस्करी : डीआईजी र एसपीको नाममा नाकामा असुली आतंक

सिरहा, ९ चैत । सिरहाका सीमा नाकाहरूमा तस्करीको गम्भीर समस्या सार्वजनिक भएको छ । स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही अधिकारीहरूको सेटिङमा सीमा नाकाबाट अवैध कारोबार सञ्चालन भइरहेको छ । विशेष गरी जेनजी आन्दोलनपश्चात नागरिक सरकार बिदा हुन लागेको र नयाँ सरकार गठन नहुँदासम्मको राजनीतिक खाडलको फाइदा उठाउँदै तस्करीको ‘लाइन’ चलाइएको स्रोतले दाबी गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाले परिचालन गरेका घुमुवा अधिकारीहरू बरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादव सिरहाका नाकाहरूमा खटाएर तस्करी सञ्चालन गरिरहेको स्रोतले जनाएको छ । डीआईजी थपलियाले प्रदेशमा सरुवा भएलगत्तै अतिरिक्त कमाउधन्दा संचालनका लागि थापामगरलाई सङ्गै लगेका थिए । बरिष्ठ सई थापामगरलाई ८ वटै जिल्लामा घुमुवा परिचालन गरिएको छ भने सई जयलाल यादव धनुषा र सिरहामा असुली तथा सेटिङ व्यवस्थापनको जिम्मेवारीमा छन् ।

सिरहाका जिल्ला प्रहरी कार्यालयका एसपी बासुदेव पाठकको निर्देशनमा असई रामचन्द्र यादवसहित ६ जना घुमुवा खटाइएको छ । विशेष रूपमा थापामगरले ८ जिल्लामा असुली र तस्करीको ‘आतंक’ फैलाउँदै एसपीहरूलाई अप्ठेरोमा पारेको स्रोतले जनाएको छ । जयलाल यादवले धनुषा र सिरहाका नाकाहरूमा डीआईजीको नाममा तस्करीको लाइन चलाएर मासिक दररेट उठाउने काम गर्दै आएका छन् ।

उदाहरणका लागि, धनुषाको जटही नाकामा तस्करी गर्ने व्यापारी उमेश साहले मासिक दररेट डीआईजी र एसपीको नाममा जयलाललाई बुझाएका थिए । तर अन्य घुमुवा थापामगरले चैत १ गते सामान समात्दा तनावपूर्ण स्थिति सिर्जना भएको थियो । स्थिति लुकाउन सई टेकबहादुर कार्कीलाई अनावश्यक रूपमा तान्दा एसपी र डीआईजीबीच खटपट समेत भएको छ ।

सिरहाका नाकाहरू तारापट्टि, झाँझपट्टि, हर्कट्टी, कचनारी, गोरगामा, ठाडी, माडर, खिराउना, बरियारपट्टी र कमलापारी बाट तस्करी सञ्चालन भइरहेको पुष्टि भएको छ । बरियारपट्टी नाकाबाट निरमाला, जिबछा, सोपुर, सिता, अमिरती, राकेश, सुरेन्द्र, दान्तावाली लगायतको समूह मासिक दररेट तिरेर तस्करीको लाइन चलाइरहेका छन् । उनीहरूले चीनबाट आयातित स्याउ, मदिरा भारततर्फ तस्करी गर्दै आएका छन् भने भारतबाट किराना, हार्डवेयर र कपडा नेपालतर्फ ल्याउने काम समेत गर्दै आएका छन् । मासिक दररेट १५ हजारदेखि ५० हजार रुपैयाँसम्म उठाइन्छ ।

सशस्त्र प्रहरी बीओपी बरियारपट्टीका इन्स्पेक्टर पशुपति बरालले घुमुवा अर्जुन ठाकुरलाई नाकामा तस्करीको सेटिङ मिलाउन खटाएका छन् । उनी व्यापारीसँग मासिक दररेट उठाएर इन्स्पेक्टरलाई बुझाउने काम गर्दै आएका छन् । ठाकुर स्वयं जिबस साह, निमाल यादव, अमती यादव, रेनु यादव, गीता महतो, सोपुर बुरीया, सीता, दन्तवाली, सुरेन्द्र साह, राकेश यादवसँग मिलेर मासिक दररेट तय गरी तस्करी संचालन गरिरहेका छन् ।

स्रोतका अनुसार, डीआईजी र एसपीको नाममा तस्करी लाइन सञ्चालन हुनुले प्रहरी संस्थामाथि पनि प्रश्नचिन्ह खडा गरेको छ । यसले सीमा सुरक्षा, कानुनी कार्यवाही र व्यापारिक वातावरणमा गम्भीर असर पारिरहेको छ, र तत्काल प्रभावकारी अनुगमन र जिम्मेवारी तय गर्न आवश्यक देखिएको छ ।

Tags: सीमामा तस्करीको ‘लाइन’: घुमुवा र अधिकारीको सेटिङले आतंक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि