Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महोत्तरीमा साउनमा ८७ मुद्दा दर्ता, ५६ जना पक्राउ

साउन २९ गतेसम्मको तथ्यांकअनुसार मुद्दा अनुसन्धानका क्रममा ५६ जना पक्राउ परेका छन् भने ४९ जना फरार रहेका छन्। प्रहरीका अनुसार साउन महिनामा सबैभन्दा बढी अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएका छन् । अभद्र व्यवहारका १७ मुद्दामध्ये १५ वटा फछ्र्यौट भएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १, २०८३
महोत्तरीमा साउनमा ८७ मुद्दा दर्ता, ५६ जना पक्राउ

बर्दिबास (महोत्तरी), १ साउन । महोत्तरीमा चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा विभिन्न प्रकृतिका ८७ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दर्ता भएका मुद्दामध्ये ४० वटा फछ्र्यौट भएका छन् भने ४७ वटा अनुसन्धान तथा कारबाहीको क्रममा बाँकी छन् । साउन २९ गतेसम्मको तथ्यांकअनुसार मुद्दा अनुसन्धानका क्रममा ५६ जना पक्राउ परेका छन् भने ४९ जना फरार रहेका छन्। प्रहरीका अनुसार साउन महिनामा सबैभन्दा बढी अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएका छन् । अभद्र व्यवहारका १७ मुद्दामध्ये १५ वटा फछ्र्यौट भएका छन् ।

त्यस्तै, लागुऔषधसम्बन्धी ९ वटा मुद्दा दर्ता हुँदा ८ वटा फछ्र्यौट भएका छन् । ती मुद्दामा १३ जना पक्राउ परेका छन् । ठगीका ३, बैंकिङ कसुरका ९, चोरीका ६, सवारी ज्यानका ३ र ज्यान मार्ने उद्योगका ४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हालसम्म कुल ९९२ वटा मुद्दा रहेकोमा ९५ वटा फछ्र्यौट भएका छन् भने ८९७ वटा बाँकी छन् । बाँकी मुद्दामध्ये ९६ वटा जघन्य, १८९ वटा गम्भीर तथा ६१२ वटा सामान्य तथा अन्य प्रकृतिका छन् ।

लागुऔषध नियन्त्रणतर्फ पनि प्रहरीले साउन महिनामा उल्लेख्य परिमाणमा लागुऔषध बरामद गरेको जनाएको छ । ९ वटा मुद्दामा १३ जना पक्राउ पर्दा ४६४.८७२ किलोग्राम गाँजा, ३१.७४० ग्राम खैरो हिरोइन, ३८ थान नाइट्राजेपाम ट्याब्लेट र दुई बोतल आरजेट–स्केन बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए । महोत्तरीमा सवारी दुर्घटनासमेत बढेको प्रहरी तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको साउनमा ३६ वटा दुर्घटना भएकोमा चालु आर्थिक वर्षको साउन २९ गतेसम्म ८२ वटा दुर्घटना भएका छन् । गत वर्ष दुर्घटनामा ४ जनाको मृत्यु र ५९ जना घाइते भएका थिए भने यस वर्ष ७ जनाको मृत्यु र १२३ जना घाइते भएका छन् ।

अवैध भन्सार छली नियन्त्रणतर्फ प्रहरीले साउन महिनामा २ जनालाई पक्राउ गरी १५ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । बरामद तथा नियन्त्रणमा लिइएका सामानको कुल मूल्य ५२ लाख ३० हजार ३० रुपैयाँ रहेको प्रहरी तथ्यांकमा उल्लेख छ । प्रहरीले महोत्तरीमा अपराध नियन्त्रणका प्रमुख चुनौतीका रूपमा नेपाल–भारत खुला सीमा, लागुऔषध ओसारपसार, तस्करी तथा अवैध कारोबार, मानव बेचबिखन, महिला तथा बालबालिकाविरुद्धका अपराध, साइबर अपराध र अनलाइन ठगीलाई औंल्याएको छ । प्रहरी जनशक्ति तथा स्रोतसाधनको कमीलाई समेत अपराध नियन्त्रणमा चुनौतीका रूपमा उल्लेख गरिएको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय महोत्तरी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

भदौ २, २०८३
वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

वीरगंज चिनी कारखाना पुनः संचालनका लागि कार्यदल गठन

भदौ २, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३
एबी क्यारियर्सको गोदाममा छापाः शंकास्पद औषधिसहित सञ्चालक नियन्त्रणमा

एबी क्यारियर्सको गोदाममा छापाः शंकास्पद औषधिसहित सञ्चालक नियन्त्रणमा

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि