Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

वीरगंजस्थित होटल भिस्वामा आयोजित "SEE 2082 Excellence Honor Award" कार्यक्रममा नेशनल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीलाई खादा, टीका र सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

वीरगंज (पर्सा), २८ असार । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका ५६ जना विद्यार्थीलाई सम्मान गरेको छ । वीरगंजस्थित होटल भिस्वामा आयोजित “SEE 2082 Excellence Honor Award” कार्यक्रममा नेशनल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीलाई खादा, टीका र सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको हो ।

नेशनल प्याब्सन नगर कार्य समिति पर्साका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षता तथा वीरगंज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सनका संस्थापक सदस्य रामबिनय चौरसिया, सचिव सुशील भट्टराई, केन्द्रीय सदस्य अर्बिन्द सिंह, हिसान पर्साका अध्यक्ष मुकेश गुप्ता, प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जियालाल गुप्ताले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको सफलता विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी स्वयंको संयुक्त मेहनतको प्रतिफल भएको बताए । उनले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीलाई थप प्रेरणा प्रदान गर्नुका साथै आगामी पुस्तालाई पनि उत्कृष्टता हासिल गर्न हौसला मिल्ने विश्वास व्यक्त गरे । उनले नेशनल प्याब्सन पर्साले आगामी दिनमा पनि गुणस्तरीय, व्यवहारिक तथा प्रतिस्पर्धात्मक शिक्षालाई प्राथमिकतामा राख्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख अतिथि कार्यवाहक मेयर इम्तियाज आलमले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको बताए । उनले निजी विद्यालयहरूले वीरगंजको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासन, मेहनत र सकारात्मक सोचका साथ भविष्य निर्माणमा लाग्न आग्रह गरे ।

कार्यक्रममा एसईई २०८२ मा उत्कृष्ट सफलता हासिल गरेका ५६ जना विद्यार्थीलाई औपचारिक रूपमा सम्मान गरिएको थियो। सम्मानित विद्यार्थी तथा अभिभावकहरूले यस्तो कार्यक्रमले आफूहरूमा थप उत्साह, आत्मविश्वास र जिम्मेवारीको भावना विकास भएको प्रतिक्रिया दिएका थिए । नेशनल प्याब्सन पर्साले आगामी वर्षहरूमा पनि उत्कृष्ट विद्यार्थीहरूको सम्मानलाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

Tags: एसईईमा उत्कृष्ट ५६ जना विद्यार्थीलाई सम्मान
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि