Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाढीपीडितका लागि साउथ जोन माविको १ लाख ५५ हजार बढी सहयोग

विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीबाट स्वेच्छिक रूपमा संकलित रकममा विद्यालयको समेत योगदान थप गरी उक्त सहयोग जुटाइएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १८, २०८३
बाढीपीडितका लागि साउथ जोन माविको १ लाख ५५ हजार बढी सहयोग

वीरगंज (पर्सा), १८ भदौ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि वीरगंज–१३ राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग गरेको छ । विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीबाट स्वेच्छिक रूपमा संकलित रकममा विद्यालयको समेत योगदान थप गरी उक्त सहयोग जुटाइएको हो ।

संकलित रकममध्ये विद्यार्थी तथा अभिभावकबाट ४६ हजार १८२ रुपैयाँ, शिक्षक तथा कर्मचारीले आफ्नो एक दिनको तलब बराबर स्वेच्छिक रूपमा प्रदान गरेको ५७ हजार ८१६ रुपैयाँ र विद्यालयको तर्फबाट ५१ हजार ५५५ रुपैयाँ रहेको छ ।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीका अनुसार विपद्को समयमा पीडित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले विद्यालय परिवारले मानवीय भावनासहित सहयोग अभियान अघि बढाएको हो । शिक्षक तथा कर्मचारीले एक दिनको तलब स्वेच्छिक रूपमा सहयोग गरेका थिए भने विद्यार्थी र अभिभावकबाट पनि आफ्नो इच्छाअनुसार रकम संकलन गरिएको उनले बताए ।

विद्यालयबाट प्रदान गरिएको रकमसहित जम्मा भएको १ लाख ५५ हजार ५५३ रुपैयाँ प्याब्सन पर्साको खातामा जम्मा गरिएको सहप्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए । संग्रौलाका अनुसार प्याब्सन पर्साले सदस्य विद्यालयहरूबाट प्राप्त सहयोग रकम प्याब्सन केन्द्रको कोषमा जम्मा गर्नेछ । त्यसपछि प्याब्सन केन्द्रले देशभरका सदस्य विद्यालय तथा अन्य स्रोतबाट संकलित सहयोगलाई एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ ।

‘विपद्मा साथ दिनु साझा दायित्व’
प्रधानाध्यापक चौधरीले विपद्को समयमा सहयोगका लागि हातेमालो गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीप्रति आभार व्यक्त गरेका छन् । दुःख र संकटमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताउँदै उनले सुखमा मात्र नभई विपद्का समयमा समेत एक–अर्काको साथमा उभिनुपर्ने धारणा व्यक्त गरे ।

विद्यालयले ‘मानवताका लागि मानवता’ भन्ने भावनालाई आत्मसात् गर्दै गरेको यस सहयोगले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको जनाएको छ ।

Tags: साउथजोन माध्यमिक विद्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लिटिलबडी प्रि-स्कुलः श्रीकृष्णको भेषमा सजिए नानीहरू, ‘प्रेम, सत्य र धर्मको बाटोमा हिँडौँ’ भन्ने सन्देश

लिटिलबडी प्रि-स्कुलः श्रीकृष्णको भेषमा सजिए नानीहरू, ‘प्रेम, सत्य र धर्मको बाटोमा हिँडौँ’ भन्ने सन्देश

भदौ १९, २०८३
लिटिल एन्जल बोर्डिङ स्कुलः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

लिटिल एन्जल बोर्डिङ स्कुलः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

भदौ १८, २०८३
सगरमाथा एकडेमीः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

सगरमाथा एकडेमीः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

भदौ १८, २०८३
बाढीपीडितका लागि साउथ जोन माविको १ लाख ५५ हजार बढी सहयोग

बाढीपीडितका लागि साउथ जोन माविको १ लाख ५५ हजार बढी सहयोग

भदौ १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि