Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनकपुरधाम-अयोध्याबीच सिधा रेल सेवा सुरुः धार्मिक, सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा

नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन् । उद्घाटनपछि अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा रेलवेका उच्च अधिकारीहरूले जनकपुरधामका लागि छुट्ने रेललाई बिदाइ गर्ने कार्यक्रम रहेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८३
जनकपुरधाम-अयोध्याबीच सिधा रेल सेवा सुरुः धार्मिक, सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा

जनकपुरधाम (धनुषा), ७ मंसिर । नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले जनकपुरधाम–अयोध्या साप्ताहिक रेल सेवा सुरु भएको छ । नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा रेलवेका उच्च अधिकारीहरूले जनकपुरधामका लागि छुट्ने रेललाई बिदाइ गर्ने कार्यक्रम रहेको छ । यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक नगरी प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् । भारतीय रेलवे बोर्डले जनकपुरधाम र अयोध्या क्यान्टबीच करिब ६०४ किलोमिटर दूरीको सिधा रेल सेवा सञ्चालनका लागि यसअघि नै स्वीकृति दिएको थियो ।

भारतीय रेल मन्त्रालयका अनुसार उक्त रेल सेवा सातामा एकपटक दुईतर्फी सञ्चालन हुनेछ। निर्धारित तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी, प्रत्येक सोमबार साँझ ५ः५० बजे रेल नम्बर १५५९६ अयोध्या क्यान्टबाट जनकपुरधामका लागि प्रस्थान गर्नेछ।

६०४ किलोमिटर लामो रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रेल रोकिनेछ ।

सुरक्षाको विषयमा सहमतिपछि सञ्चालन
नेपाल र भारतबीच रेल सेवा सञ्चालनका क्रममा सुरक्षाको जिम्मेवारी कसले लिने भन्ने विषयमा लामो समय छलफल भएको थियो। भारतीय रेल नेपाली भूमिमा सञ्चालन हुँदा सुरक्षाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको थियो ।

नेपालले नेपाली भूमिभित्र आफ्नै सुरक्षाकर्मी परिचालन गर्नुपर्ने अडान राखेको थियो भने भारतले आफ्नो रेल भएकाले रेल सञ्चालन हुने स्थानसम्म भारतीय सुरक्षाकर्मी रहने धारणा राख्दै आएको थियो । अन्ततः दुई देशबीचको समन्वयपछि रेल सेवा सञ्चालनको प्रक्रिया अघि बढेको हो ।

रामायण सर्किट पर्यटन प्रवद्र्धनमा सहयोग
माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई प्रत्यक्ष रेलमार्गबाट जोड्ने उद्देश्यले सुरु गरिएको यो सेवाले रामायण सर्किट पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

रेल सेवा सञ्चालन भएपछि नेपाल र भारतका श्रद्धालु, पर्यटक तथा सर्वसाधारणलाई दुवै धार्मिक नगरीबीच आवतजावत गर्न सहज हुनेछ । यसले सीमापार धार्मिक पर्यटन, स्थानीय व्यापार तथा पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

नेपालले जनकपुरधाम आएका पर्यटकलाई देशका अन्य पर्यटकीय गन्तव्यसम्म पुर्‍याउने योजनासमेत अघि सारेको छ। यसअन्तर्गत जनकपुरधामबाट पोखरासम्म हवाई सेवा सञ्चालन गरी पर्यटकलाई अन्य गन्तव्यसँग जोड्ने योजना रहेको छ ।

राम–सीताको सम्बन्धले जोडिएका दुई धार्मिक नगरी
हिन्दू धार्मिक मान्यताअनुसार जनकपुरधाम माता सीताको जन्मभूमि र अयोध्या भगवान् श्रीरामको जन्मभूमि हो। त्रेतायुगमा मिथिलाका राजा जनककी पुत्री सीता र अयोध्याका राजकुमार रामबीच भएको विवाहले यी दुई सहरलाई रामायणको साझा धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडेको छ ।

जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप तथा अयोध्यास्थित राम मन्दिरलगायतका धार्मिक स्थलले नेपाल र भारतबीचको साझा धार्मिक आस्था र सांस्कृतिक विरासतलाई प्रतिनिधित्व गर्दै आएका छन् ।

विशेषगरी प्रत्येक वर्ष जनकपुरधाममा मनाइने विवाहपञ्चमी महोत्सवका अवसरमा अयोध्याबाट आउने जन्ती र जनकपुरधामबाट अयोध्या जाने धार्मिक प्रतिनिधिमण्डलले दुई सहरबीचको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिँदै आएका छन् । विवाहपञ्चमीमा अयोध्याबाट आउने साधु, सन्त तथा श्रद्धालुहरूको सहभागिताले पनि यी दुई धार्मिक नगरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने गरेको छ ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जनकपुरधाम–अयोध्या सिधा रेल सेवाको सुरुवातसँगै दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई भौतिक यातायात सञ्जालमार्फत थप विस्तार गर्ने नयाँ आधार तयार भएको छ ।

Tags: जनकपुरधाम-अयोध्या रेल सेवा सुरु: धार्मिक पर्यटनको नयाँ ढोका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चारजना पक्राउ

गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चारजना पक्राउ

मंसिर ७, २०८३
जनकपुरधाम-अयोध्याबीच सिधा रेल सेवा सुरुः धार्मिक, सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा

जनकपुरधाम-अयोध्याबीच सिधा रेल सेवा सुरुः धार्मिक, सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा

मंसिर ७, २०८३
अयोध्याबाट आउने रेलको स्वागतमा जनकपुरधाममा चहलपहल, मिथिलाको कला-संस्कृति प्रस्तुत गरिने

अयोध्याबाट आउने रेलको स्वागतमा जनकपुरधाममा चहलपहल, मिथिलाको कला-संस्कृति प्रस्तुत गरिने

मंसिर ७, २०८३
छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

मंसिर ६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि