Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश सरकारको प्रशासनिक सुधार अभियानः अर्थ मन्त्रालयमा ३२ प्रतिशत दरबन्दी कटौती

अर्थमन्त्री युवराज भट्टराईका अनुसार मन्त्रालयको वास्तविक कार्यबोझको तुलनामा कर्मचारीको दरबन्दी बढी रहेकाले पुनरावलोकन गरी दरबन्दी कटौती गरिएको हो । यसबाट प्रदेश सरकारको प्रशासनिक खर्च घट्नुका साथै मन्त्रालयको कामकारबाही थप छरितो र प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३, २०८३
मधेश सरकारको प्रशासनिक सुधार अभियानः अर्थ मन्त्रालयमा ३२ प्रतिशत दरबन्दी कटौती

जनकपुरधाम (धनुषा), ३ भदौ । आर्थिक बेथिति र अनावश्यक प्रशासनिक संरचनाका कारण आलोचना खेप्दै आएको मधेश प्रदेश सरकारले वित्तीय अनुशासन र प्रशासनिक सुधारलाई अघि बढाएको छ । प्रदेश सरकारको यही अभियानअन्तर्गत अर्थ मन्त्रालयले आफ्नो कर्मचारी दरबन्दीमा करिब ३२ प्रतिशत कटौती गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी निकायमा न्यूनतम १५ प्रतिशत कर्मचारी दरबन्दी घटाउने नीति लिएपछि अर्थ मन्त्रालयले त्यसको कार्यान्वयन आफ्नै कार्यालयबाट सुरु गरेको हो ।

अर्थमन्त्री युवराज भट्टराईका अनुसार मन्त्रालयको वास्तविक कार्यबोझको तुलनामा कर्मचारीको दरबन्दी बढी रहेकाले पुनरावलोकन गरी दरबन्दी कटौती गरिएको हो । यसबाट प्रदेश सरकारको प्रशासनिक खर्च घट्नुका साथै मन्त्रालयको कामकारबाही थप छरितो र प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए । ‘प्रदेशसँग सीमित स्रोतसाधन छ । तर, विगतमा आधारबिना दरबन्दी सिर्जना गरिएको अवस्था देखियो,’ मन्त्री भट्टराईले भने, ‘कामको पर्याप्त भारसमेत नहुने अवस्थामा कर्मचारीको ठूलो संरचना राखिरहन आवश्यक छैन । त्यसैले सुधारको सुरुवात आफ्नै मन्त्रालयबाट गरेका हौँ ।’

मन्त्रालयले आर्थिक अनुशासन कायम गर्न र सार्वजनिक स्रोतको अनावश्यक खर्च रोक्न विभिन्न सुधारका कदम अघि बढाएको जनाएको छ । आर्थिक वर्षको अन्त्यमा हुने अन्धाधुन्ध रकमान्तरलाई नियन्त्रण गर्न थालेपछि वित्तीय अनुशासनका क्षेत्रमा सकारात्मक सन्देश गएको मन्त्रालयको दाबी छ । मन्त्री भट्टराईले विगतमा देखिएका आर्थिक बेथितिको क्रमशः पहिचान गरी सुधार गर्दै जाने नीति लिइएको बताए । सीमित स्रोतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने र अनावश्यक प्रशासनिक खर्च घटाउने सरकारको प्राथमिकता रहेको उनको भनाइ छ । दरबन्दी कटौतीको प्रक्रिया अब अर्थ मन्त्रालयमा मात्र सीमित नरहने भएको छ ।

प्रदेशका सबै सरकारी निकायलाई संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण पूरा गरी न्यूनतम १५ प्रतिशत कर्मचारी दरबन्दी घटाउन निर्देशन दिने तयारी गरिएको मन्त्रालयले जनाएको छ । यससँगै प्रदेश सरकारको प्रशासनिक संरचना पुनरवलोकन गर्ने कामसमेत अघि बढाइएको छ । मन्त्रालयको संख्या घटाउने, दोहोरो काम गर्ने वा अनावश्यक संरचना खारेज तथा एकआपसमा गाभ्ने तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारको प्रशासनिक खर्च बढ्दै गएको र विकास बजेट कार्यान्वयनमा समेत समस्या देखिँदै आएको अवस्थामा कर्मचारी दरबन्दी तथा मन्त्रालयको संख्या घटाउने निर्णयलाई प्रशासनिक सुधारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । सरकारले आगामी दिनमा खर्च घटाउने मात्र नभई उपलब्ध जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउने लक्ष्य लिएको जनाएको छ ।

Tags: मधेश प्रदेश सरकार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३
वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि