Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज रास्वपा पर्सा जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हरिखेतान क्याम्पस विवाद : वीरगंज तनावग्रस्त, आन्दोलित विद्यार्थी र प्रहरीबीच घम्साघम्सी

विगत एक वर्षदेखि क्याम्पस व्यवस्थापन र शिक्षकबीचको विवादका कारण नियमित पठनपाठन र आन्तरिक परीक्षा प्रभावित हुँदै आएको छ । कक्षा १२ का एक विद्यार्थीले शिक्षकहरूले आन्दोलनका नाममा पढाइसमेत प्रभावित बनाएको र परीक्षा दिनबाट समेत वञ्चित गरिएपछि बाध्य भएर सडकमा उत्रिनुपरेको बताए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ८, २०८२
हरिखेतान क्याम्पस विवाद : वीरगंज तनावग्रस्त, आन्दोलित विद्यार्थी र प्रहरीबीच घम्साघम्सी

वीरगंज (पर्सा), ८ चैत । वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको व्यवस्थापन–शिक्षक विवाद अन्ततः विद्यार्थी आक्रोशमा विस्फोट हुँदा आइतबार दिनभर शहर तनावग्रस्त बनेको छ । कक्षा ११ र १२ को परीक्षा दिन पुगेका विद्यार्थीलाई क्याम्पसको मूल गेटमै रोकेपछि स्थिति नियन्त्रण बाहिर गएको हो । क्याम्पस प्रशासनले आइतबारदेखि परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेपनि आन्दोलनरत शिक्षकका कारण परीक्षा स्थगित गरिएको भन्दै विद्यार्थीलाई प्रवेश निषेध गरिएको थियो ।

यसबाट आक्रोशित विद्यार्थीहरू गेटअगाडि प्रदर्शनमा उत्रिए । अवस्था चर्किँदै जाँदा प्रहरीले लाठीचार्ज गर्नुका साथै तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । लाठीचार्जमा एक विद्यार्थी घाइते भएपछि आन्दोलन झन् उग्र बनेको थियो । आक्रोशित विद्यार्थीहरूले क्याम्पस अगाडिबाट नाराबाजी गर्दै घण्टाघर चोकसम्म प्रदर्शन गरे । त्यहाँ उनीहरूले सडक अवरुद्ध गर्दै धर्ना दिए, टायर बालेर विरोध जनाए र चक्काजामसमेत गरे । आन्दोलनका क्रममा प्रहरीसँग घम्साघम्सी हुनुका साथै केही भौतिक क्षतिसमेत भएको छ । प्रदर्शनकारीले क्याम्पसको बसमा तोडफोड गर्नुका साथै सडक किनारमा रोपिएका बिरुवाहरू समेत नष्ट गरेका थिए ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूका अनुसार विगत एक वर्षदेखि क्याम्पस व्यवस्थापन र शिक्षकबीचको विवादका कारण नियमित पठनपाठन र आन्तरिक परीक्षा प्रभावित हुँदै आएको छ । कक्षा १२ का एक विद्यार्थीले शिक्षकहरूले आन्दोलनका नाममा पढाइसमेत प्रभावित बनाएको र परीक्षा दिनबाट समेत वञ्चित गरिएपछि बाध्य भएर सडकमा उत्रिनुपरेको बताए । उनीहरूले क्याम्पस प्रमुख र सञ्चालक समितिको राजीनामा माग्दै आन्दोलन नरोकिने चेतावनी दिएका थिए । विद्यार्थीहरूको आन्दोलनलाई अन्य क्याम्पसका विद्यार्थी नेताहरूले पनि समर्थन जनाएका थिए । उनीहरूले सामुदायिक क्याम्पसलाई निजी स्वार्थका लागि प्रयोग गरिएको आरोप लगाउँदै व्यवस्थापन–शिक्षक द्वन्द्वले विद्यार्थीको भविष्य नै संकटमा परेको बताएका छन् ।

यता क्याम्पस व्यवस्थापन पक्षले भने शिक्षकहरूले अनुचित माग राख्दै विद्यार्थीलाई उक्साएर शैक्षिक वातावरण बिगारेको आरोप लगाएको छ । आन्दोलनका कारण समस्या समाधान गर्न कठिन भएको उनीहरूको भनाइ छ । क्याम्पस प्रमुख भने सम्पर्कमा आउन चाहेनन् । स्थिति झन् जटिल बन्दै गएपछि प्रशासनले हस्तक्षेप गरेको थियो । जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा सरोकारवालाहरूबीच छलफल भएपछि तीन बुँदे सहमति कायम गरिएको छ ।

सहमति अनुसार स्थगित परीक्षा र पठनपाठन तत्काल सञ्चालन गरिने, आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीहरूको उपचारको व्यवस्था क्याम्पस प्रशासनले गर्ने, तथा बाँकी माग र समस्या समाधानका लागि पुनः बैठक बस्ने निर्णय गरिएको छ । यस सहमतिपछि साँझदेखि विद्यार्थीको आन्दोलन स्थगित भएको छ । लामो समयदेखिको आन्तरिक विवादका कारण सिर्जित शैक्षिक संकट तत्काल समाधान नहुँदासम्म यस्ता घटना पुनः दोहोरिन सक्ने चिन्ता भने यथावत् रहेको छ ।

Tags: पढाइ र परीक्षा अवरुद्धः विद्यार्थी आक्रोशले भरियो सडक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ओली पक्राउविरुद्ध वीरगंजमा मशाल जुलुस प्रदर्शन

ओली पक्राउविरुद्ध वीरगंजमा मशाल जुलुस प्रदर्शन

चैत्र १६, २०८२
वीरगंज प्रिमियर लिग-३ को ट्रफी सार्वजनिक

वीरगंज प्रिमियर लिग-३ को ट्रफी सार्वजनिक

चैत्र १६, २०८२
लागुऔषध गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ

लागुऔषध गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ

चैत्र १६, २०८२
पर्सामा चैते धान रोपाइँ सुरु, हर्दिनाथ–१ प्रति किसानको आकर्षण बढ्दो

पर्सामा चैते धान रोपाइँ सुरु, हर्दिनाथ–१ प्रति किसानको आकर्षण बढ्दो

चैत्र १६, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि