वीरगंज (पर्सा), २ भदौ । यस वर्षको सुवोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट पत्रकार महेशचन्द्र गौतम सम्मानित भएका छन् । भदौ १ गते सोमबार प्रतीक प्रकाशन गृहले आफ्नो बार्षिकोत्सवमा प्रदान गर्दै आएको उक्त पुरस्कारबाट यस वर्ष सर्वराष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक गौतम सम्मान गरिएको हो । वीरगंज लक्ष्मणवा स्थित जेष्ठ नागरिक पार्कमा आयोजित प्रतिक दैनिकको चालिसौं बार्षिकोत्सव समारोहमा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम पटेलले रु ५१ हजार राशीसहितको पुरस्कार गौतमलाई प्रदान गरेका हुन् ।
त्यस्तै १५ हजार नगद राशीको स्व.चिरञ्जीवि कोइराला स्मृति पुरस्कार यात्रा डेलीका अर्जुन चौधरीलाई प्रदान गरिएको छ । यसैगरि प्रतीकका स्तम्भकारतर्फ १० हजार राशीसहित स्तम्भकार राजेन्द्र कोइराला सम्मानीत भएका छन् भने संवाददातातर्फ रु १५ हजार नगद राशीसहित ठोरीका चिरञ्जीवी सापकोटा सम्मानीत भएका छन् । त्यसैगरि प्रतीक बर्ष कर्मचारी तर्फ ५ हजार नगद सहित विजयबहादुर श्रेष्ठ पुरस्कृत भएको प्रतीक दैनिकका सम्पादक शत्रुघन नेपालले जानकारी दिए ।
प्रतीक प्रकाशनका निर्देशक बिन्दु शर्माको अध्यक्षता तथा सञ्चारकर्मी धर्मेन्द्र चौरसीयाको सहजीकरणमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रतिक दैनिकका प्रधानसम्पादक जगदिश शर्मा, वीरगंवज उद्योग बाणिज्यसंघका अध्यक्ष हरि गौतम, गीता भण्डारी, ब्रहमाकुमारी राजयोग सेवा केन्द्र वीरगंज क्षेत्रका निर्देशक रविणा दीदी, स्व. सुवोध सिंहका दाजु सुदर्शन सिंह लगायतले मन्त्य व्यक्त गरेका थिए ।







प्रतिक्रिया दिनुहोस् !