Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधन त्रुटिपूर्ण छ, सच्याउनुपर्छ’

मूल्यवृद्धि सम्बोधन नगरे ‘कन्सट्रक्सन होलिडे’ : रवि सिंह, अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १३, २०७८
‘सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधन त्रुटिपूर्ण छ, सच्याउनुपर्छ’

● निकेश खत्री

काठमाडौं / नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को नयाँ नेतृत्व भर्खरै चयन भएको छ । महासंघका निवर्तमान अध्यक्ष रवि सिंह नै पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । निर्वाचन हुँदै गर्दा निर्माण व्यवसायीको हित हुनेगरी सार्वजनिक खरिद नियमावली संशोधन भएको भन्दै प्रतिस्पर्धीहरुले मत तान्ने प्रयास गरेका थिए । तत्काललाई निर्माण क्षेत्रका अधिकांश समस्या समाधान भएको उनीहरूको दाबी थियो । चुनाव भएलगत्तै महासंघ फेरि सार्वजनिक खरिद ऐन र नियमावली संशोधनकै पिरलोमा फसेको छ । सरकारले सार्वजनिक खरिद नियमावलीमा ११औँ संशोधन गरेपनि यो त्रुटिपूर्ण रहेको र यसलाई सच्याउनुपर्ने माग महासंघको छ । यसैगरी निर्माण सामग्रीको मूल्यवृद्धि अत्याधिक भएको र यसमा सरकारले ध्यान दिनुपर्ने मागसमेत महासंघले राखेको छ । यिनै विषयहरूसँग आधारित रहेर महासंघ अध्यक्ष रवि सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :

भर्खरै सम्पन्न अधिवेशनबाट तपाईंं दोस्रोपटक महासंघको अध्यक्षमा निर्वाचित हुनुभयो । तर, पहिलो कार्यकाल सम्हाल्दै गर्दा नेतृत्वमा दोहोरिन्न भन्नुहुन्थ्यो नि !

म पहिलो कार्यकालका लागि निर्वाचित भइरहँदा बहन गरेको जिम्मेवारी पहिलो कार्यकालमै पूरा गर्न सकिन्छ जस्तो लागेको थियो । २०७५ साल असोज ७ गते सम्पन्न महासंघको ११औँ महाधिवेशनबाट म अध्यक्षमा निर्वाचित भइरहँदा नेपाल कम्यिुनिष्ट पार्टी (नेकपा) नेतृत्वमा स्पष्ट बहुमतको सरकार थियो । नेकपा अत्यन्त शक्तिशाली रूपमा सरकारमा आएको थियो र नेकपा सरकारसँग निर्माण व्यवसायको समस्या प्रस्ट्याएर समाधान गर्न सक्ने अपेक्षा लिएका थियौँ ।

सार्वजनिक खरिद ऐन प्रस्तुत भइसकेको स्थितिमा संशोधन गर्नुपर्ने विषयमा सरकारलाई विश्वस्त बनाएर विकासमैत्री ऐन ल्याउन म लागिपरेको थिएँ । हामी उत्साहित भएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्माण क्षेत्रमा रहेका समस्या र सुधारको सुझाव दिएका थियौँ । सरकारको उद्देश्य पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ थियो । हामीले दिएको सुझावअनुसार सरकारले २०७६ सालमा वैशाख ३० गते नियमावलीमा छैटौँ संशोधन गरेको थियो । त्यो संशोधनमा ३८ वटा बुँदा संशोधन भए पनि ४/५ वटा बुँदाका कारण निर्माणको गतिले लय लिन सकेन । त्यसपछि महासंघको सम्पूर्ण ऊर्जा सार्वजनिक खरिद नियमावली संशोधनमा खर्चनुपर्‍यो ।

लगत्तै सातौँ, आठौँ, नवौँ र १०औँ संशोधन भएपनि ती संशोधनहरूले पनि निर्माण व्यवसायीका माग पूरा गर्न सकेन । जसकारण फेरि १०औँ संशोधन आवश्यक भयो । र, महासंघको अधिवेशन नजिकिँदै गर्दा देशभरका निर्माण व्यवसायीले फेरि मेरो नेतृत्व चाहिन्छ भन्ने माग गरे । देशभरको साथीहरूको माग र दबाबअनुसार मैले फेरि महासंघको नेतृत्वमा आउने निर्णय गरेँ । मलाई भर्खरै सम्पन्न १२औँ महाधिवेशनले पुनः महासंघ नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको छ ।

महासंघको नयाँ कार्यकालका लागि अध्यक्षमा नयाँ अनुहार चयन हुने चर्चा थियो । राजनीतिक नेतृत्वले पनि तपाईंका प्रतिस्पर्धीलाई नै समर्थन गर्ने संकेत दिएको थियो । तर, लोकप्रिय मतसहित तपाईं नै विजयी हुनुभयो । तपाईंंले नै जित्ने आधार के थियो ?

११औँ महाधिवेशनबाट महासंघको जिम्मेवारी लिँदै गर्दा सबै व्यवसायीसँग निर्माण क्षेत्रको विकासको अठोट गरेको थिएँ । सानादेखि ठूला निर्माण व्यवसायी र यस क्षेत्रको हक हितका लागि काम गर्छु भनेको थिएँ । यस्तै, नेपाली निर्माण कम्पनीलाई विदेशी निर्माण कम्पनीसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउने र सानालाई मझौला र मझौला कम्पनीलाई ठूलो बनाउने भूमिका खेल्छु भनेको थिएँ । सबै व्यवसायीलाई समानुपातिक अवसर सृजना गर्छु र यस क्षेत्रमा भएका समस्या समाधान गर्न सरकार समक्ष पहल गर्छु भनेको थिएँ ।

मेरो प्रतिबद्धतामा निर्माण व्यवसायी विश्वस्त हुनुभएको थियो । गरेका प्रतिबद्धतामध्ये धेरै काम पनि गरेँ ।  आगामी दिनमा पनि मेरो नेतृत्वमा महासंघले सबै निर्माण व्यवसायीको हितका लागि काम हुन्छ भन्ने विश्वाससाथ साथीहरूले मलाई फेरि चुन्नु भयो ।

सार्वजनिक खरिद नियमावलीमा ११औँ संशोधनबाट निर्माण व्यवसायीका हितमा गरेको केही राम्रा पक्षले पनि मलाई सहयोग गर्‍यो । त्यसैले राजनीतिक नेतृत्वले कसलाई समर्थन गर्‍यो वा गरेन भन्दा पनि व्यवसायीले कसलाई समर्थन गरेर जिताए भन्नेले अर्थ राख्छ ।

सरकारले किन निर्वाचनको ठीक अघि नियमावली संशोधन गर्‍यो ? जबकी, सबैलाई थाहा थियो – १०औँ संशोधनमा निर्माण व्यवसायीहरूको असन्तुष्टि छ भन्ने । के त्यो सरकारसँगको मिलेमतोमा मतदाता प्रभावित पार्ने खेलमात्रै थियो ?

११औँ संशोधन दुई महिनाअघि नै भइसक्नुपथ्र्यो । संशोधन नहुनुको मूख्य कारण चाहिँ अर्थमन्त्रीज्यूले श्रम सहकारीमार्फत १० करोड रुपैयाँसम्मका आयोजना कार्यान्वयन गराउने उद्देश्य राख्नु हो । त्यसमा मन्त्रिपरिषद्का सदस्यबीच सहमति नहुँदा रोकिइरहेको थियो । त्यसबीच हामीसँग भएको सहमतिपछि तयार पारिएको खाकाअनुसार नियमावली संशोधन हुँदैछ भन्ने सूचना हामीलाई निर्वाचनभन्दा एक/दुई दिन अघि आएको थियो ।

हामीले पनि पटक–पटक सरकारलाई नियमावली चाँडो संशोधन गर्न घच्घच्याइरहेका थियौँ । सरकारका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई यसबारे दबाब दिइरहेका थियौँ । महासंघको निर्वाचन शुक्रबार थियो र विहीबार मन्त्रीपरिषद् थियो । सोही मन्त्रीपरिषद्बाट सरकारले ११औँ संशोधन पारित गरेको थियो । प्रधानमन्त्रीज्यूको पहलमा निर्वाचनअघि नै पारित भएको हो । महाधिवेशनअघि पारित नभएको भएमा देशभरबाट काठमाडौँ आएका प्रतिनिधि निराश भएर फर्किनुपर्ने बाध्यता आउँथ्यो ।

सरकारले ११औँ पटक नियमावली संशोधन घोषणा गरेपछि तपाईंंहरूले हतार–हतार यसलाई उत्कृष्ट भन्नु भयो । राजपत्रमा प्रकाशित भएर आउँदा गलत रहेछ भन्दै विरोधमा उत्रनु भयो । यस्तो किन ?

महासंघको महाधिवेशन चल्दै गर्दा प्रधानमन्त्रीज्यू, शहरी विकास मन्त्रीज्यू र अर्थमन्त्रीज्यूले ११औँ संशोधनबारे घोषणा गरेका विषयमा हामीले प्रतिक्रिया दिएका हौँ । उहाँहरूले महाधिवेशनमा भनेका ११औँ संशोधनका पक्षमा अहिले पनि विरोध गरिएको छैन । तर, महाधिवेशनको कार्यक्रममा उहाँहरूले नभनेको विषय र त्रुटिपूर्ण रहेका पक्षमा चाहिँ हामीले विरोध जनाएका हौँ । जिम्मेवार व्यक्तिहरूले हामी सबै व्यवसायीमाझ दिएको अभिव्यक्तिका आधारमा हामीले राम्रो भनेका थियौँ ।

उहाँहरूले भनेको बाहेकका विषय राजपत्रमा प्रकाशित भएर आएकोप्रति हाम्रो आपत्ति हो । जसको हामी सशक्त विरोध गर्छौँ । यसलाई सुधार्नतर्फ महासंघ नेतृत्व लागिसकेको छ । सरकारका जिम्मेवार व्यक्तिहरूलाई भेटेर संशोधन आवश्यक पर्ने बताइरहेका छौँ । जसमा प्रधानमन्त्रीसहित उच्च ओहोदाका सम्पूर्ण व्यक्ति सकरात्मक हुनुहुन्छ ।

खरिद नियमावली संशोधनमा तपाईंहरूको खास विरोध के हो ? ती बुँदाले निर्माण क्षेत्रलाई कस्तो असर पार्छ ?

११औँ संशोधनबाट निर्माण आयोजनाहरूको म्याद थपको समस्या सधैँका लागि अन्त्य भएको छ । विदेशीले लिने १० अर्ब रुपैयाँसम्मको आयोजनामा नेपाली कम्पनीको सहभागिता अनिवार्य गरिएको छ । यी सहित अन्य केही राम्रा पक्ष पनि छन् । तर, ११औँ संशोधनको ४/५ वटा बुँदाप्रति हामीले विरोध गरेका हौँ । ५ वटा टेन्डर प्रक्रियामा सहभागी भएपछि छैटौँमा टेन्डर हाल्न नपाउने भन्ने व्यवस्था गरिएको छ । हामीले चाहिँ ५ वटा निर्माण कार्यमा सम्झौता गरिसकेपछि छैटौँ काममा सहभागिता जनाउन नपाउने व्यवस्था गर्न भनेका थियौँ ।

जतिवटा टेन्डर प्रक्रियामा सहभागी भयो–त्यतिवटा पर्छ नै भन्ने छैन । त्यसैले ५ वटा ठेक्का प्रक्रियामा सम्झौता गरेपछि मात्रै छैटौँमा सहभागी हुन नपाउने व्यवस्था गर्नुपर्नेमा ५ वटाभन्दा बढी टेन्डर प्रक्रियामै सहभागी हुन नपाउने व्यवस्था आयो । जुन, हामीले भनेभन्दा फरक हो । त्यसैले यो त्रुटिपूर्ण भयो भन्ने पहिलो कुरामा विरोध गरेका हौँ ।

यस्तै, दोस्रो विरोध चाहिँ निर्माण कम्पनीको वृद्धि विकासका लागि ८० प्रतिशत अनुभवको प्रमाणपत्रलाई घटाएर भारतमा जस्तै ५० प्रतिशत गरियोस् भनेर हामीले माग गरेका थियौँ । ५० प्रतिशतको भए एउटा, ४० प्रतिशतको भए दुई वटा, ३० प्रतिशतको भए ३ वटा भनेर माग गरेका थियौँ । सरकारले हामीसँग गरेको संशोधनको खाकामा एउटा भए ६० प्रतिशत र दुई वटा भए ४० प्रतिशत भन्ने सम्झौता गरेको थियो । तर, राजपत्रमा प्रकाशित भएर आएको निर्णयअनुसार ठूला कम्पनीलाई आयोजनाको ६६ प्रतिशत काम सकिएको स्थितिमा वृद्धि विकास गर्न मिल्ने र सानालाई ८० प्रतिशत काम सकिएको अनुभवको प्रमाणपत्र नभई वृद्धि विकास गर्न नमिल्ने व्यवस्था गरिएको छ । यो पनि त्रुटिपूर्ण विषय हो ।

यस्तै, एउटा निर्माण कम्पनीले ५ वटाभन्दा बढी आयोजना ओगट्न नपाउने भन्ने हाम्रो प्रमुख माग सम्बोधन भएको छैन । केही ठूला निर्माण कम्पनीको प्रभावमा परेर सरकारले उस्तै विधाको ३ वटा आयोजनामा प्राप्त गर्न पाउने प्रावधान रोखेको छ । जबकी, निर्माण क्षेत्रमा १२ वटा विधा छ र एउटा निर्माण कम्पनीले एउटा विधामा ३ वटा आयोजना प्राप्त गर्दा सबै विधामा ३६ वटा आयोजना हुन्छ । ३ अर्ब रुपैयाँभन्दा माथिको ३६ वटा आयोजना लिँदा एउटै कम्पनीले खर्बौँ रुपैयाँ बराबरको ठेक्का प्राप्त गर्छ । जसकारण अहिलेको समस्या निम्तिएको हो । फेरि पनि यही समस्या दोहोरिने जोखिम बढ्यो । यो त्रुटि नै हो । यो व्यवस्थाले सबै निर्माण कम्पनीमा समानुपातिक ठेक्का प्रक्रिया लागू भएन । यी सहित अन्य विषय पनि फेरि संशोधन गरेर नयाँ व्यवस्था गर्नुपर्छ । हामीले १२औँ संशोधन निम्ति पहल गरिसकेका छौँ ।

सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधन गर्ने हाम्रो माग पूरा नभएमा चैत १४ गते महासंघको भेला डाकेका छौँ । त्यो भेलाभन्दा अघि नै सरकारले निर्णय गरेन भने कडा कदम चाल्न हामी बाध्य हुनेछौँ ।

यी त भए महासंघको निर्वाचन र खरिद नियमावली संशोधनसँग सम्बन्धित कुरा । अब यी विषय छाडेर निर्माण व्यवसायको स्थिति कस्तो छ ?

यतिबेला विश्वभर नै कोभिड महामारीका कारण सम्पूर्ण गतिविधि प्रभावित बनेका छन् । यसको प्रभाव निर्माण क्षेत्रमा पनि परेको छ । बैंकमा तरलता अभावका कारण पनि निर्माण क्षेत्र समस्यामा छ । अहिले सबैभन्दा ठूलो समस्याचाहिँ निर्माण सामग्रीमा अप्रत्यासित मूल्यवृद्धि भएको छ । निर्माण क्षेत्र अघि बढ्नुपर्ने समयमा मूल्यवृद्धिले समस्या पारेको छ । अहिले डिजेल, मट्टितेल, बिटुमिन र डण्डी लगायत सबै वस्तुको मूल्य बढेको छ ।

यी सबै कारणले यही स्थितिमा निर्माण गतिविधि अघि बढाउन हामी समर्थ छैनौँ । २०६५ सालमा यसैगरी अप्रत्यासित मूल्यवृद्धि हुँदा तत्कालीन सरकारले ‘मूल्यवृद्धि निर्देशिका भाग १’ जारी गरेको थियो । अहिले पनि त्यसैगरी शतप्रतिशत रूपमा भएको मूल्यवृद्धि सम्बोधन गर्नेगरी सरकारले कदम नचालेमा हामी ‘कन्सट्रक्सन होलिडे’ मनाउँछौँ । सरकारले हाम्रो जायज मागलाई सम्बोधन गर्न सकेन भने निर्माणका काम रोक्छौँ र समस्या समाधान भएको दिनदेखि मात्र काममा फर्कन्छौँ ।

गण्डकी प्रादेशिक अस्पताल निर्माणका क्रममा दुईवटा कम्पनीलाई मात्रै ठेक्का दिने गरी सेटिङ भइरहेको तपाईंंहरूको आरोप छ । के हो वास्तविकता ?

प्रदेश सरकारले प्रतिस्पर्धालाई सीमित बनाउनलाई दुईवटा कम्पनीले मात्रै सहभागीता जनाउन मिल्नेगरी ठेक्का आह्वान गरेको छ । यसमा वीर अस्पताल बनाउने शर्मा एण्ड कम्पनी र रसुवा कन्सट्रक्सनमात्रै सहभागी बन्न मिल्ने गरी ठेक्का आह्वान भएको हो । ११औँ संशोधन आउनुअघि नै यो टेन्डर निकालिएको थियो । यो मिलेमतो रोक्न महासंघ लागिपरेको छ । केही साथीहरू अनियमितताविरुद्धमा अदालतमा पनि पुगेका छन् । अहिलेसम्म अनियमितता रोक्नेगरी निर्णय आएको नजिर छैन । यस्तै, अनियमितता भएको छ भनेर जनतासमक्ष पुर्‍याउने काम पनि हामीले गरेका छौँ । हामीले सार्वजनिक खरिद अनुगमन कार्यलयमा पत्राचार पनि गरेका छौँ । साभार : रातोपाटी

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि