Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

प्रतिनिधिहरूले जिल्ला नेतृत्व चयन कुनै व्यक्ति वा समूहको सहमतिमा नभई पार्टी विधानअनुसार खुला, प्रतिस्पर्धात्मक र पारदर्शी निर्वाचनबाट हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार तल्लो तहका कार्यकर्ता तथा सदस्यको भावना र जनादेशलाई सम्मान गर्दै निर्वाचित नेतृत्व आए मात्रै जिल्लाको संगठनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

कलैया (बारा), १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारामा जिल्ला अधिवेशन लामो समयदेखि हुन नसकेको भन्दै पार्टीका पालिका तथा क्षेत्रीय तहका प्रतिनिधिहरूले केन्द्रीय नेतृत्वमाथि दबाब बढाएका छन् । उनीहरूले जिल्ला अधिवेशनको मिति तत्काल घोषणा गरी विधानअनुसार निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन् । पालिका तथा क्षेत्रीय समितिका प्रतिनिधिहरूले रास्वपाका महामन्त्री विपिन आचार्य र संसदीय दलका उपनेता गणेश पराजुलीलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै अधिवेशनमा भइरहेको ढिलाइ अन्त्य गर्न माग गरेका हुन् ।

प्रतिनिधिहरूले जिल्ला नेतृत्व चयन कुनै व्यक्ति वा समूहको सहमतिमा नभई पार्टी विधानअनुसार खुला, प्रतिस्पर्धात्मक र पारदर्शी निर्वाचनबाट हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार तल्लो तहका कार्यकर्ता तथा सदस्यको भावना र जनादेशलाई सम्मान गर्दै निर्वाचित नेतृत्व आए मात्रै जिल्लाको संगठनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ ।

‘बारा अधिवेशनमा किन पछाडि ?’
ज्ञापनपत्रमा अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको अवस्थामा बारा भने लामो समयसम्म जिल्ला नेतृत्वविहीन रहनु संगठनात्मक दृष्टिले उचित नभएको उल्लेख गरिएको छ । अधिवेशनमा भएको ढिलाइले जिल्लाको संगठनात्मक हैसियत र पार्टीभित्रको प्रतिनिधित्वमा समेत असर पर्न सक्ने उनीहरूको भनाइ छ । निर्वाचित जिल्ला नेतृत्व नहुँदा स्थानीय जनसरोकारका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न तथा संगठनात्मक निर्णय लिनसमेत कठिनाइ भइरहेको प्रतिनिधिहरूले बताएका छन् । उनीहरूले अब थप ढिलाइ नगरी जिल्ला अधिवेशनको मिति, समय र स्थान घोषणा गर्न केन्द्रीय नेतृत्वसँग माग गरेका छन् ।

मतदाता सूचीदेखि मतगणनासम्म पारदर्शिता माग
प्रतिनिधिहरूले अधिवेशनलाई औपचारिकता पूरा गर्ने प्रक्रियामा सीमित नगरी सम्पूर्ण निर्वाचन प्रणाली नै पारदर्शी बनाउन माग गरेका छन् । ज्ञापनपत्रमा मतदाता तथा प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने, उम्मेदवारी दर्ता, मतदान र मतगणनाको स्पष्ट कार्यतालिका बनाउने तथा निर्वाचनका प्रत्येक चरणलाई निर्धारित विधिअनुसार सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

त्यसका लागि केन्द्रीय निर्वाचन आयोगमार्फत आवश्यक निर्वाचन समिति वा सम्बन्धित संरचना गठन गरी अधिवेशन सञ्चालनको जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ । सदस्यता तथा मतदाता विवरण विधान र निर्वाचन कार्यविधिअनुसार तयार गरी सार्वजनिक गर्नुपर्ने तथा योग्य सबै सदस्यलाई उम्मेदवारी र मतदानमा समान अवसर दिनुपर्नेमा पनि प्रतिनिधिहरूले जोड दिएका छन् ।

‘गुटभन्दा माथि उठेर अधिवेशन गर’
अधिवेशनमा कुनै व्यक्ति, समूह वा गुटको प्रभाव पर्न नदिन प्रतिनिधिहरूले केन्द्रीय नेतृत्वसँग आग्रह गरेका छन् । उनीहरूले उम्मेदवारी दर्तादेखि निर्वाचन परिणाम घोषणा हुँदासम्मको सम्पूर्ण प्रक्रिया निष्पक्ष, समावेशी र पारदर्शी हुनुपर्ने बताएका छन् । विगतमा देखिएका विवादलाई संवाद र समन्वयमार्फत समाधान गर्दै सबै पक्षको सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।

अधिवेशनका क्रममा आवश्यक सुरक्षा र व्यवस्थापनको प्रबन्ध मिलाउन तथा मिति, समय, स्थान र निर्वाचनसम्बन्धी सम्पूर्ण सूचना सम्बन्धित सदस्यलाई समयमै आधिकारिक माध्यमबाट उपलब्ध गराउनसमेत माग गरिएको छ ।

अधिवेशनपछि संगठन चलायमान बनाउनुपर्ने
प्रतिनिधिहरूले अधिवेशन सम्पन्न भएपछि पार्टी विधानको धारा ३२ र ३३ बमोजिम जिल्ला परिषद् तथा जिल्ला समिति गठन गरी नियमित सांगठनिक गतिविधि तत्काल अघि बढाउनुपर्ने बताएका छन् । उनीहरूको दाबीअनुसार जिल्ला अधिवेशनमा ढिलाइ गर्नुपर्ने कुनै कानुनी बाधा छैन । त्यसैले संगठनको आवश्यकता, सदस्यहरूको लोकतान्त्रिक अधिकार र पार्टी विधानको मर्मअनुसार प्रक्रिया तत्काल अघि बढाउनुपर्ने उनीहरूको जोड छ ।

रास्वपा बाराका पालिका तथा क्षेत्रीय प्रतिनिधिहरूले अब अधिवेशनको मिति तोक्न ढिलाइ नगर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्दै निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न माग गरेका छन् । साथै, यस विषयमा केन्द्रीय नेतृत्वबाट स्पष्ट निर्णयसहित लिखित वा मौखिक प्रतिक्रिया दिनसमेत उनीहरूले अनुरोध गरेका छन् । जिल्ला नेतृत्व चयनको विषय अब थप लम्ब्याउन नहुने भन्दै बाराका प्रतिनिधिहरूले अधिवेशनको मिति घोषणा र निर्वाचन प्रक्रिया सुरु गर्नुलाई संगठनभित्रको तत्कालीन प्राथमिकता बनाउन केन्द्रीय नेतृत्वलाई दबाब दिएका छन् ।

Tags: राष्ट्रिय स्वतन्त्र पार्टी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि