Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तलब नपाएर आन्दोलनमा उत्रेका महानगरका कर्मचारी सहमतिपछि काममा फर्किए

दुई महिनाको बक्यौता तलब उपलब्ध गराउन माग गर्दै बिहीबार बिहानदेखि आन्दोलनमा उत्रिएका कर्मचारीसँग भएको छलफलमा बिहीबार नै एक महिनाको तलब निकासा गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २५, २०८३
तलब नपाएर आन्दोलनमा उत्रेका महानगरका कर्मचारी सहमतिपछि काममा फर्किए

वीरगंज (पर्सा), २५ असार । लामो समय देखि तलव नपाएको भन्दै आन्दोलनमा उत्रिएका वीरगंज महानगरपालिकाका कर्मचारी र महानगरबी सहमति भएको छ । विहिवार दिउँसो भएको सहमति अनुसार कर्मचारी पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । कार्यवाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग भएको वार्तामा सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन् ।

दुई महिनाको बक्यौता तलब उपलब्ध गराउन माग गर्दै बिहीबार बिहानदेखि आन्दोलनमा उत्रिएका कर्मचारीसँग भएको छलफलमा बिहीबार नै एक महिनाको तलब निकासा गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो । सहमतिपछि कर्मचारी अपराह्न ३ बजेदेखि नियमित काममा फर्किएका छन् । हानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले आजै (बिहीबार) कर्मचारीको एक महिनाको तलब निकासा गरिने जानकारी गराएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको आन्दोलनका अगुवा तथा महानगरपालिकाका कर्मचारी मुकेश गुप्ताले जानकारी दिए ।

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराको उपस्थितिमा कार्यवाहक नगरप्रमुखले कर्मचारीको खातामा तलब जम्मा गरिने आश्वासन दिएपछि सम्पूर्ण कर्मचारी नियमित काममा फर्किएका हुन् । यसअघि बिहानैदेखि कर्मचारीले कार्यालयको कामकाज अवरुद्ध गर्दै लेखा शाखामा तालाबन्दी गरेर आन्दोलन सुरु गरेपछि विभिन्न सेवा लिन महानगरपालिका पुगेका सेवाग्राहीले सास्ती खेप्नुपरेको थियो । आन्दोलन स्थगित भएसँगै महानगरपालिकाको नियमित सेवा प्रवाह र प्रशासनिक कामकाज पुनः सुचारु भएको छ ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि