Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बर्दिवासस्थित बरडाडामा भाइरल ज्वरोको प्रकोप, ७५ प्रतिशत विद्यार्थी विद्यालयबाहिर

भाइरल ज्वरोका कारण बालबालिका बिरामी भइरहँदा पनि गाउँमा स्वास्थ्यकर्मी, उपचार र सामान्य औषधिसमेत सहज रूपमा उपलब्ध हुन नसकेको शिक्षक देवकुमार लामाले बताए । उनका अनुसार बरडाडाको समस्या तत्काल समाधान गर्न स्थानीय तहले स्वास्थ्य सेवा नियमित र प्रभावकारी बनाउन आवश्यक छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २१, २०८३
बर्दिवासस्थित बरडाडामा भाइरल ज्वरोको प्रकोप, ७५ प्रतिशत विद्यार्थी विद्यालयबाहिर

बर्दिबास (महोत्तरी), २१ भदौ । महोत्तरीको बर्दिबास नगरपालिका–५ बरडाडामा केही दिनयता बालबालिकामा भाइरल ज्वरोको समस्या बढेको छ । ज्वरोका कारण नेपाल राष्ट्रिय आधारभूत विद्यालयका करिब ७५ प्रतिशत विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । विद्यालयका प्रधानाध्यापक बिल्टु यादवका अनुसार विद्यालयमा अध्ययनरत करिब ७५ विद्यार्थीसम्ममध्ये अहिले दैनिक २७ जनाको हाराहारीमा मात्रै उपस्थित हुने गरेका छन् ।

अधिकांश विद्यार्थी बिरामी परेपछि विद्यालयको नियमित पठनपाठनसमेत प्रभावित भएको छ । बरडाडामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको अभावका कारण बिरामी बालबालिकाले सामान्य उपचारसमेत सहज रूपमा पाउन सकेका छैनन् । स्थानीयका अनुसार गाउँमै सिटामोलजस्तो सामान्य औषधिसमेत उपलब्ध नहुने अवस्था छ । स्थानीय पन्चबहादुर गोलेका अनुसार विद्यालय नजिकै स्वास्थ्य संस्था सञ्चालन गर्ने उद्देश्यले ६–७ वर्षअघि नै भवन निर्माण गरिएको थियो । तर भवन तयार भएको लामो समय बितिसक्दा पनि स्वास्थ्यकर्मी नपठाइएकाले स्वास्थ्य केन्द्र सञ्चालनमा आउन सकेको छैन ।

स्वास्थ्य केन्द्र सञ्चालनमा आए बरडाडासहित आसपासका करिब २५० घरधुरी प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ । गाउँमा उपचारको आवश्यकता परे स्थानीयले पाँच किलोमिटरभन्दा बढी दूरी तय गरेर टुटेश्वर वा बर्दिबास पुग्नुपर्ने बाध्यता छ । वर्षायाममा माण्डवी गङ्गा अर्थात् मरहा खोला उर्लिएपछि आवतजावतसमेत प्रभावित हुने भएकाले बिरामीलाई उपचारका लागि लैजान थप समस्या हुने गरेको स्थानीय बताउँछन् ।

समस्या सार्वजनिक भएपछि बर्दिबास नगरपालिकाले भने तत्काल स्वास्थ्य टोली परिचालन गर्ने जनाएको छ । नगर प्रवक्ता विजयकुमार महतोले बरडाडामा स्वास्थ्य टोली पठाउने तयारी भइरहेको जानकारी दिएका छन् । नगरपालिकाले सो क्षेत्रमा नगर स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ ।

स्थानीयले भने स्वास्थ्य सेवासँगै सडक र आवश्यक स्थानमा पुल निर्माणलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । सडक तथा पुलको समस्या समाधान भए स्वास्थ्य सेवा लिन र बालबालिकालाई विद्यालय पुर्‍याउन सहज हुने उनीहरूको भनाइ छ । भाइरल ज्वरोका कारण बालबालिका बिरामी भइरहँदा पनि गाउँमा स्वास्थ्यकर्मी, उपचार र सामान्य औषधिसमेत सहज रूपमा उपलब्ध हुन नसकेको शिक्षक देवकुमार लामाले बताए । उनका अनुसार बरडाडाको समस्या तत्काल समाधान गर्न स्थानीय तहले स्वास्थ्य सेवा नियमित र प्रभावकारी बनाउन आवश्यक छ ।

Tags: भाइरल ज्वरोको प्रकोप
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताः सिनियरतर्फ पाँच विद्यालय फाइनलमा प्रवेश

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताः सिनियरतर्फ पाँच विद्यालय फाइनलमा प्रवेश

भदौ २१, २०८३
बाढी प्रभावितहरुको उपचारमा सहयोगार्थ रक्तदान कार्यक्रम

बाढी प्रभावितहरुको उपचारमा सहयोगार्थ रक्तदान कार्यक्रम

भदौ २१, २०८३
मधेशमा बढ्दो बालअपराधः लागुऔषध र सामाजिक सञ्जालदेखि अभिभावकीय निगरानीको अभावसम्म

मधेशमा बढ्दो बालअपराधः लागुऔषध र सामाजिक सञ्जालदेखि अभिभावकीय निगरानीको अभावसम्म

भदौ २१, २०८३
बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

बलात्कार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

भदौ २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि