Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मदरसा र सीमा गतिविधिमाथि प्रश्नः प्रहरीको गल्तीले चार जनाको मृत्यु भएको छानविन समितिको ठहर

कप्तानगञ्ज घटनाबारे सहसचिव भुपेन्द्र थापा र गोलबजार घटनाबारे गृह मन्त्रालयकै अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको हो । गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार दुवै समितिले सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्षसहित प्रतिवेदन बुझाएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३, २०८३
मदरसा र सीमा गतिविधिमाथि प्रश्नः प्रहरीको गल्तीले चार जनाको मृत्यु भएको छानविन समितिको ठहर

जनकपुरधाम (धनुषा), ३ भदौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक तनाव, झडप तथा गोलीकाण्ड र त्यसपछि मधेस प्रदेशको सिरहाको गोलबजारमा भएको घटनाबारे गठित दुई छुट्टाछुट्टै छानबिन समितिले प्रतिवेदन बुझाएका छन् । दुवै घटनामा सुरक्षाकर्मीकै गोली लागेर चार जनाको मृत्यु भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । कप्तानगञ्ज घटनाबारे सहसचिव भुपेन्द्र थापा र गोलबजार घटनाबारे गृह मन्त्रालयकै अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेको हो । गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार दुवै समितिले सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्षसहित प्रतिवेदन बुझाएका छन् । उनका अनुसार कप्तानगञ्जमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहताको मृत्यु भएको थियो भने गोलबजारमा प्रहरीको गोली लागेर १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।

सरकारले चारै जनालाई सहिद घोषणा गरिसकेको छ । कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट गोली चलेको छानबिनबाट देखिएको छ । घटनास्थलमा कुल २० राउण्ड गोली चलेको भेटिएको छ । झडप नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाश कुमार श्रेष्ठ खटिएका थिए । दुवै समुदायका मानिसहरूले चिर्पट, ढुंगा, बाँस र लाठीमार्फत आक्रमण गर्न थालेपछि घटनास्थलमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । छानबिन समितिका अनुसार घटनास्थलमा इन्स्पेक्टर राईले गोली चलाएका थिए । त्यसपछि सशस्त्र प्रहरीका सुरक्षाकर्मीले पनि गोली चलाएका थिए, जसबाट मानवीय क्षति भएको निष्कर्ष छ ।

घटनासम्बन्धी प्रारम्भिक स्थलगत अध्ययन प्रतिवेदनले पनि कप्तानगञ्जको घटनाका विभिन्न पक्षमाथि प्रश्न उठाउँदै सरकारलाई सुझाव दिएको छ । उक्त प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र गृहमन्त्री सुधन गुरुङलाई प्रारम्भिक अध्ययनका लागि पठाइएको छ । सामान्य परिमार्जनपछि गृहमन्त्री गुरुङलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको छ । प्रतिवेदन तयार पार्न संलग्न एक सदस्यका अनुसार सम्भवतः यही हप्ताभित्र सरकारलाई प्रतिवेदन बुझाइनेछ । गृहमन्त्री गुरुङको मौखिक निर्देशनपछि २०८३ साउन १२ गते गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य ई. दीपक कुमार साहको टोलीले घटनास्थल पुगेर स्थलगत अध्ययन गरेको थियो । उक्त प्रतिवेदनले धार्मिक शिक्षा (मदरसा) का लागि खुलेका स्कुल र नेपाल–भारत खुला सीमाका कारण हुने तस्करी तथा अन्य गतिविधिलाई पनि घटनाका सम्भावित कारकमध्ये मानेको छ । यस्ता विषयलाई छानबिनको दायरामा ल्याउन सुझाव दिइएको स्रोतले जनाएको छ ।

स्थलगत प्रतिवेदनअनुसार गत साउन १० गते बेलुकी करिब ७ बजे स्थानीय २५–३० जना हिन्दु युवा बोलबम यात्राका लागि डिजे बजाउँदै जल चढाउन शिवालय मन्दिर परिसर पुगेका थिए । डिजेको आवाजलाई लिएर सोही राति करिब ८ बजे मुस्लिम समुदायका युवाहरूसँग भनाभन सुरु भएको थियो । प्रहरीले सम्झाउने प्रयास गरे पनि विवाद बढ्दै गएपछि डिजे तोडफोड भएको र त्यसपछि झडपको स्थिति सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ । राति ९ः४५ देखि १० बजेको समयमा प्रहरीले हवाई फायर गरेको र लगत्तै बत्ती निभेको अवस्थामा गोली चल्दा करिब १० जना हिन्दु युवा घाइते भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । घटनाका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फबाट गोली चलेको विवरणसमेत प्रतिवेदनमा समेटिएको छ ।

स्थलगत अध्ययनका क्रममा स्थानीयहरूले सुरक्षा टोलीको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । विवादकै बीच प्रहरी निरीक्षक राकेश राईको मोबाइलमा इलियास मन्सुरी नाम गरेका व्यक्तिबाट पटक–पटक फोन आएको र त्यसपछि तनावपूर्ण स्थिति बनेको स्थानीयको दाबी छ । प्रतिवेदनअनुसार प्रहरी निरीक्षक केही समय पर गई फोनमा कुराकानी गरेको र त्यसपछि ‘आज दुई–चार जना ढल्ने भए’ भन्ने आशयको अभिव्यक्ति दिएको स्थानीयको दाबी छ । तर, यस विषयको पुष्टि हालसम्म नभएकाले मोबाइल कल डिटेल, मोबाइल लोकेसन, सम्बन्धित व्यक्तिहरूको बयान तथा उपलब्ध डिजिटल प्रमाणबाट दाबीको सत्यता परीक्षण गर्नुपर्ने प्रतिवेदनको ठहर छ । इलियास मन्सुरी विवादित भनिएको मदरसा वा संस्थासँग आबद्ध रहेको भन्ने विवरण पनि प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी कप्तानगञ्जको नयाँ हाट क्षेत्रमा रहेको चोकलाई हिन्दु समुदायले ‘श्रीराम चोक’, मुस्लिम समुदायले ‘इस्लाम चोक’ र राजनीतिक वृत्तमा ‘बीपी चोक’ भन्ने गरेको पाइएको छ । सोही स्थानमा निर्मित ठूलो मदरसा संरचनाको कानुनी हैसियत, आर्थिक स्रोत र सञ्चालन अनुमतिबारे स्थानीयमा व्यापक जिज्ञासा र आशंका रहेको स्थलगत अध्ययनका क्रममा पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सुनसरीका सीमावर्ती क्षेत्रमा बढ्दो धार्मिक विद्यालयको संख्या र सुरक्षा संवेदनशीलतामाथि पनि ध्यानाकर्षण गराएको छ । कोशी गाउँपालिकामा २४ र भोक्राहा नरसिंह गाउँपालिकामा १९ गरी ४३ भन्दा बढी धार्मिक विद्यालय सञ्चालनमा रहेको उल्लेख गर्दै भोक्राहा चौकमा सामूहिक हुलले पसल जलाउने तथा मानिसलाई लखेट्ने कार्य हुँदा आम जनता त्रसित बनेको प्रतिवेदनमा उल्लेख छ । सीमावर्ती क्षेत्रमा बिनानम्बर प्लेटका भारतीय मोटरसाइकलको प्रयोगले तस्करी तथा सुरक्षा चुनौती थपेको स्थानीयको भनाइसमेत प्रतिवेदनमा समेटिएको छ ।

यस्ता घटनापछि धार्मिक विद्यालय बन्द गर्ने नीति लिनुभन्दा तिनको दर्ता, नियमन, पाठ्यक्रम, शिक्षकको योग्यता, आर्थिक स्रोत र नियमित अनुगमनको कानुनी ढाँचा तयार गर्न प्रतिवेदनले सुझाव दिएको छ । साथै सरकारले तत्काल ‘एकीकृत नागरिक शिक्षा तथा सामाजिक सद्भाव कार्यक्रम’ सञ्चालन गर्दै सम्भावित सीमा अपराध र बाह्य तत्वको घुसपैठबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।कप्तानगञ्ज घटनाबारे तयार पारिएको स्थलगत अध्ययन प्रतिवेदनमा घटनाअघि नै सम्भावित जोखिमबारे सुरक्षा नेतृत्वलाई जानकारी गराइएको विषयसमेत उठाइएको छ । स्थानीय तथा सम्बन्धित सरोकारवालाबाट प्राप्त विवरणअनुसार जिल्लाका सुरक्षा नेतृत्व परिवर्तन भए पनि केही संवेदनशील स्थानबारे पूर्वसूचना सम्बन्धित सुरक्षा प्रमुखहरूलाई दिइएको थियो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने, नेपाली सेनाका जिल्ला प्रमुख राजन भुजु, सशस्त्र प्रहरी बलका सम्बन्धित प्रमुख, नेपाल प्रहरीका प्रमुख तथा राष्ट्रिय अनुसन्धानका अधिकारीहरूलाई सम्भावित जोखिमयुक्त स्थानबारे जानकारी गराइएको र कतिपय स्थानमा अधिकारीहरूको डायरीमा समेत टिपोट गरिएको विवरण प्रतिवेदनमा उल्लेख छ ।पूर्वसूचनाका बाबजुद त्यसकै आधारमा सुरक्षा योजना बनाइएको थियो वा थिएन, मातहतका निकायलाई लिखित निर्देशन दिइएको थियो वा थिएन र जोखिमयुक्त स्थानमा पर्याप्त जनशक्ति पठाइएको थियो वा थिएन भन्ने विषयमा समेत छानबिन गर्नुपर्ने प्रतिवेदनले औँल्याएको छ ।

उता, सिरहाको गोलबजार घटनामा सशस्त्र प्रहरीले गोली चलाएको नदेखिएको छानबिन समितिको निष्कर्ष छ । गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएको समितिले जनाएको छ । गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार गोलबजारमा ७ राउण्ड ‘डमी राउण्ड’ र पेस्तोलबाट २ राउण्ड गोली चलेको भेटिएको छ । भिड नियन्त्रणमा खटिएका प्रहरी इन्स्पेक्टर सुदन केसीले बोकेको पेस्तोलबाट गोली चलेको छानबिन निष्कर्ष छ । प्रदर्शनकारीको मृत्यु भएपछि प्रहरी प्रधान कार्यालयले साउन १५ गते केसीलाई त्यहाँबाट हटाएको थियो । गोलबजारमा अहिले इन्स्पेक्टर दिपक खरेल कार्यरत छन् ।

दुवै घटनामा भिडबाट समेत गोली चलेको अफवाह फैलिए पनि छानबिन समितिले सुरक्षाकर्मीबाहेक अन्यत्रबाट गोली चलेको पुष्टि नभएको जनाएको छ । लहान नगरपालिका–४ मा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सहायक हवल्दार नारद परियारको दाहिने खुट्टामा घुँडाभन्दा मुनि गोली लागेको प्रहरीको दाबी थियो । तर, छानबिन समितिले उनलाई गोली नलागेको प्रतिवेदन बुझाएको छ । समितिका एक सदस्यका अनुसार दुवै घटनामा बाहिरबाट हतियार प्रयोग भएको देखिएको छैन ।

छानबिन समितिले घटनाको सामाजिक, धार्मिक तथा सुरक्षा पक्षबाट विश्लेषण गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसमेत सुझाएको छ । घटनामा कसको के भूमिका थियो भन्ने विषयसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिले घटनामा संलग्न सुरक्षा अधिकृतहरूलाई समेत कारबाही गर्न सिफारिस गरेको छ । छानबिनमा संलग्न एक सदस्यका अनुसार लापरवाही तथा सुरक्षा व्यवस्थापनमा त्रुटि गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

Tags: सुनसरीको कप्तानगञ्ज साम्प्रदायिक तनाव: झडप तथा गोलीकाण्ड
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि