Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रेजिडेन्ट चिकित्सक २४ दिनदेखि आन्दोलनमा, ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ छानबिन गर्न माग

रेजिडेन्ट चिकित्सकहरूले निजी मेडिकल कलेजमा ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबीसमेत गरेका छन् । उनीहरूले यस्ता विषयमा निष्पक्ष छानबिन गरी दोषी देखिएमा सम्बन्धित चिकित्सक तथा व्यक्तिमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २२, २०८३
आवासीय चिकित्सकहरुलाई छात्रावास खाली गर्न दिइएको निर्देशन तत्कालको लागि स्थगित

वीरगंज (पर्सा), २२ असोज । वीरगंजस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकले आफूहरूले लामो समयदेखि भोग्दै आएका समस्या तत्काल समाधान गर्न सरकारसँग हस्तक्षेपको माग गरेका छन् । अध्ययन र काम गर्ने क्रममा कलेज व्यवस्थापनबाट दबाब सिर्जना गरिएको तथा आवश्यक शैक्षिक वातावरण नदिइएको आरोप लगाउँदै उनीहरू २४ दिनदेखि आन्दोलनमा छन् ।

आन्दोलनरत चिकित्सकहरूले मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर आफ्ना समस्या र माग सरकारसमक्ष औपचारिक रूपमा राखेका हुन् । मन्त्रालयमा भएको छलफलमा पहिलो वर्षमा अध्ययनरत ४० भन्दा बढी रेजिडेन्ट चिकित्सक सहभागी थिए । छलफलका क्रममा चिकित्सकहरूले कलेजभित्र आफूहरूले सामना गर्नुपरेका विभिन्न समस्या मन्त्रालयका उच्च अधिकारीसमक्ष राख्दै अध्ययनका लागि सुरक्षित, शान्तिपूर्ण र मर्यादित वातावरण सुनिश्चित गर्न माग गरे । उनीहरूले समस्या समाधान नभएसम्म तत्काल कलेज फर्किएर अध्ययनमा सहभागी हुने अवस्था नरहेको स्पष्ट पारे ।

रेजिडेन्ट चिकित्सकहरूले निजी मेडिकल कलेजमा ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबीसमेत गरेका छन् । उनीहरूले यस्ता विषयमा निष्पक्ष छानबिन गरी दोषी देखिएमा सम्बन्धित चिकित्सक तथा व्यक्तिमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन् । चिकित्सकहरूका अनुसार कलेज व्यवस्थापनको व्यवहार तथा अध्ययनका लागि आवश्यक वातावरणको अभावका कारण आफूहरू नियमित शैक्षिक गतिविधिमा फर्कन सक्ने अवस्थामा छैनन् । त्यसैले सरकारको प्रत्यक्ष पहलबाट समस्या समाधान गरी पुनः अध्ययन गर्ने वातावरण बनाउनुपर्ने उनीहरूको जोड छ ।

‘यो सरकारसँग आशा छ, त्यही भएर यहाँसम्म आएका हौँ,’ आन्दोलनरत चिकित्सकहरूले मन्त्रालयमा बताएका थिए । मन्त्रालयमा भएको छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित उच्च अधिकारीहरूको सहभागिता थियो । चिकित्सकहरूले सरकार आफ्ना समस्याप्रति गम्भीर भएर समाधानका लागि ठोस कदम चाल्ने अपेक्षा व्यक्त गरेका छन् । शिक्षामन्त्रीका प्रमुख सल्लाहकार झाले रेजिडेन्ट चिकित्सकले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । उनका अनुसार समस्या वास्तविक रूपमा बुझ्नकै लागि चिकित्सकसँग छलफल गरिएको हो ।

‘यो विषयमा सरकार गम्भीर छ । शिक्षामन्त्रीले पनि गम्भीरताका साथ यसलाई हेर्नुभएको छ । हामी यथाशीघ्र यसलाई सम्बोधन गर्छौँ,’ झाले भने । कलेजमा देखिएका समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय गरेर आवश्यक कदम चाल्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, चिकित्सा शिक्षा आयोगका उपसचिव रामचन्द्र शर्माले पनि रेजिडेन्ट चिकित्सकले उठाएका विषयमा आयोग गम्भीर रहेको बताएका छन् । उनले समस्याको समाधानका लागि आयोगका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सरकार र सम्बन्धित निकायबाट समस्या समाधानका लागि पहल हुने आशा राखेका रेजिडेन्ट चिकित्सकले कलेजमा पुनः शान्तिपूर्ण र मर्यादित वातावरणमा अध्ययन गर्ने अवस्था सिर्जना हुनुपर्ने बताएका छन् । उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन् ।

Tags: नेशनल मेडिकल कलेज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आवासीय चिकित्सकहरुलाई छात्रावास खाली गर्न दिइएको निर्देशन तत्कालको लागि स्थगित

रेजिडेन्ट चिकित्सक २४ दिनदेखि आन्दोलनमा, ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ छानबिन गर्न माग

अशोज २२, २०८३
नापी अभिलेखमै नभएको श्रेस्ताबाट लालपुर्जा बनाउने प्रयास, शंका लागेपछि प्रक्रिया रोकियो

नापी अभिलेखमै नभएको श्रेस्ताबाट लालपुर्जा बनाउने प्रयास, शंका लागेपछि प्रक्रिया रोकियो

अशोज २२, २०८३
एमाले केन्द्रीय सदस्य सरावगीले लिए रास्वपाको सदस्यता, सदस्यता विवरण सार्वजनिक

एमाले केन्द्रीय सदस्य सरावगीले लिए रास्वपाको सदस्यता, सदस्यता विवरण सार्वजनिक

अशोज २२, २०८३
पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी प्रयासः स्कुल बसका सहचालकविरुद्ध मुद्दा

पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी प्रयासः स्कुल बसका सहचालकविरुद्ध मुद्दा

अशोज २२, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि