गौर (रौतहट), ६ मंसिर । रौतहटमा प्रहरी कर्मचारीबीच भएको विवादित अडियो संवाद सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी र सोही जिल्लास्थित डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीच मंसिर ४ गते भएको अडियो संवादमा प्रयोग गरिएको भाषा, शब्द र शैलीप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त अडियो प्रकरणमा संलग्न प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको जनाएको छ । घटनाबारे छानबिन गर्न समिति गठन गरिएको र दोषी पाइए प्रहरी नियमावली, २०७१ संशोधनसहितको व्यवस्थाअनुसार आवश्यक कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।




























प्रतिक्रिया दिनुहोस् !