वीरगंज (पर्सा), ६ मंसिर । वीरगंजको ब्रह्मचोक अगाडि बाइपास रोडमा रहेको उत्कृष्ट ट्रेड कन्सर्नको टायर, मोबिल पसल तथा गोदाममा गएराति भीषण आगलागी भएको छ । बन्द रहेको उक्त पसलमा राति करिब ११ः३० बजे आगलागी सुरु भएको हो ।
आगलागी नियन्त्रणका लागि पर्सा, बारा तथा नेपाली सेनाका गरी करिब एक दर्जन दमकल परिचालन गरिएको थियो । आगो निभाउने कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वीरगंज महानगरपालिकाका दमकलकर्मी तथा विभिन्न स्थानबाट आएका अग्नि नियन्त्रण टोली सक्रिय रूपमा खटिएका थिए ।
बारास्थित सूर्य नेपाललगायत विभिन्न स्थानका दमकलसमेत आगो नियन्त्रणमा जुटेका थिए । आगलागी नियन्त्रणका लागि वीरगंज महानगरपालिकाका स्काभेटरसमेत प्रयोग गरिएको थियो । महानगरपालिकाको दमकलले फोम प्रयोग गरी आगो निभाउने प्रयास गरेको थियो । करिब सयौ को सख्या मा रहेका नेपाली सेना, सस्त्र प्रहरी बल, जनपद प्रहरी दमकलकर्मी,लगायत उद्धार टोलीको लामो प्रयासपछि बिहान ५ बजे आगो नियन्त्रणमा लिइएको थियो ।
दुई तले भवनमा रहेको गोदाम आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको छ भने नजिकै रहेको मोटर ग्यारेजमा समेत आगो फैलिँदा त्यहाँ रहेका गाडीहरू जलेर क्षति पुगेको छ । 


























प्रतिक्रिया दिनुहोस् !