Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

१५ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपः ४५ वर्षीय मिनाहाज प्रहरी हिरासतमा

मिनाहाजको यसअघि नै श्रीमती र आठ जना छोराछोरी छन् । आफ्नै परिवार हुँदाहुँदै नाबालिग बालिकासँग विवाह गरेको आरोप सार्वजनिक भएपछि स्थानीयवासीले गम्भीर आपत्ति जनाएका हुन् । घटनासम्बन्धी विवाद बढेपछि जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको बताइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ११, २०८३
१५ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपः ४५ वर्षीय मिनाहाज प्रहरी हिरासतमा

परोह (रौतहट), ११ मंसिर । रौतहटको परोहा नगरपालिका–३, तेजापाकडका ४५ वर्षीय मोगलाना मुख्ती मिनाहाज १५ वर्षीया नाबालिग बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपमा प्रहरी हिरासतमा परेका छन् । बालिकाको उमेर र विवाहको प्रकृतिलाई लिएर घटना सार्वजनिक भएपछि स्थानीयस्तरमा विरोध चुलिएको छ । घटनाको निष्पक्ष अनुसन्धान, पीडितको सुरक्षा र दोषीमाथि कानुनी कारबाहीको माग उठेको छ ।

प्राप्त जानकारीअनुसार, मिनाहाजको यसअघि नै श्रीमती र आठ जना छोराछोरी छन् । आफ्नै परिवार हुँदाहुँदै नाबालिग बालिकासँग विवाह गरेको आरोप सार्वजनिक भएपछि स्थानीयवासीले गम्भीर आपत्ति जनाएका हुन् । घटनासम्बन्धी विवाद बढेपछि जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको बताइएको छ ।

घटनाको अनुसन्धान निष्पक्ष हुनुपर्ने माग भइरहेका बेला राजनीतिक पहुँच र प्रभाव भएका व्यक्तिहरूमार्फत विषयलाई दबाउने प्रयास भइरहेको आशंकासमेत सार्वजनिक भएको छ । आर्थिक चलखेल तथा सामाजिक–राजनीतिक दबाब सिर्जना गरेर घटनालाई ढाकछोप गर्न खोजिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ । प्रहरीले अनुसन्धानका क्रममा यस्ता सम्भावित दबाब वा चलखेलको पक्षसमेत छानबिन गर्नुपर्ने माग स्थानीयस्तरबाट उठेको छ ।

यस घटनासँगै सम्बन्धित मदरसामा करिब छ महिनाअघि पनि यस्तै प्रकृतिका तीनवटा घटना भएको दाबी सार्वजनिक भएको छ । उक्त दाबीको सत्यतथ्य पत्ता लगाउन छुट्टै अनुसन्धान गर्नुपर्ने र घटनामा संलग्न हुन सक्ने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने आवाज उठेको छ ।

नाबालिग बालिकाको अधिकार, सुरक्षा र भविष्यसँग जोडिएको संवेदनशील विषय भएकाले अनुसन्धान कुनैपनि राजनीतिक संरक्षण, सामाजिक प्रभाव वा आर्थिक प्रलोभनबाट प्रभावित हुन नहुने स्थानीयवासीको माग छ । उनीहरूले पीडित बालिकाको पहिचान र गोपनीयता सुरक्षित राख्दै न्याय सुनिश्चित गर्न तथा आरोप पुष्टि भएमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

अब प्रहरी अनुसन्धानले आरोपको वास्तविकता, सम्भावित दबाब र आर्थिक चलखेलको आशंकासहित मदरसामा यसअघि पनि यस्तै घटना भएको भनिएको दाबीको सत्यतथ्य उजागर गर्छ कि गर्दैन भन्ने चासो बढेको छ । नाबालिगसँगको जबर्जस्ती विवाह तथा बालिकामाथिको शोषणसम्बन्धी आरोपलाई गम्भीरतापूर्वक लिँदै निष्पक्ष अनुसन्धानमार्फत तथ्य सार्वजनिक गर्नु प्रहरीको प्रमुख जिम्मेवारी बनेको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय रौतहट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जनमत पार्टी पर्साको निःशुल्क आँखा शिविरः १५० जनाको परीक्षण, ४० जनामा मोतिबिन्दु पुष्टि

जनमत पार्टी पर्साको निःशुल्क आँखा शिविरः १५० जनाको परीक्षण, ४० जनामा मोतिबिन्दु पुष्टि

मंसिर ११, २०८३
१५ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपः ४५ वर्षीय मिनाहाज प्रहरी हिरासतमा

१५ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरेको आरोपः ४५ वर्षीय मिनाहाज प्रहरी हिरासतमा

मंसिर ११, २०८३
महिलाको हत्या गरि प्रमाण नष्ट गर्न शव जलाउने प्रयासः श्रीमान्‌सहित तीनजना पक्राउ

महिलाको हत्या गरि प्रमाण नष्ट गर्न शव जलाउने प्रयासः श्रीमान्‌सहित तीनजना पक्राउ

मंसिर ११, २०८३
वीरगंजको सामुदायिक शिक्षामा बेथितिः विद्यार्थी कागजमा, शिक्षक बाहिर, खाजाको बजेटमा लुटतन्त्र

वीरगंजको सामुदायिक शिक्षामा बेथितिः विद्यार्थी कागजमा, शिक्षक बाहिर, खाजाको बजेटमा लुटतन्त्र

मंसिर ११, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि