Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कर्मचारी कुटपिट प्रकरणः कालिकामाई गा.पा.-३ का वडाध्यक्ष संजय पटेल १० हजार धरौटीमा रिहा

अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय पर्साले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालको आदेशपछि वडाध्यक्ष पटेललाई १० हजार रुपैयाँ धरौटीमा छाडिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ५, २०८३
कर्मचारी कुटपिट प्रकरणः कालिकामाई गा.पा.-३ का वडाध्यक्ष संजय पटेल १० हजार धरौटीमा रिहा

वीरगंज (पर्सा), ५ साउन । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल कर्मचारी कुटपिट तथा दुर्व्यवहार प्रकरणमा पक्राउ परेपछि १० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय पर्साले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालको आदेशपछि वडाध्यक्ष पटेललाई १० हजार रुपैयाँ धरौटीमा छाडिएको हो ।

प्रहरीले मंगलबार बिहान कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्तास्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको जनाएको थियो । गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको तथ्य जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र मल्लले पुष्टि गरेका थिए । इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएपछि सोही दिन वडाध्यक्ष पटेललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो ।

यो घटनापछि कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारी आन्दोलित बनेका थिए । कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै नियमित कामसमेत प्रभावित हुने गरी विरोध जनाएका थिए । गत असार २३ गते गाउँ कार्यपालिकाको कार्यालयभित्र कार्यालय समयमै कार्यरत कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको आरोप छ । आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको भन्दै कर्मचारीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

यस घटनामा प्रहरीले वडाध्यक्ष पटेलसहित तीन जनाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ । तीमध्ये अन्य दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ । यता, धरौटीमा रिहा भएपछि वडाध्यक्ष पटेलले भने आफूलाई प्रहरीले पक्राउ नगरेको दाबी गरेका छन् । उनका अनुसार उनी स्वयं बयान दिन जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका थिए, पक्राउ परेर लगिएको होइन ।

Tags: कर्मचारी कुटपिट घटनामा तीनविरुद्ध मुद्दा: वडाध्यक्ष धरौटीमा छुटे
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि