Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दुई घण्टा लाइन बस्दा पनि भएन भन्सारः वीरगंज भन्सारबाट भारतीय पर्यटक फर्किए, पर्यटनमा प्रभाव

नेपाल घुम्ने उद्देश्यले रक्सौल हुँदै वीरगंज नाका पुगेका थिए । तर चारपाङ्ग्रे सवारीको अस्थायी भन्सार गराउने क्रममा कार्यालयमा लामो समयसम्म प्रतीक्षा गर्दा पनि प्रक्रिया पूरा हुन नसकेपछि बाध्य भएर नेपाल प्रवेश नगरी भारततर्फ नै फर्किनुपरेको पर्यटकको गुनासो छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २५, २०८३
दुई घण्टा लाइन बस्दा पनि भएन भन्सारः वीरगंज भन्सारबाट भारतीय पर्यटक फर्किए, पर्यटनमा प्रभाव

वीरगंज (पर्सा), २५ असार । नेपालको प्रमुख स्थलमार्ग प्रवेशद्वार वीरगंज नाकामा चारपाङ्ग्रे सवारीसाधनको भन्सार प्रक्रियामा भएको भनिएको अव्यवस्था र ढिलासुस्तीका कारण भारतीय पर्यटकले सास्ती खेप्नुपरेको आरोप लगाउँदै सार्वजनिक गरेको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ । भिडियोमा देखिएका पर्यटकले घण्टौं लाइनमा बसेर पनि भन्सार प्रक्रिया पूरा हुन नसकेपछि निराश भएर पुनः भारत फर्किनुपरेको बताएका छन् ।

पर्यटकका अनुसार उनीहरू नेपाल घुम्ने उद्देश्यले रक्सौल हुँदै वीरगंज नाका पुगेका थिए । तर चारपाङ्ग्रे सवारीको अस्थायी भन्सार गराउने क्रममा कार्यालयमा लामो समयसम्म प्रतीक्षा गर्दा पनि प्रक्रिया पूरा हुन नसकेपछि बाध्य भएर नेपाल प्रवेश नगरी भारततर्फ नै फर्किनुपरेको उनीहरूको गुनासो छ । भिडियोमा एक भारतीय पर्यटकले आफू दुई घण्टाभन्दा बढी समय लाइनमा बसेपनि भन्सार हुन नसकेको बताएका छन् । उनका अनुसार सुरुमा टिकट काट्न लगाइयो, त्यसपछि अर्को काउन्टरमा पठाइयो, तर त्यहाँ पनि लामो समयसम्म पालो नआएपछि अन्ततः यात्रा नै रद्द गरेर फर्किनुपरेको अवस्था सिर्जना भयो ।

पर्यटकहरूले भन्सार कार्यालयको व्यवस्थापन अत्यन्त कमजोर रहेको आरोप लगाएका छन् । उनीहरूको दाबी अनुसार लाइनमा बसेका सेवाग्राहीको काम अघि नबढ्ने, तर केही व्यक्तिहरू भने भित्रैबाट आएर छिटो भन्सार गराएर निस्किने गरेको देखिएको थियो । यसले भन्सार कार्यालयमा दलाली प्रणाली हावी भएको आशंका उनीहरूले व्यक्त गरेका छन् । उनीहरूले सीमा क्षेत्रमा अत्यधिक चेकजाँचका कारण पनि अनावश्यक झन्झट व्यहोर्नुपरेको बताएका छन् ।

रक्सौलदेखि वीरगंज भन्सार कार्यालयसम्म पुग्ने छोटो दूरीमै तीन स्थानमा चेकजाँच गरिनु पर्यटकमैत्री वातावरण विपरीत भएको उनीहरूको भनाइ छ । चेकजाँचका क्रममा हुने ढिलाइ र प्रक्रिया दोहोरिँदा यात्रुहरू थप हैरानीमा पर्ने गरेको उनीहरूले बताएका छन् । लाइन व्यवस्थापन प्रभावकारी बनाउन त्यहाँ खटिएका सुरक्षाकर्मीलाई आग्रह गर्दा पनि अपेक्षित सहयोग नपाएको आरोपसमेत भिडियोमा गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिका बाबजुद सेवाग्राहीको भीड व्यवस्थित हुन नसकेको उनीहरूको दाबी छ ।

नेपाल सरकारले पर्यटन प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्दै विदेशी पर्यटक आकर्षित गर्न विभिन्न योजना अघि बढाइरहेको अवस्थामा सीमा नाकामै देखिएको यस्तो अव्यवस्थाले देशको पर्यटन छविमाथि नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त हुन थालेको छ । स्थलमार्गबाट नेपाल भ्रमण गर्ने भारतीय पर्यटकको पहिलो अनुभव नै झन्झटपूर्ण बनेमा त्यसले पर्यटन क्षेत्रमै दीर्घकालीन प्रभाव पार्न सक्ने पर्यटन व्यवसायीहरूको भनाइ छ ।

भिडियोमा बोल्ने भारतीय पर्यटकले आफूले भोगेको अनुभव सुनाउँदै अन्य भारतीय नागरिकलाई समेत यस्तो अवस्था सुधार नभएसम्म नेपाल भ्रमणबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक बहस समेत उत्पन्न गरेको छ । यद्यपि, भिडियोमा लगाइएका आरोपबारे वीरगंज भन्सार कार्यालय, नेपाल प्रहरी तथा सम्बन्धित निकायले हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । सीमा नाकामा सेवाप्रवाह, लाइन व्यवस्थापन तथा भन्सार प्रक्रियालाई थप पारदर्शी, छिटोछरितो र पर्यटकमैत्री बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक देखिएको छ ।

Tags: भारतीय गाडीको भन्सार प्रक्रियामा अस्तव्यस्तताको पराकाष्ठा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरियाका तत्कालीन अधिकृत पाण्डेसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि