Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित, विकास निर्माणलाई गति दिने प्रतिबद्धता

गाउँपालिकाको सभाहलमा अध्यक्ष मदनप्रसाद चौहानको अध्यक्षतामा सम्पन्न गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । उपाध्यक्ष मञ्जु देवी पटेलको निर्देशनमा प्रस्तुत बजेट गाउँसभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २३, २०८३
धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित, विकास निर्माणलाई गति दिने प्रतिबद्धता

वीरगंज (पर्सा), २३ असोज । पर्साको धोबीनी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाबाट बजेट पारित भएसँगै प्रभावित विकास निर्माणका कामलाई तीव्रता दिने र सर्वसाधारणलाई प्रदान गरिने सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको छ ।

गाउँपालिकाको सभाहलमा अध्यक्ष मदनप्रसाद चौहानको अध्यक्षतामा सम्पन्न गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । उपाध्यक्ष मञ्जु देवी पटेलको निर्देशनमा प्रस्तुत बजेट गाउँसभाले सर्वसम्मत रूपमा पारित गरेको हो । गाउँसभाबाट पारित बजेटमार्फत स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइने अध्यक्ष चौहानले बताए ।

स्थानीय आवश्यकता र नागरिकको अपेक्षालाई सम्बोधन गर्ने गरी विकास निर्माणका कार्यक्रम अघि बढाइने उनको भनाइ छ । गाउँसभा ढिलो गरी सम्पन्न हुँदा विकास निर्माणका काम प्रभावित हुनुका साथै सर्वसाधारणको दैनिक कामकाजमा समेत असर परेको अध्यक्ष चौहानले स्वीकार गरे । गाउँसभा सम्पन्न भएसँगै रोकिएका तथा प्रभावित विकास योजनालाई तीव्रता दिने र गाउँपालिकाबाट प्रवाह हुने सेवालाई छिटोछरितो, सहज तथा प्रभावकारी बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत यादवले आफूलाई सुम्पिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । धोबीनी गाउँपालिकालाई स्वच्छ, समृद्ध र नमुना स्थानीय तहका रूपमा विकास गर्न जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनले बताए । गाउँसभामा वडाध्यक्षहरू बन्धु साह तेली, देवेन्द्र पटेल, राजकिशोर पटेल, अबास मियाँ चुरिहार र मनाउर मियाँसहित गाउँसभा सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख दीपेन्द्र प्रसाद चौहानले गरेका थिए । बजेट पारित भएसँगै धोबीनी गाउँपालिकासामु अब घोषित प्राथमिकताअनुसार विकास कार्यक्रम कार्यान्वयन गर्ने, प्रभावित योजनालाई गति दिने र नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाह सुधार्ने जिम्मेवारी थपिएको छ ।

Tags: धोबीनी गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिरामीलाई फलफूल वितरणदेखि सेवाग्राही सम्मानसम्म, पर्सामा मनाइयो विश्व हुलाक दिवस

बिरामीलाई फलफूल वितरणदेखि सेवाग्राही सम्मानसम्म, पर्सामा मनाइयो विश्व हुलाक दिवस

अशोज २३, २०८३
दशैं नजिकिएसँगै वीरगंजमा ‘दण्डिया’ को बढ्दो क्रेजः संस्कृतिको उत्सव कि नाफा कमाउने व्यापार ?

दशैं नजिकिएसँगै वीरगंजमा ‘दण्डिया’ को बढ्दो क्रेजः संस्कृतिको उत्सव कि नाफा कमाउने व्यापार ?

अशोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

अशोज २३, २०८३
धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित, विकास निर्माणलाई गति दिने प्रतिबद्धता

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित, विकास निर्माणलाई गति दिने प्रतिबद्धता

अशोज २३, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि