Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारतबाट उद्दार गरिएका दुई नेपाली युवती स्वदेश फिर्ता, अढाई महिनामै ६३ जना महिलाको उद्दार

चार वर्षअघि १८ वर्षकै उमेरमा विवाह गरेकी उनलाई मानसिक रूपमा अस्वस्थ रहेका पतिले निरन्तर कुटपिट गर्थे । पछि समाजकै दबाबमा देवरसँग पुनः विवाह गराइएपनि दुबै पति तथा परिवारका सदस्यबाट निरन्तर शारीरिक र मानसिक हिंसा सहनुपर्‍यो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ६, २०८२
वीरगंजको मुख्य सडक स्थानान्तरण विवाद पुनः कानूनी बहसमा

वीरगंज (पर्सा), ६ चैत । भारतका विभिन्न बालिका गृहमा लामो समयदेखि आश्रय लिइरहेका दुई नेपाली युवतीलाई अन्ततः स्वदेश फर्काइएको छ । मानव बेचबिखनविरुद्ध सक्रिय संस्था ‘आफन्त इन्डिया फाउन्डेशन’की रिप्याट्रेशन अधिकृत सुनिता जैरुको पहलमा धनुषाको धनुषाधाम नगरपालिका र पर्साको वीरगंज–२१ निवासी २२/२२ वर्षीया युवतीलाई सुरक्षित रूपमा वीरगंज ल्याइएको हो ।

हाल दुवै युवती ‘आफन्त नेपाल’को वीरगंज शाखाअन्तर्गत रहेको आश्रय गृहमा राखिएको छ । उनीहरूको परिवारसँग सम्पर्क स्थापित भइसकेको छ र आफन्तजन उनीहरूलाई लिन वीरगंज आउने क्रममा रहेको शाखा प्रमुख मनु रानाले जानकारी दिइन् । वीरगंजकी युवतीको सन् २०१९ मा १५ वर्षको उमेरमै भारत, उत्तर प्रदेशको गोन्डा निवासी युवकसँग बालविवाह भएको थियो ।

विवाहपछि निरन्तर शारीरिक तथा मानसिक हिंसा भोग्नुपरेपछि उनको मानसिक अवस्था कमजोर बन्दै गयो । अन्ततः सन् २०२३ मा घर छोडेर निस्किएकी उनलाई भारतको अयोध्या क्षेत्रको सडकमा अस्वस्थ अवस्थामा प्रहरीले भेटी स्थानीय राजकीय महिला शरणालयमा राखेको थियो । त्यहाँ तीन वर्षको उपचार तथा संरक्षणपछि अवस्था सामान्य बनेपछि उनले आफ्नो माइतीको ठेगाना खुलाइन् । त्यसपछि भारतीय प्रहरीमार्फत दिल्लीस्थित नेपाली दूतावास हुँदै ‘आफन्त इन्डिया फाउन्डेशन’सँग सम्पर्क स्थापित गरिएको थियो ।

उता धनुषाधामकी अर्की युवतीको पनि पीडा कम थिएन । चार वर्षअघि १८ वर्षकै उमेरमा विवाह गरेकी उनलाई मानसिक रूपमा अस्वस्थ रहेका पतिले निरन्तर कुटपिट गर्थे । पछि समाजकै दबाबमा देवरसँग पुनः विवाह गराइएपनि दुबै पति तथा परिवारका सदस्यबाट निरन्तर शारीरिक र मानसिक हिंसा सहनुपर्‍यो । अमानवीय व्यवहारबाट आजित भई घर छोडेकी उनी भारतको राजस्थानस्थित भरतपुर पुगेकी थिइन् ।

रेल चढ्ने क्रममा भेटिएकी उनलाई ‘अपना घर’ नामक संस्थाले उद्दार गरी सवाई माधोपुरको बालिका गृहमा राखेको थियो । पछि उनले आफ्नो ठेगाना बताएपछि उनको विषयमा पनि ‘आफन्त इन्डिया फाउन्डेशन’लाई जानकारी पुगेको थियो । सुनिता जैरुका अनुसार दिल्लीस्थित नेपाली दूतावास र भारतीय प्रहरीसँगको समन्वयमा दुवै युवतीलाई स्वदेश फर्काउन सफल भएको हो ।

अढाई महिनामै ६३ महिलाको उद्दार
‘आफन्त नेपाल’ वीरगंज शाखाले चालु वर्ष २०२६ को अढाई महिनामै ६३ जना महिलाको उद्दार गरेको जनाएको छ । शाखा प्रमुख मनु रानाका अनुसार नेपाल–भारत सीमाक्षेत्र तथा समुदायबाट बेचबिखनको जोखिममा रहेका महिलालाई उद्दार गरिएको हो ।

उद्दार गरिएकामध्ये दुई जनालाई संस्थाको सेफ होममा सीपमूलक तालिमका लागि पठाइएको छ भने ६१ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ । गत वर्ष २०२५ भरिमा शाखाले २१५ महिलाको उद्दार गरेको थियो, जसमा २०६ जनालाई परिवारको जिम्मा लगाइएको थियो भने ९ जनालाई तालिमका लागि आश्रय गृहमा राखिएको थियो ।

त्यस्तै, संस्थाले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा ५ जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको छ भने ४ जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा चलाइएको छ । एक जनाविरुद्ध अभद्र व्यवहारको आरोपमा समेत कारबाही अघि बढाइएको छ ।

Tags: अमानवीय यातनाबाट मुक्ति: ‘आफन्त’को समन्वयमा दुई युवतीको स्वदेश फिर्ता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भन्सारबाट सस्तोमा गाडी र सामान दिलाइदिने भन्दै ठगी, वीरगंजबाट बिचौलिया पक्राउ

भन्सारबाट सस्तोमा गाडी र सामान दिलाइदिने भन्दै ठगी, वीरगंजबाट बिचौलिया पक्राउ

अशोज २९, २०८३
पटेर्वासुगौलीमा ५८ बालबालिका विद्यालय फर्किए, अझै १७२ जना शिक्षाबाहिर

पटेर्वासुगौलीमा ५८ बालबालिका विद्यालय फर्किए, अझै १७२ जना शिक्षाबाहिर

अशोज २९, २०८३
मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि