Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नापी अभिलेखमै नभएको श्रेस्ताबाट लालपुर्जा बनाउने प्रयास, शंका लागेपछि प्रक्रिया रोकियो

करिब ३ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने उक्त जग्गाका लागि कित्ता नम्बर २९, ५५ र १४७ लाई वीरगंज–८ निवासी सुलोचना देवी प्रधान, आनन्द प्रसाद श्रेष्ठ, जुनि प्रधान श्रेष्ठ र आशा प्रधान श्रेष्ठसहित पाँच जनाको नाममा दर्ता तथा हालसाबिक गर्ने प्रक्रिया अघि बढाइएको कागजातबाट देखिएको छ । उक्त श्रेस्ता नापी कार्यालयलाई जानकारी नै नदिई भूमि प्रशासन कार्यालयमा पुगेको बताइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २२, २०८३
नापी अभिलेखमै नभएको श्रेस्ताबाट लालपुर्जा बनाउने प्रयास, शंका लागेपछि प्रक्रिया रोकियो

वीरगंज (पर्सा), २२ असोज । वीरगंज महानगरपालिका–१० आदर्शनगरमा रहेको करिब दुई कठ्ठा बहुमूल्य जग्गाको नक्कली श्रेस्ता तयार गरी हालसाबिक तथा जग्गाधनी प्रमाणपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको आशंका गरिएको छ । नापी कार्यालयको आधिकारिक अभिलेखमै फेला नपरेको श्रेस्ता भूमि प्रशासन कार्यालय, पर्सामा पुगेपछि शंका उत्पन्न भई प्रक्रिया रोकिएको हो ।

करिब ३ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने उक्त जग्गाका लागि कित्ता नम्बर २९, ५५ र १४७ लाई वीरगंज–८ निवासी सुलोचना देवी प्रधान, आनन्द प्रसाद श्रेष्ठ, जुनि प्रधान श्रेष्ठ र आशा प्रधान श्रेष्ठसहित पाँच जनाको नाममा दर्ता तथा हालसाबिक गर्ने प्रक्रिया अघि बढाइएको कागजातबाट देखिएको छ । उक्त श्रेस्ता नापी कार्यालयलाई जानकारी नै नदिई भूमि प्रशासन कार्यालयमा पुगेको बताइएको छ । विषय शंकास्पद देखिएपछि भूमि प्रशासन कार्यालयले हालसाबिकसम्बन्धी प्रक्रिया अघि बढाउन रोक लगाएको हो । कार्यालयले टिपनी आदेश तथा निर्णयको तयारीसमेत गरिसकेको अवस्थामा प्रक्रिया रोकिएको जनाइएको छ ।

प्रचलित व्यवस्थाअनुसार कुनै जग्गाको नापजाँच गरी त्यसको वास्तविक अवस्था यकिन गर्ने जिम्मेवारी नापी कार्यालयको हुन्छ । नापीपछि जग्गा व्यक्तिको स्वामित्वमा रहेको हो वा ऐलानी प्रकृतिको हो भन्ने स्पष्ट गरी आवश्यक कागजात र टिपनी आदेशसहित स्थायी श्रेस्ता तथा जग्गाधनी प्रमाणपुर्जा कायम गर्ने प्रक्रिया अघि बढाइन्छ । त्यसपछि निर्णयसम्बन्धी पत्रसहितको अभिलेख भूमि प्रशासन कार्यालयमा पठाइने व्यवस्था रहेको सम्बन्धित अधिकारीहरू बताउँछन् ।

तर, आदर्शनगरको उक्त जग्गाको हकमा भने नापी कार्यालयबाट पठाइएको आधिकारिक पत्रबिनै श्रेस्ता मात्र भूमि प्रशासन कार्यालयमा पुगेको देखिएको छ । श्रेस्तामा नापी कार्यालयका अमिन तथा नापी अधिकृतको हस्ताक्षरसमेत रहेको बताइए पनि अभिलेखसँग मेल नखाएपछि त्यसको आधिकारिकतामाथि प्रश्न उठेको हो । उक्त निवेदन असोज ९ गते भूमि प्रशासन कार्यालयमा दर्ता भएको देखिन्छ। भूमि प्रशासन कार्यालयका कर्मचारी श्रीनारायण साह र मिरा राईमार्फत प्रक्रिया अघि बढाइएको थियो । सेवाग्राहीमार्फत नामसारी कायम गरी जग्गाधनी प्रमाणपुर्जा अद्यावधिक गर्न निवेदन दर्ता भएपछि श्रेस्ताको विषयमा शंका उत्पन्न भएको कर्मचारी साहले बताए ।

‘नापी कार्यालयको पत्रबिनै श्रेस्ता मात्र निवेदनमा आएको थियो । नापी कार्यालयले जारी गरेको श्रेस्तामाथि शंका लागेपछि प्रक्रिया रोकिएको हो,’ साहले भने । नापी कार्यालय, पर्साका सूचना अधिकारी तथा नापी अधिकृत इन्जिनियर राजकुमार विश्वकर्माले पनि उक्त श्रेस्ता कार्यालयको अभिलेखमा नरहेको बताएका छन् । उनका अनुसार नापी कार्यालयको मूल ढड्डामा समेत सो श्रेस्ता प्रमाणित भएको अभिलेख फेला परेको छैन ।

यता, भूमि प्रशासन कार्यालय, पर्साका प्रमुख खेमराज खत्रीले नापी कार्यालयबाट जारी हुने श्रेस्ताको आधिकारिकता र जिम्मेवारी सम्बन्धित नापी कार्यालयकै हुने बताएका छन् । नापी कार्यालयबाट जारी हुनुपर्ने श्रेस्ता नक्कली अवस्थामा आफ्नो कार्यालयमा आएको देखिएपछि वास्तविकता बुझ्न नापी कार्यालयलाई पत्राचार गरिसकिएको उनले जानकारी दिए । ‘श्रेस्ता नक्कली सावित भएमा त्यसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ,’ खत्रीले भने ।

बहुमूल्य जग्गाको लालपुर्जा बनाउने प्रक्रिया नै शंकास्पद श्रेस्ताका आधारमा अघि बढेको विषय सार्वजनिक भएपछि भूमि प्रशासन र नापी कार्यालयको कार्यप्रणालीमाथि समेत प्रश्न उठेको छ । समाचार स्रोतले यस घटनामा नापी तथा भूमि प्रशासन कार्यालयकै केही कर्मचारीको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको छ । यस विषयमा जग्गाधनी पक्षको धारणा लिन सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन ।

नापी अभिलेखमा नरहेको भनिएको श्रेस्ता कसरी तयार भयो, त्यसमा प्रयोग भएका हस्ताक्षर तथा कागजातको स्रोत के हो र बहुमूल्य जग्गाको स्वामित्व परिवर्तनको प्रक्रिया कुन तहसम्म अघि बढ्यो भन्ने विषय अब थप अनुसन्धानको विषय बनेको छ ।

Tags: नक्कली श्रेस्ताको भरमा बहुमूल्य जग्गा नामसारी प्रयास
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिरामीलाई फलफूल वितरणदेखि सेवाग्राही सम्मानसम्म, पर्सामा मनाइयो विश्व हुलाक दिवस

बिरामीलाई फलफूल वितरणदेखि सेवाग्राही सम्मानसम्म, पर्सामा मनाइयो विश्व हुलाक दिवस

अशोज २३, २०८३
दशैं नजिकिएसँगै वीरगंजमा ‘दण्डिया’ को बढ्दो क्रेजः संस्कृतिको उत्सव कि नाफा कमाउने व्यापार ?

दशैं नजिकिएसँगै वीरगंजमा ‘दण्डिया’ को बढ्दो क्रेजः संस्कृतिको उत्सव कि नाफा कमाउने व्यापार ?

अशोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

अशोज २३, २०८३
धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित, विकास निर्माणलाई गति दिने प्रतिबद्धता

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित, विकास निर्माणलाई गति दिने प्रतिबद्धता

अशोज २३, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि