Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा सडक अतिक्रमण हटाउने अभियान तीव्र, एकैदिन करिब ७० निजी संरचना हटाइयो

सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगंजका फोकल पर्सन दुर्गा प्रसादका अनुसार परिचालित सातमध्ये एउटा डोजर उच्च अदालत आसपासको क्षेत्रमा र बाँकी छ वटा डोजर मुर्ली क्षेत्रमा खटिएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २३, २०८३
वीरगंजमा सडक अतिक्रमण हटाउने अभियान तीव्र, एकैदिन करिब ७० निजी संरचना हटाइयो

वीरगंज (पर्सा), २३ असार । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र निर्माण गरिएका घर तथा अन्य संरचना हटाउने अभियानलाई सडक डिभिजन कार्यालय हेटौंडाले तीव्र बनाएको छ । मंगलबार मात्रै सात वटा डोजर परिचालन गरी अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिइएको हो ।

सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगंजका फोकल पर्सन दुर्गा प्रसादका अनुसार परिचालित सातमध्ये एउटा डोजर उच्च अदालत आसपासको क्षेत्रमा र बाँकी छ वटा डोजर मुर्ली क्षेत्रमा खटिएका छन् । उनका अनुसार मंगलबार दिउँसो साढे ३ बजेसम्म गण्डक चोकदेखि मुर्लीसम्मका करिब ७० वटा निजी घर तथा संरचना हटाइसकिएको छ । यद्यपि सोही क्षेत्रमा पर्ने करिब आधा दर्जन सरकारी भवनका संरचनामा भने हालसम्म डोजर चलाइएको छैन ।

वीरगंजको मुख्य सडक विस्तार तथा सडक सीमा संरक्षणका लागि सडक अतिक्रमण हटाउने अभियान गत शुक्रबारदेखि सुरु गरिएको थियो । कृषि औजार कारखाना क्षेत्रसम्मका संरचना हटाइएपछि बहुअरीका स्थानीयले विरोध जनाउँदै अवरोध गरेकाले शुक्रबार साँझ अभियान रोकिएको थियो ।

त्यसपछि सोमबार बिहान साढे ६ बजेदेखि सडक डिभिजन कार्यालयले पुनः डोजर परिचालन गर्दै अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिएको हो । यता, सडक विस्तारबाट प्रभावित स्थानीय बासिन्दाले भने उचित समन्वय, आवश्यक व्यवस्थापन तथा वैकल्पिक उपाय सुनिश्चित गरेपछि मात्रै सडक विस्तारको काम अघि बढाउनुपर्ने माग राख्दै आएका छन् ।

Tags: वीरगंजको मुख्य सडक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

असार २३, २०८३
लागूऔषधसहित तीनजना पक्राउ

लागूऔषधसहित तीनजना पक्राउ

असार २३, २०८३
पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

असार २३, २०८३
ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

असार २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि