Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पताल विवाद थप पेचिलोः अस्पतालको लापरवाही, चिकित्सक आन्दोलनमा, छानबिन जारी

वीरगंज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारकै क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले नारायणी अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट गरेका थिए । अस्पतालका अनुसार गम्भीर घाइते भएका डा. रामको आईसीयूमा उपचार भइरहेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १०, २०८३
नारायणी अस्पताल विवाद थप पेचिलोः अस्पतालको लापरवाही, चिकित्सक आन्दोलनमा, छानबिन जारी

वीरगंज (पर्सा), १० साउन । वीरगंजस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न भएको विवाद झन् गम्भीर बन्दै गएको छ । एकातर्फ चिकित्सकहरू सुरक्षाको प्रत्याभूति र सहकर्मीमाथि भएको आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् भने अर्कोतर्फ मृतकका आफन्तले अस्पताल र चिकित्सकको लापरबाहीकै कारण बिरामीको ज्यान गएको आरोप दोहोर्‍याएका छन् ।

वीरगंज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारकै क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले नारायणी अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट गरेका थिए । अस्पतालका अनुसार गम्भीर घाइते भएका डा. रामको आईसीयूमा उपचार भइरहेको छ ।

घटनापछि अस्पताल प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकबाट छानबिन समिति गठन गरेको छ । समितिको प्रतिवेदन नआएसम्म आकस्मिक कक्षमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट अलग राख्ने निर्णय पनि गरिएको छ । जिम्मेवारीबाट अलग गरिएकामा डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादव रहेका छन् ।

गठित छानबिन समितिमा नारायणी अस्पतालका डा. निरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकका आफन्त विकास पटेल तथा अस्पतालका प्रतिनिधि सुनिलकुमार रौनियार सदस्य छन् ।

अस्पतालको उक्त निर्णयप्रति नेपाल चिकित्सक संघ, नारायणी शाखाले कडा असन्तुष्टि जनाएको छ । संघले चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन, जिम्मेवारीबाट अलग गरिएका स्वास्थ्यकर्मीलाई बिना शर्त काममा फर्काउन तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न माग गरेको छ । शाखा अध्यक्ष डा. मनोजकुमार गुप्ताले चिकित्सकमाथि भएको हिंसाले स्वास्थ्यकर्मीमा त्रास फैलिएको र निलम्बनजस्तो निर्णयले मनोबल थप कमजोर बनाएको भन्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे ।

चिकित्सक संघको आन्दोलनका कारण आइतबारदेखि नारायणी अस्पतालसहित वीरगंजका सरकारी, सामुदायिक, निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक सेवासमेत प्रभावित भएको छ । अधिकांश नियमित स्वास्थ्य सेवा ठप्प हुँदा उपचारका लागि आएका बिरामी र सेवाग्राही प्रत्यक्ष मारमा परेका छन् ।

यता मृतक राजकुमार पटेलका परिवारजनले भने उपचार प्रक्रियामा गम्भीर लापरबाही भएको आरोप लगाएका छन् । उनीहरूका अनुसार अक्सिजनमा राखिएका बिरामीलाई अर्को स्थानमा सार्ने क्रममा अक्सिजन आपूर्ति विच्छेद भएकाले मृत्यु भएको हो । यही घटनापछि आक्रोशित आफन्त र स्थानीयले आकस्मिक कक्षमा विरोध प्रदर्शन गर्दै तोडफोड गरेका थिए ।

यस घटनालाई लिएर नेपाल चिकित्सक संघको केन्द्रीय समितिले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०७९ र प्रचलित कानुनअनुसार कडा कारबाही गर्न तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट अलग गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

यता अस्पताल प्रशासनले छानबिन प्रक्रिया निष्पक्ष रूपमा अघि बढिरहेको जनाएको भए पनि चिकित्सकहरूको आन्दोलन, मृतक पक्षको गम्भीर आरोप र प्रशासनिक अनुसन्धान एकैसाथ चलिरहेका कारण नारायणी अस्पतालको विवाद थप पेचिलो बन्दै गएको छ । यस विषयमा अस्पतालको आधिकारिक धारणा लिन नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चितरञ्जन साहसँग पटक–पटक फोन सम्पर्कको प्रयास गरिएपनि सम्पर्क हुन सकेन ।

Tags: नारायणी अस्पतालको मृत्यु प्रकरण: चिकित्सक र मृतक पक्ष आमनेसामने
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

साउन १०, २०८३
बगैचामा लुकाएर राखिएको १४० किलो गाँजा बरामद

बगैचामा लुकाएर राखिएको १४० किलो गाँजा बरामद

साउन १०, २०८३
प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

साउन १०, २०८३
लिटिल बडी प्रि-स्कुलमा मेहन्दी प्रतियोगिता: आकांक्षा बान्या प्रथम

लिटिल बडी प्रि-स्कुलमा मेहन्दी प्रतियोगिता: आकांक्षा बान्या प्रथम

साउन १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि