Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रथम वीरगंज गोल्डकप : पहिलो दिनको खेलमा आयोजक टिम ३-१ गोलले विजयी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १८, २०८०
प्रथम वीरगंज गोल्डकप : पहिलो दिनको खेलमा आयोजक टिम ३-१ गोलले विजयी

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १८ कात्तिक । वीरगंजको आदर्शनगर रंगशालामा शनिबारदेखि शुरु भएको ‘प्रथम वीरगंज गोल्डकप’ को पहिलो खेलमा आयोजक टिम भेट्रान्स सिटि क्लब १ को विरुद्ध ३ गोलले विजयी भएको छ । ट्राइबेकरमा आयोजक टिम भेट्रान्स सिटि क्लबले १ को विरुद्ध ३ गोल हानी जीत हात पारेको हो । मधेश प्रदेशकै उच्च धनराशीको ‘प्रथम वीरगंज गोल्डकप’को पहिलो दिनको खेलमा आयोजक टिम भेट्रान्स सिटी क्लब वीरगंज र भारत नोयडाको एफसीआई नर्थ जोन फुटबल टिमबीच प्रतिस्पर्धा भएको थियो ।

डेढ घण्टा अर्थात ९० मिनेटका खेल अवधिमा कुनै पनि टिमले गोल हान्न नसकेपछि ४-४ वटा ट्राइबेकर (पेनाल्टी) हानिएको थियो । जसमा भेट्रान्स सिटी क्लबले ४ पेटाल्टीमा ३ गोल गरेको थियो भने एफसीआई नर्थ जोन फुटबल टिमले ४ पेनाल्टीमा १ गोल मात्रै हान्न सफल भएको थियो । गोल्डकप ७ दिनसम्म चल्नेछ भने भारतका २ र नेपालका ६ वटा गरि ८ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । विजयी टोलीले ११ लाख ११ हजार ११ सय रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैयाँ पुरस्कार राशी पाउने छन् ।

पहिलो दिनको खेल उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजमा खेलकुद क्षेत्र विकासको लागि महानगर सधैं तयार रहेको बताएका छन् । उनले वीरगंजलाई विगतको जस्तै फुटबलको उर्वरभूमि बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । वीरगंजमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने गरि आदर्शनगर रंगशालाको पुनः निर्माण गरिएको भन्दै नारायणी रंगशालाको क्रिकेट मैदानलाई पनि व्यवस्थित गर्न महानगर लागि परेको बताए ।

वीरगंज महानगरपालिका मुख्य प्रायोजक तथा भेट्रान्स सिटि क्लब आयोजक रहेको यस गोल्डकपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याती प्राप्त क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब काठमाडौँ, एपीआई पावर चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफ.सी., क्लाईभ हाउस दमदम कोलकाता, एफसीआई नर्थ जोन फुटबल टीम नोयडा र आयोजक भेट्रान्स सिटी क्लबले गोल्डकपमा प्रतिस्पर्धा गर्नेछन् । यस गोल्डकपको अनुमानित लागत ८० लाख रुपैयाँ रहेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि