वीरगंज (पर्सा), ६ चैत । वीरगंज स्थित हरी खेतान बहुमुखी क्याम्पसमा निःशुल्क आँखा परिक्षण तथा उपचार शिविर शुक्रवार सम्पन्न भयो । सिद्धी आँखा उपचार केन्द्र, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा सम्पन्न शिविरमा क्याम्पसका ४५० जना विद्यार्थीको आँखा परिक्षण गरिएको थियो ।
समाजसेवी रामऔतार खेतान प्रमुख अतिथी रहेका शिविर उदघाटन समारोहको अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए । शिविरमा डा. आदित्य प्रसाद, डा. बिपिसा श्रेष्ठ लगायतले विशेषज्ञ सेवा प्रदान गरेका थिए भने डा.निरज सिंह, नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, प्रहरी नायव निरिक्षक दिपेन्द्र टमटा लगायतले सहजीकरण गरेका थिए ।
सो अवसरमा विद्यार्थीहरूको आँखा परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा लायन्स क्लब काठमाडौंका लायन्सकर्मीहरूले शिविरमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरेको थियो ।








प्रतिक्रिया दिनुहोस् !