Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

खेलकुदमार्फत किशोरीहरूमा आत्मविश्वास, नेतृत्वदक्षता, अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने लक्ष्यसमेत राखिएको थियो । विद्यालयस्तरमा छात्राहरूको खेल सहभागिता विस्तार गर्दै लैङ्गिक समानता कायम गर्न र उनीहरूका लागि अनुकूल शैक्षिक तथा खेलकुद वातावरण निर्माण गर्न प्रतियोगिताले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ६, २०८३
छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

वीरगंज (पर्सा), ६ मंसिर । पटेर्वा सुगौली गाउँपालिकामा आयोजित माध्यमिक विद्यालयस्तरीय छात्रामैत्री भलिबल प्रतियोगिताको उपाधि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा निचुटा माविले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रंगपुरलाई लगातार दुई सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । प्रतिस्पर्धात्मक फाइनलमा रंगपुर माविलाई २–० को सोझो सेटमा हराउँदै निचुटाले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

दिव्य विकास स्रोत केन्द्र, पर्सा र एक्सनएड नेपालको संयुक्त साझेदारी तथा पटेर्वा सुगौली गाउँपालिकाको सहकार्यमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरी प्रमुख अतिथि र उपाध्यक्ष ममता महतो विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

समारोहमा गाउँपालिका कार्यपालिका सदस्य साजिना विक रसैली, दिव्य विकास स्रोत केन्द्रकी कार्यक्रम संयोजक रीना चौधरी, वित्त तथा प्रशासन संयोजक श्यामकिशोर प्रसाद चौहानसहित विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उपाधि विजेता निचुटा मावि र उपविजेता रंगपुर माविका खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष महतो तथा केन्द्रका कार्यकारी निर्देशक कुर्मीले मेडल, ट्रफी र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।

प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य छात्राहरूमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै उनीहरूको अन्तर्निहित प्रतिभा र क्षमता उजागर गर्नु रहेको आयोजकले जनाएको छ । खेलकुदमार्फत किशोरीहरूमा आत्मविश्वास, नेतृत्वदक्षता, अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने लक्ष्यसमेत राखिएको थियो । विद्यालयस्तरमा छात्राहरूको खेल सहभागिता विस्तार गर्दै लैङ्गिक समानता कायम गर्न र उनीहरूका लागि अनुकूल शैक्षिक तथा खेलकुद वातावरण निर्माण गर्न प्रतियोगिताले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

दिव्य विकास स्रोत केन्द्र, पर्साले स्थानीय अधिकार कार्यक्रममार्फत बालबालिका तथा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण, समावेशी शिक्षा र लैङ्गिक समानताको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Tags: पटेर्वासुगौली गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

छात्रामैत्री भलिबलमा निचुटा मावि च्याम्पियन: रंगपुरलाई सोझो सेटमा हराउँदै जित्यो उपाधि

मंसिर ६, २०८३
प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर: ३४६ जनाले लिए विशेषज्ञ चिकित्सकबाट उपचार सेवा

प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर: ३४६ जनाले लिए विशेषज्ञ चिकित्सकबाट उपचार सेवा

मंसिर ६, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

प्रहरीबीचको अडियो संवाद प्रकरणः संलग्न प्रहरीमाथि छानविन प्रक्रिया सुरु

मंसिर ६, २०८३
उत्कृष्ट ट्रेड कन्सर्नको टायर, मोबिल पसल एवं गोदाममा भीषण आगलागी

उत्कृष्ट ट्रेड कन्सर्नको टायर, मोबिल पसल एवं गोदाममा भीषण आगलागी

मंसिर ६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि