Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सरकारले अघि सारेको १०० दिने विकास कार्यक्रमअन्तर्गत विमानस्थलमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सिमरा विमानस्थलमा पनि स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सुरुआती चरणमा स्वास्थ्य सहायता कक्ष बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले जानकारी दिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३, २०८३
सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा (बारा), ३ भदौ । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षको कलेजका अध्यक्ष प्रो. डा. जैनुद्दिन अन्सारीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । सरकारले अघि सारेको १०० दिने विकास कार्यक्रमअन्तर्गत विमानस्थलमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सिमरा विमानस्थलमा पनि स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

सुरुआती चरणमा स्वास्थ्य सहायता कक्ष बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले जानकारी दिए । सेवाग्राहीको चाप र आवश्यकताअनुसार आगामी दिनमा सञ्चालन समय थप गर्न सकिने उनले बताए । स्वास्थ्य सहायता कक्षबाट विमानस्थलमा कार्यरत कर्मचारी, यात्रु, सरसफाइकर्मी तथा सुरक्षाकर्मीलगायतलाई आकस्मिक स्वास्थ्य जाँच, प्राथमिक उपचार र चिकित्सकीय परामर्श उपलब्ध गराइने सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

यात्रुमा आकस्मिक स्वास्थ्य समस्या देखिएमा तत्काल मेडिकल इमर्जेन्सी केयर उपलब्ध गराउनुका साथै आवश्यक परे थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने व्यवस्था गरिएको जनाइएको छ । विमानस्थलमा विपद् वा ठूलो आकस्मिक घटना भएमा नेशनल मेडिकल कलेजको डिजास्टर रेस्पोन्स टिममार्फत आवश्यक स्वास्थ्य सहयोग उपलब्ध गराइनेछ ।

स्वास्थ्य सहायता कक्षमा नेशनल मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले नियमित रूपमा सेवा प्रदान गर्नेछ । विमानस्थल परिसरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध भएपछि यात्रु तथा कर्मचारीलाई आकस्मिक स्वास्थ्य समस्या पर्दा तत्काल स्वास्थ्य परीक्षण, प्राथमिक उपचार तथा चिकित्सकीय परामर्श लिन सहज हुने अपेक्षा गरिएको छ । विमानस्थल प्रशासन र नेशनल मेडिकल कलेजको सहकार्यमा सुरु गरिएको स्वास्थ्य सहायता कक्षलाई आवश्यकता र प्रभावकारिताका आधारमा थप व्यवस्थित गर्दै लैजाने तयारी गरिएको छ ।

उद्घाटन कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ, एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, हस्पिटल डाइरेक्टर डा. ईशरत जहानलगायत कलेजका प्रशासनिक कर्मचारी, विमानस्थलका कर्मचारी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Tags: विमानस्थलमा स्वास्थ्य सहायता कक्ष
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि