वीरगंज (पर्सा), २३ भदौ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा मंगलबार देशभर जेन्जी सहिद दिवस विभिन्न कार्यक्रमका साथ मनाईएको छ । प्रथम जेन्जी सहिद दिवसको अवसरमा आज साँझ वीरंगंजमा दीप प्रज्वलन गरिंदै छ । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको थियो ।
सरकारले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै प्रत्येक वर्ष यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत वर्ष सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको जेनजी आन्दोलन केही समयमै व्यापक राजनीतिक तथा सामाजिक असन्तुष्टिको आन्दोलनमा परिणत भएको थियो ।
गत वर्ष भदौ २३ र २४ गते दुई दिनसम्म चलेको आन्दोलनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मी सहित ७६ जनाले ज्यान गुमाएका थिए । आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा समेत आगजनी र तोडफोडका घटना भएका थिए ।







प्रतिक्रिया दिनुहोस् !