Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा अपराधको चाङः एक महिनामै ११८ घटना, प्रहरीको तथ्यांकले देखायो चुनौतीपूर्ण अवस्था !

जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको कात्तिक महिनाको कार्यप्रगति विवरणअनुसार सबैभन्दा बढी आर्थिक अपराधका ४९ वटा घटना दर्ता भएका छन् । संगठित तथा सामाजिक अपराधका २२, अन्य प्रकृतिका १४, ज्यानसम्बन्धी ११, आत्महत्यासम्बन्धी आठ, चोरीका आठ, बालबालिकासम्बन्धी चार र सवारी ज्यानसम्बन्धी दुई घटना अभिलेख भएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

वीरगंज (पर्सा), २ मंसिर । पर्सामा अपराधका घटना, आर्थिक अनियमितता, लागूऔषध कारोबार र अवैध गतिविधि नियन्त्रण प्रहरीका लागि चुनौती बन्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको कात्तिक महिनाको तथ्यांकले एक महिनामै जिल्लाभर विभिन्न प्रकृतिका ११८ वटा अपराधका घटना दर्ता भएको देखाएको छ । यस अवधिमा चालु मुद्दाका फरार तथा प्रतिवादी गरी १२२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको कात्तिक महिनाको कार्यप्रगति विवरणअनुसार सबैभन्दा बढी आर्थिक अपराधका ४९ वटा घटना दर्ता भएका छन् । संगठित तथा सामाजिक अपराधका २२, अन्य प्रकृतिका १४, ज्यानसम्बन्धी ११, आत्महत्यासम्बन्धी आठ, चोरीका आठ, बालबालिकासम्बन्धी चार र सवारी ज्यानसम्बन्धी दुई घटना अभिलेख भएका छन् ।

प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेका मुद्दाका ८५ जना प्रतिवादी पनि पक्राउ परेका छन् । उनीहरूबाट २५ वर्ष १० महिना तीन दिन कैद र ३२ लाख सात हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने रहेको छ ।

कात्तिक महिनामा कर्तव्य ज्यान र हातहतियारसम्बन्धी एक–एकवटा मुद्दा दर्ता भएका छन् । आर्थिक अपराधतर्फ बैंकिङ कसुरका १४, ठगीका दुई र मुद्रासम्बन्धी दुई घटना भएका छन् । यसले जिल्लामा आर्थिक अपराधको दबदबा बढिरहेको संकेत गरेको छ ।

लागूऔषध कारोबारमा १७ जना पक्राउ
सीमावर्ती जिल्ला पर्सामा लागूऔषध कारोबार नियन्त्रण पनि प्रहरीको प्रमुख चुनौतीका रूपमा देखिएको छ । कात्तिक महिनामा लागूऔषधसम्बन्धी १४ वटा मुद्दा दर्ता गरी १७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरेको छ । त्यसैगरी नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८, डाइजेपामका ३७ र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुल पनि बरामद भएका छन् ।

लागूऔषधको दुरुपयोग रोक्न प्रहरीले सचेतनामूलक अभियानसमेत सञ्चालन गरेको छ । एक महिनामा ३१ वटा कार्यक्रममार्फत ५१४ जनालाई लागूऔषधको असर र जोखिमबारे जानकारी गराइएको प्रहरीको भनाइ छ ।

भन्सार छलीका ७० लाखभन्दा बढीका सामान बरामद
अवैध आयात, भन्सार छली र राजस्व चुहावट नियन्त्रण अभियानका क्रममा प्रहरीले कात्तिक महिनामा ७० लाख ७० हजार ७९६ रुपैयाँ बराबरका सामान बरामद गरेको छ । अवैध मदिरा कारोबारविरुद्धको कारबाहीमा ६ हजार २६३ लिटर तयारी मदिरा र ६ हजार ३८० लिटर कच्चा पदार्थ नियन्त्रणमा लिइएको छ । उक्त कारोबारमा संलग्न रहेको आरोपमा ११ जना पक्राउ परेका छन् ।

प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रण गर्ने क्रममा बालुवा, ढुंगा र गिट्टी ओसारपसारमा प्रयोग गरिएका १० वटा ट्याक्टर नियन्त्रणमा लिई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, अवैध वन पैदावार ओसारपसारमा संलग्न १० वटा सवारीसाधन नियन्त्रणमा लिएर ३९ क्युबिक फिट काठ बरामद गरिएको छ । यसबाट एक लाख ९५ हजार रुपैयाँ राजस्व तथा जरिवाना प्राप्त भएको प्रहरीले जनाएको छ ।

३७ दुर्घटना, दुई जनाको मृत्यु
अपराध नियन्त्रणसँगै सडक सुरक्षाको अवस्था पनि चिन्ताजनक देखिएको छ । कात्तिक महिनामा पर्सामा ३७ वटा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । दुर्घटनामा ६० वटा सवारीसाधन संलग्न थिए ।

प्रहरीको विश्लेषणअनुसार ११ वटा दुर्घटना चालकको कारण, २१ वटा सवारीसाधनको अवस्थाका कारण र पाँचवटा यात्रुको कारण भएका हुन् । ट्राफिक नियम उल्लंघन गर्ने ९४१ वटा सवारीसाधनलाई कारबाही गरी प्रहरीले १० लाख ८७ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ । दुर्घटनामा परेका ३० वटा सवारीसाधनको उद्धारसमेत गरिएको विवरणमा उल्लेख छ ।

घरेलु हिंसाका २७ उजुरी, सबैमा मिलापत्र
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित विषयमा एक महिनामा २७ वटा उजुरी प्रहरीमा परेका छन् । प्रहरीले सबै उजुरीमा मिलापत्र गराइएको जनाएको छ । यसैगरी प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा १९५ र जिल्ला प्रशासन कार्यालयमार्फत ३७ गरी कुल २३२ वटा ठाडो उजुरी प्राप्त भएका थिए । प्रहरीका अनुसार सबै उजुरी फछ्र्यौट गरिएको छ ।

कात्तिक महिनामा जिल्लाबाट हराएका २६ जनामध्ये २१ जना फेला परेका छन् । हराउनेमा नौ महिला, दुई बालक र १५ बालिका थिए । तीमध्ये सात महिला, एक बालक र १३ बालिका फेला परेका हुन् ।

डिजिटल निगरानीदेखि विशेष गस्ती
अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रहरीले प्रविधिको प्रयोग तथा सुरक्षा निगरानीलाई तीव्र बनाएको दाबी गरेको छ । सीसीटीभी, क्यूआर कोड तथा डिजिटल निगरानी, सामाजिक सञ्जालको अनुगमन र गोप्य सूचना संकलनलाई प्राथमिकतामा राखिएको एसपी भट्टराईले जानकारी दिएका छन् ।

सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै मोबाइल क्विक रेस्पोन्स टोली परिचालन, नियमित गस्ती र रातिको समयमा वरिष्ठ प्रहरी अधिकृतको कमान्डमा चेकजाँच गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । आकस्मिक घटनामा तत्काल परिचालन गर्न २४ घण्टा स्ट्यान्डबाइ टोलीसमेत राखिएको छ ।

अपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको विगतका गतिविधि र घटनामा संलग्नताका आधारमा ३५ वटा प्रोफाइल तयार पारिएको एसपी भट्टराईले बताएका छन् । प्रहरी कर्मचारीको मनोबल वृद्धि, नागरिकमैत्री सेवा प्रवाह र सुरक्षा व्यवस्थामा सुधारका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

कात्तिक महिनाको प्रहरी तथ्यांकले पर्सामा आर्थिक अपराध, लागूऔषध कारोबार, भन्सार छली र सडक दुर्घटना नियन्त्रणमा थप प्रभावकारी हस्तक्षेप आवश्यक रहेको देखाएको छ । अपराधका घटना दर्ता र पक्राउको संख्या सार्वजनिक हुनु प्रहरीको सक्रियताको एउटा सूचक भए पनि यस्ता गतिविधिमा दीर्घकालीन नियन्त्रण र नागरिकले अनुभूति गर्ने सुरक्षा सुनिश्चित गर्नु नै प्रहरीको वास्तविक उपलब्धि हुने देखिन्छ ।

Tags: पर्सामा अपराधको ग्राफ उकालो: आर्थिक र लागूऔषध मुख्य चुनौती
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

पर्सामा अपराधको चाङः एक महिनामै ११८ घटना, प्रहरीको तथ्यांकले देखायो चुनौतीपूर्ण अवस्था !

मंसिर २, २०८३
डोम समुदायको परम्परागत पेसामा सबै समुदायः सीपको सम्मान र सामाजिक परिवर्तनको सोच !

डोम समुदायको परम्परागत पेसामा सबै समुदायः सीपको सम्मान र सामाजिक परिवर्तनको सोच !

मंसिर २, २०८३
यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

कार्तिक २१, २०८३
एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

कार्तिक २०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि