Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगञ्जका विभिन्न कलेजमा अध्ययनरत विभिन्न उमेर समूहका धावकहरूको उल्लेखनीय सहभागिता रहेको प्रतियोगिता घण्टाघरबाट सुरु भएको थियो । रेल्वेरोड हुँदै अमर चौक पुगेका धावकहरू पुनः घण्टाघरमै फर्किएर दौड पूरा गरेका थिए । सहभागीहरूले उत्साह, जोश र प्रतिस्पर्धात्मक भावनाका साथ दौडमा सहभागिता जनाउँदै स्वस्थ तथा सक्रिय जीवनशैलीको सन्देश दिएका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २९, २०८३
वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगंज (पर्सा), २९ साउन । वीरगंजमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच सम्पन्न भएको छ । स्वस्थ जीवनशैली, अनुशासन, खेलकुदको प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । लायन्स क्लब अफ वीरगंजका अध्यक्ष लायन गोविन्दा प्रसाद कानुको नेतृत्वमा लायन्स क्लब अफ वीरगंज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माई, लायन्स क्लब अफ वीरगंज नवदिप एकेडेमी, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगंज प्रिन्टोपैक, लायन्स क्लब अफ वीरगंज सुप्रिम तथा लियो क्लब अफ वीरगंजको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

वीरगञ्जका विभिन्न कलेजमा अध्ययनरत विभिन्न उमेर समूहका धावकहरूको उल्लेखनीय सहभागिता रहेको प्रतियोगिता घण्टाघरबाट सुरु भएको थियो । रेल्वेरोड हुँदै अमर चौक पुगेका धावकहरू पुनः घण्टाघरमै फर्किएर दौड पूरा गरेका थिए । सहभागीहरूले उत्साह, जोश र प्रतिस्पर्धात्मक भावनाका साथ दौडमा सहभागिता जनाउँदै स्वस्थ तथा सक्रिय जीवनशैलीको सन्देश दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले म्याराथनजस्ता कार्यक्रमले युवालाई खेलकुद र सकारात्मक गतिविधितर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता गतिविधिबाट स्वस्थ जीवनशैलीको विकास हुनुका साथै युवाको ऊर्जा र क्षमतालाई राष्ट्र निर्माण तथा सामाजिक सेवामा उपयोग गर्न सकिने धारणा राख्नुभयो। रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

त्यसैगरी, विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले लायन्स क्लबले सामाजिक सेवासँगै स्वास्थ्य, युवा र खेलकुदका क्षेत्रमा पनि निरन्तर काम गर्दै आएको बताउनुभयो । म्याराथनले स्वास्थ्यप्रति जनचेतना बढाउनुका साथै युवामा अनुशासन, आत्मविश्वास, सकारात्मक सोच र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा वक्ताहरूले नियमित व्यायाम तथा शारीरिक सक्रियता स्वस्थ जीवनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै युवालाई खेलकुद र सामाजिक गतिविधिमा सक्रिय हुन आग्रह गरेका थिए । म्याराथनजस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य चेतना विस्तार गर्नुका साथै युवालाई सकारात्मक तथा रचनात्मक बाटोमा अघि बढ्न प्रेरित गर्ने उनीहरूको भनाइ थियो ।

प्रतियोगिताको पुरुषतर्फ डेसिमल कलेजका इमाम हुसेन प्रथम भएका छन्। बिपिएस कलेजका विक्की कुमार यादव द्वितीय तथा सोही कलेजका अर्जुन कुमार तृतीय भए । महिलातर्फ बिपिएस कलेजकी उमा कुमारी शर्मा प्रथम, हरिखेतान कलेजकी पुष्पा कुमारी गुप्ता द्वितीय र सोही कलेजकी आशा कुमारी साह तृतीय हुन सफल भए । उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । प्रतियोगितामा सहभागी धावकहरूले कार्यक्रम उत्साहजनक र प्रेरणादायी रहेको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूटिभ चिफद्वय लायन आश्मा सिंह यादव र लायन विजय गुप्ता, एरिया चिफ लायन सुनिल कुमार गुप्ता, एरिया सेक्रेटरी लायन सल्मा खातुन, जोन चेयरपर्सन लायन सुशीला साह, क्याबिनेट अफिसरद्वय लायन रितिका जैसवाल र लायन पीयूष दारूका, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक चन्द्रकान्त पौडेल तथा जनपद प्रहरीका प्रहरी निरीक्षक पदम पाण्डेलगायतको उपस्थिति थियो । त्यसैगरी, लायन्स क्लबका पदाधिकारी तथा सदस्य, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, खेलप्रेमी तथा सर्वसाधारणको समेत उल्लेखनीय सहभागिता रहेको थियो । उत्साहपूर्ण सहभागिता र प्रभावकारी व्यवस्थापनका साथ सम्पन्न प्रतियोगिताले वीरगञ्जमा खेलकुद र सामाजिक सेवाप्रति सकारात्मक वातावरण निर्माण गर्दै ‘स्वस्थ समाज, सक्रिय युवा र सामाजिक सेवा’को सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ ।

Tags: लायन्स म्याराथन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

साउन २९, २०८३
‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि