Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाढीपीडितका लागि राहत जुट्दैः कोषमा ८ अर्बभन्दा बढी जम्मा, पुनःस्थापनाका लागि जग्गा खोजिँदै

बाढीअघि नै कोषमा २ अर्ब ८ करोड रुपैयाँ मौज्दात रहेको थियो । बाढीपछि संकलित रकमसमेत जोड्दा कोषमा ८ अर्ब रुपैयाँभन्दा बढी रकम पुगेको छ । यसले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धारदेखि दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणसम्मका लागि ठूलो आर्थिक स्रोत जुटेको देखाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १९, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

काठमाडौं, १९ भदौ । विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि देश तथा विदेशबाट सहयोग जुट्ने क्रम तीव्र बनेको छ । सरकारी निकायसँगै निजी क्षेत्र, विभिन्न संघसंस्था तथा सर्वसाधारण नागरिक राहत अभियानमा सक्रिय भइरहेका बेला प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मात्रै बाढीपछि झण्डै ६ अर्ब रुपैयाँ सहयोग संकलन भएको छ । बाढीअघि नै कोषमा २ अर्ब ८ करोड रुपैयाँ मौज्दात रहेको थियो । बाढीपछि संकलित रकमसमेत जोड्दा कोषमा ८ अर्ब रुपैयाँभन्दा बढी रकम पुगेको छ । यसले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धारदेखि दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणसम्मका लागि ठूलो आर्थिक स्रोत जुटेको देखाएको छ ।

सरकारले राहत संकलनसँगै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनःस्थापनाको तयारीसमेत अघि बढाएको छ । विशेषगरी रसुवा–भोटेकोशी क्षेत्रमा बाढीका कारण विस्थापित तथा जोखिमपूर्ण स्थानमा बसिरहेका परिवारलाई सुरक्षित रूपमा पुनःस्थापना गर्न उपयुक्त जग्गा पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले बाढीका कारण विस्थापित तथा जोखिममा रहेका परिवारको विवरण संकलन गर्नुका साथै पुनःस्थापनाका लागि सम्भावित जग्गाको स्थलगत अध्ययन गर्नेछ ।

समितिले प्रस्तावित स्थानमा बाढी तथा पहिरोको जोखिम, भौगोलिक अवस्था र स्थायी बसोबासका लागि उपयुक्तताबारे प्रारम्भिक मूल्याङ्कन गर्नेछ । साथै, आवश्यक कानुनी प्रक्रिया, पूर्वाधार निर्माण तथा पुनःस्थापनाको समग्र योजनासहितको सुझाव र सिफारिस मन्त्रालयलाई बुझाउनेछ ।

यता, विपद्को व्यवस्थापन र राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले डिजिटल प्रविधिको प्रयोग बढाएको जनाएको छ । गृहमन्त्री सुधन गुरुङले डिजिटल युगमा मन्त्रालयको कुर्सीमा बसेर मात्र काम गर्ने परम्परागत शैली सान्दर्भिक नरहेको बताएका छन् । आफूमाथि भइरहेको आलोचनाको जवाफ दिँदै सामाजिक सञ्जालमार्फत उनले नेतृत्वको मूल्याङ्कन काम गर्ने स्थान वा शैलीबाट नभई त्यसको प्रभावकारिता र परिणामबाट हुनुपर्ने बताएका छन् । डिजिटल माध्यमको प्रयोगमार्फत विपद् प्रतिकार्यलाई थप छिटो र प्रभावकारी बनाइएको उनको दाबी छ ।

गृहमन्त्री गुरुङका अनुसार विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको छ । अनलाइन प्रविधिको प्रयोग गर्दै प्रत्येक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठकहरू भइरहेकाले उद्धार तथा राहत कार्यमा आवश्यक समन्वय भइरहेको उनले बताएका छन् ।

बाढीपछि एकातिर उद्धार तथा राहतका लागि ठूलो मात्रामा आर्थिक सहयोग जुटिरहेको छ भने अर्कोतर्फ विस्थापित परिवारलाई सुरक्षित र व्यवस्थित रूपमा पुनःस्थापना गर्ने चुनौती सरकारसामु खडा भएको छ । तत्कालीन राहतसँगै जोखिमपूर्ण बस्तीको पहिचान, सुरक्षित स्थानमा स्थानान्तरण र आवश्यक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने अवस्था देखिएको छ । राहत कोषमा ८ अर्बभन्दा बढी रकम जुटिसकेको अवस्थामा अब उक्त रकमको पारदर्शी, प्रभावकारी र लक्षित परिचालन तथा बाढीपीडितको दीर्घकालीन पुनःस्थापना नै सरकारका लागि मुख्य परीक्षा बनेको छ ।

Tags: बाढीपीडितका लागि राहत जुट्दै
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राहतका नाममा निजी खातामा रकम उठाउन रोक, अवैध गतिविधि गर्नेलाई कारबाहीको चेतावनी

राहतका नाममा निजी खातामा रकम उठाउन रोक, अवैध गतिविधि गर्नेलाई कारबाहीको चेतावनी

भदौ १९, २०८३
बाढीमा सम्पर्कविहीन भएका पर्सा, बारा, सर्लाही र भातका ३९ जनाको विवरण सार्वजनिक

बाढीमा सम्पर्कविहीन भएका पर्सा, बारा, सर्लाही र भातका ३९ जनाको विवरण सार्वजनिक

भदौ १९, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

बाढीमा सम्पर्कविहीन भएका परिवारमा निराशा, अझैपनि मधेशका १८० जना बेपत्ता

भदौ १९, २०८३
वीरगंजबाट राहत बोकेर रसुवा पुगे जेनजी, ३ सय परिवारलाई सहयोग

वीरगंजबाट राहत बोकेर रसुवा पुगे जेनजी, ३ सय परिवारलाई सहयोग

भदौ १९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि