Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आमाको नामबाट नागरिकता वितरण सुरु, पर्सामा ३३ जनाले पाए नयाँ पहिचान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ५, २०८२
आमाको नामबाट नागरिकता वितरण सुरु, पर्सामा ३३ जनाले पाए नयाँ पहिचान

वीरगंज (पर्सा), ५ चैत । जिल्ला प्रशासन कार्यालय ले फागुन ५ गतेदेखि हालसम्म आमाको नामबाट ३३ जनालाई नागरिकता प्रदान गरेको जनाएको छ । नेपाल नागरिकता ऐन, २०६३ र नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि बुबाको पहिचान नखुलेका नागरिकलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयनमा आएको हो । कार्यालयका अनुसार आवश्यक मापदण्ड र कागजात पूरा गरेका नागरिकताविहीन व्यक्तिहरूलाई उक्त प्रावधानअनुसार नागरिकता वितरण थालिएको हो ।

फागुन ५ गतेदेखि प्रक्रिया सुरु भएसँगै योग्य नागरिकहरूले आमाको नामबाट नागरिकता पाउन थालेका छन् । वीरगंज महानगरपालिका–११ का विजयकुमार साहले आमाको नामबाट नागरिकता पाएपछि आफूलाई ठूलो राहत मिलेको बताए । ‘धेरै वर्षसम्म नागरिकता बनाउन धाउनुपर्‍यो, अब भने विभिन्न प्रशासनिक झन्झटबाट मुक्ति पाएको महसुस भएको छ,’ उनले प्रतिक्रिया दिए ।

त्यस्तै वीरगंज महानगरपालिका–१३ का जुबैर अन्सारीले लामो संघर्षपछि नागरिकता प्राप्त गर्न सफल हुँदा ठूलो उपलब्धि हासिल गरेको अनुभूति भएको बताए । ‘नागरिकताविहीन हुनु निकै पीडादायी रहेछ, तर आमाको नामबाट नागरिकता पाएपछि अहिले अत्यन्त खुसी लागेको छ,’ उनले भने । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नियमावली कार्यान्वयनमा आएपछि तोकिएका मापदण्ड पूरा गर्ने नागरिकलाई नागरिकता प्रदान गर्न थालिएको जानकारी दिए । उनले नागरिकताविहीन भएर अधिकारबाट वञ्चित भएका व्यक्तिहरूका लागि यो व्यवस्था ठूलो राहत भएको उल्लेख गरे ।

नयाँ प्रावधान लागू भएसँगै लामो समयदेखि नागरिकता नपाएर समस्यामा परेका नागरिकहरूलाई कानुनी पहिचान दिलाउने प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न थालेको छ ।

Tags: आमाको नामबाट नागरिकता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि