वीरगंज (पर्सा), ५ चैत । मधेश प्रदेशमा बलात्कार तथा जबरजस्ती करणी भयावह बन्दै गएको देखिएको छ । एक वर्षकै अवधिमा २ सय २० बलात्कारको घटना भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जारी गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ को तथ्याङ्क अनुसार वर्ष २०२५ अर्थात २०८१ पुस १७ देखि २०८२ पुस १६ सम्मको अवधिमा २ सय २० वटा बलात्कारका घटना भएका छन् ।
यसबाट सबभन्दा धेरै बालिका प्रभावित भएका छन् । घट्नामा १ सय १ जना १८ वर्षमुनि उमेर समूहका बालिका बलत्कारको शिकार भएकी छिन् । १८ वर्षमाथिका १ सय १९ जना महिला बलात्कृत भएकी छिन् । तथ्यांक अनुसार बलत्कारको सबभन्दा बढी घटना धनुषा जिल्लामा भएको देखिन्छ । यहाँ एक वर्षमै १२ बालिका र ५८ महिला बलात्कार शिकार भएका छन् ।
सबभन्दा कम घटना सप्तरी जिल्लामा भएको देखिन्छ । यहाँ बलात्कारका ८ वटा घटना भएका छन् । तर सप्तरीमा एक जना बालिका सामूहिक बलात्कारमा समेत परेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै सिरहामा ३ बालिका सामूहिक बलात्कारबाट पीडित भएका छन् । सिराहमा एक जनाको बलत्कारपछि हत्यासमेत भएको विवरण देखिन्छ ।
अन्य १२ वटा घट्नामा बालिका र १६ वटा घटनामा महिला पीडित बनेका छन् । महोत्तरीमा १५ बालिका र १६ महिला, सर्लाहीमा २४ बालिका र ७ महिला, रौतहटमा ३ बालिका र ६ महिला, बारामा ९ बालिका र ७ महिला तथा पर्सामा १५ बालिका र ९ महिला बलात्कारका घटनामा पिडित भएका छन् ।








प्रतिक्रिया दिनुहोस् !