Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशमा महिलामाथि हिंसाको कहरः खुकुरीले हत्या, तातो रडले यातना, ‘भाइरल’ भिडियोले आत्महत्या

मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पछिल्ला घटनामा देखिएको क्रूरता पछाडि सामाजिक र आर्थिक कारणसमेत जोडिएका छन् । उनका अनुसार आर्थिक मन्दी, बेरोजगारी र लागुऔषधको बढ्दो प्रयोगले व्यक्तिमा निराशा र आक्रोश बढाएको देखिन्छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २२, २०८३
मधेशमा महिलामाथि हिंसाको कहरः खुकुरीले हत्या, तातो रडले यातना, ‘भाइरल’ भिडियोले आत्महत्या

वीरगंज (पर्सा), २२ भदौ । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा शुक्रबार बिहानको घटना सामान्य घरेलु विवाद वा झगडाको परिणाम मात्र थिएन । सडकछेउमै एक महिलामाथि निरन्तर खुकुरी प्रहार भयो । स्थानीयको आँखैअगाडि ४५ वर्षीया रेनुदेवी जयसवालको हत्या भयो । अझ विडम्बना, उनलाई बचाउन दौडिनुपर्ने केही व्यक्ति घटनाको भिडियो खिच्न व्यस्त देखिए । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रेनुदेवीमाथि करिब ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी रेनुदेवीको घटनास्थलमै मृत्यु भएको थियो । हत्या गरेपछि आरोपित शवको छेउमै बसेको दृश्यसमेत सार्वजनिक भएको छ । यो एउटा घटना मात्र होइन । पछिल्लो एक महिनामा मधेशका विभिन्न जिल्लामा महिलामाथि भएका हिंसाका घटनाले समाजमा महिला सुरक्षाको अवस्था र हिंसाप्रतिको सामाजिक संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ ।

यातनाको हदः मोबाइलमा कुरा गरेको आरोपमा तातो रडले पोलियो
सिरहाको नवराजपुर गाउँपालिकामा भएको घटना झनै पीडादायी छ । २८ वर्षीया सञ्जना यादवलाई आफ्नै श्रीमान् रामशंकर यादव र उनका भाइ श्यामसुन्दर यादवले चरम यातना दिएको आरोप छ । मोबाइलमा साथीसँग कुरा गरेको विषयलाई लिएर मंगलबार राति सञ्जनाका हातखुट्टा बाँधिएको थियो । मुखमा कपडा कोचिएको थियो । त्यसपछि चुलोमा तताइएको फलामे रडले शरीरका विभिन्न भागमा प्रहार गरिएको प्रहरीको प्रारम्भिक विवरण छ ।

घरका झ्यालढोका बन्द गरेर कुटपिट गरिएकी सञ्जनाको चित्कार छिमेकीले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि अस्पताल पुर्‍याएको थियो । भारतको बिहारस्थित मधुबनी जिल्लाकी सञ्जनासँग रामशंकरले करिब तीन वर्षअघि दोस्रो विवाह गरेको बताइएको छ । यसअघि उनकी जेठी श्रीमतीलाई समेत विवादका क्रममा कुटपिट गर्ने गरेको र यातना सहन नसकेपछि उनले घर छाडेको स्थानीयको भनाइ छ । घटनामा रामशंकर प्रहरी हिरासतमा छन् भने उनका भाइ श्यामसुन्दर फरार रहेको प्रहरीले जनाएको छ ।

आत्महत्याको आवरणमा दाइजोको पीडा ?
रौतहटकै कटहरिया नगरपालिका–३ बरेडवामा २० वर्षीया नवविवाहिता निशाकुमारी साह सोनार आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परिन् । गत फागुनमा निरजकुमार साहसँग विवाह भएकी निशाको मृत्यु आत्महत्या हो वा त्यसको पछाडि कुनै अन्य कारण छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ । तर उनका माइती पक्षले भने छोरीको हत्या भएको आरोप लगाएका छन् ।

मृतकका बुबा रवीन्द्र साह सोनारका अनुसार विवाहपछि निरजले एसी, नगद तथा अन्य दाइजो माग गर्दै निशालाई मानसिक र शारीरिक यातना दिने गरेका थिए । यही क्रममा उनको मृत्यु भएकाले घटना शंकास्पद रहेको परिवारको दाबी छ । घटनाको वास्तविकता अनुसन्धानपछि मात्रै खुल्ने भए पनि विवाहपछि दाइजोका नाममा महिलामाथि हुने दबाब र हिंसाले अर्को गम्भीर प्रश्न भने उठाएको छ ।

सामाजिक सञ्जालको ‘भाइरल’ संस्कृतिले बालिकाको ज्यान लियो
बाराको कलैया उपमहानगरपालिका–२१ भौडाहामा १३ वर्षीया सरिया खातुनको मृत्युले सामाजिक सञ्जालको दुरुपयोग र त्यसबाट उत्पन्न सामाजिक हिंसाको अर्को भयावह पाटो उजागर गरेको छ । प्रहरीका अनुसार असार १५ गते खेतमा एक केटासाथीसँग बसेर कुराकानी गरिरहेकी सरियालाई केही युवाले घेरेर गालीगलौज, हातपात तथा दुर्व्यवहार गरेका थिए । उनीहरूले घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाएपछि बालिकाको चरित्रमाथि प्रश्न उठाउँदै गाउँमा नकारात्मक हल्लासमेत फैलाइएको थियो ।

त्यसको मानसिक दबाब सहन नसकेकी सरियाले भोलिपल्ट घरमै झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो घटनाले सामाजिक सञ्जालमा कुनै व्यक्तिको चरित्रमाथि आरोप लगाउने, भिडियो खिच्ने र त्यसलाई भाइरल बनाउने प्रवृत्ति कसरी वास्तविक जीवनमै घातक परिणाम निम्त्याउन सक्छ भन्ने देखाएको छ ।

हिंसा बढ्नुको कारण ?
यी चार घटनाको प्रकृति फरक भए पनि एउटा समान पक्ष देखिन्छ—महिलामाथि हुने हिंसाप्रति बढ्दो असंवेदनशीलता । महिला अधिकारको क्षेत्रमा कार्यरत ओरेक नेपालकी मधेश प्रदेश प्रमुख वीणा सिंहका अनुसार मधेशमा महिलाले सांस्कृतिक, सामाजिक र मानसिक दबाबसँगै शारीरिक हिंसासमेत सामना गर्नुपरिरहेको छ । अपराधअनुसार पीडकले प्रभावकारी सजाय नपाउँदा हिंसा गर्नेहरूमा दण्डको डर कमजोर हुँदै गएको उनको भनाइ छ ।

उनका अनुसार हिंसा नियन्त्रणका लागि अपराधमा संलग्नलाई कडा कानुनी कारबाहीसँगै स्थानीय तहसम्मै ‘हिंसा सहनु हुँदैन’ भन्ने चेतना फैलाउने अभियान आवश्यक छ । महिला अधिकारकर्मी सम्झना वर्मा पनि परिवार र समाजमा अझै महिलालाई हिंसा सहेर बस्नुपर्ने मानसिकता रहेको बताउँछिन् । उनका अनुसार छोरी–बुहारीलाई घरेलु हिंसालाई सामान्य व्यवहारिक समस्या भनेर सहन सिकाउने प्रवृत्तिले हिंसा लुकाउन थप मद्दत गरिरहेको छ ।

‘हिंसाविरुद्ध बोल्नुपर्छ, चुप लागेर बस्नु हुँदैन’ भन्ने शिक्षा परिवारदेखि नै दिनुपर्ने र प्रदेश तथा स्थानीय सरकारले महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

तथ्यांकले देखाएको अर्को तस्वीर
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा महिला तथा बालबालिकासम्बन्धी अपराधका ८ सय ३६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये जबरजस्ती करणीका ३ सय २९, बहुविवाहका १ सय ३०, जबरजस्ती करणी उद्योगका ७३, अपहरण गरी जबरजस्ती करणीका ४३ तथा अपहरण तथा शरीर बन्धकका ४८ वटा मुद्दा छन् ।

त्यस्तै, बोक्सीको आरोपसम्बन्धी १९, गर्भपतनसम्बन्धी १६, मानव बेचबिखनका १८ र अप्राकृतिक मैथुनका चारवटा मुद्दा दर्ता भएका छन् । आत्महत्या गर्न दुरुत्साहनका ३७, बाल यौन दुरुपयोगका ३९ तथा अन्य विभिन्न प्रकृतिका महिला तथा बालबालिकासम्बन्धी मुद्दासमेत प्रहरीमा दर्ता भएका छन् ।

हिंसासँगै बढ्दैछ क्रूरता
मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पछिल्ला घटनामा देखिएको क्रूरता पछाडि सामाजिक र आर्थिक कारणसमेत जोडिएका छन् । उनका अनुसार आर्थिक मन्दी, बेरोजगारी र लागुऔषधको बढ्दो प्रयोगले व्यक्तिमा निराशा र आक्रोश बढाएको देखिन्छ । कतिपय अवस्थामा आफ्नो असफलता र आक्रोश महिला तथा बालबालिकामाथि पोख्ने प्रवृत्तिसमेत देखिएको उनले बताए ।

सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले पनि समस्या थप जटिल बनाएको प्रहरीको बुझाइ छ । भ्रामक, गलत तथा द्वेषपूर्ण सूचनाको फैलावटले सामाजिक तनाव र हिंसालाई थप उक्साउन सक्ने ढकालको भनाइ छ ।

Tags: मधेशमा महिला हिंसाको भयावह रूपः अपराधसँगै बढ्दैछ क्रूरता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीमा बेपत्ता आरभ र आलोकको शव भेटिएन, परिवारले कुशको शव बनाएर गरे अन्तिम संस्कार

बाढीमा बेपत्ता आरभ र आलोकको शव भेटिएन, परिवारले कुशको शव बनाएर गरे अन्तिम संस्कार

भदौ २२, २०८३
बाढीमा अभिभावक गुमाएका १० छात्रको शिक्षा मटिहानीको संस्कृत विद्यालयले जिम्मा लिने

बाढीमा अभिभावक गुमाएका १० छात्रको शिक्षा मटिहानीको संस्कृत विद्यालयले जिम्मा लिने

भदौ २२, २०८३
रसुवा बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजको ७५ लाख सहयोग

रसुवा बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजको ७५ लाख सहयोग

भदौ २२, २०८३
वीरगंज मुख्य सडक फराकिलो अभियानःअन्तिम चरणको नापजाँच सुरु

वीरगंज मुख्य सडक फराकिलो अभियानःअन्तिम चरणको नापजाँच सुरु

भदौ २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि