वीरगंज (पर्सा), २ भदौ । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक विकास अधिकारी र सशस्त्र प्रहरी निरीक्षक उत्तर वाईवा ‘बेस्ट इन्ट्रिग्रिटी अवार्ड २०८३’ बाट सम्मानित भएका छन् । वीरगंज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा स्थापना गरेको उक्त अवार्डबाट अधिकारी र वाईवालाई जनही २५ हजार रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।
वीरगंज उद्योग वाणिज्य संघ र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको संयुक्त आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट र वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
अवार्ड प्रदान गर्दै संघका अध्यक्ष गौतमले स्वर्गीय थपलियाले सुरक्षा क्षेत्रमा पुर्याएको योगदान तथा राष्ट्र सेवाप्रतिको समर्पणलाई चिरस्थायी बनाउन अवार्ड स्थापना गरिएको बताए । निजी क्षेत्र र सुरक्षा निकायबीच आपसी सहकार्य, समन्वय र विश्वासलाई थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिए ।







प्रतिक्रिया दिनुहोस् !