Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

गौशाला नगरपालिकाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बिहीबार साँझ करिब ५ बजे कार्यालयमा नियमित ड्युटीमा रहेका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीको टोलीले कार्यालय परिसरबाट नियन्त्रणमा लिएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

गौशाला (महोत्तरी), २० असार । महोत्तरीको गौशाला नगरपालिकामा कार्यरत आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । घटनाको विरोधमा गौशाला नगरपालिकाले पेनडाउन आन्दोलन सुरु गर्दै सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ भने भंगहा नगरपालिकाका कर्मचारीहरूले पनि ऐक्यबद्धता जनाउँदै पक्राउको विरोध गरेका छन् ।

गौशाला नगरपालिकाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बिहीबार साँझ करिब ५ बजे कार्यालयमा नियमित ड्युटीमा रहेका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीको टोलीले कार्यालय परिसरबाट नियन्त्रणमा लिएको थियो । नगरपालिकाले घटनामा कुनै पूर्वसूचना वा समन्वय नगरिएको दाबी गर्दै यसले स्थानीय सरकारअन्तर्गत कार्यरत कर्मचारीको सुरक्षामाथि प्रश्न उठाएको जनाएको छ ।

नगरपालिकाले पक्राउ परेका नगर प्रहरीलाई तत्काल रिहा गर्न तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग माग गरेको छ । घटनाको विरोधस्वरूप नगरपालिकाका कर्मचारीहरूले पेनडाउन आन्दोलन सुरु गरेका छन् । पक्राउ परेका नगर प्रहरीको रिहाइ र कर्मचारीहरूको सुरक्षाको सुनिश्चितता नभएसम्म सेवा प्रवाह नगर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

यससँगै गौशाला नगरपालिकाको केन्द्रीय कार्यालय, सबै वडा कार्यालय, नगरभित्र सञ्चालित स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयबाट प्रदान गरिने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । यता, भंगहा नगरपालिकाका कर्मचारीहरूले पनि संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् । विज्ञप्तिमा कुनै पूर्वसूचना वा समन्वयबिना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको घटनाले स्थानीय तहका कर्मचारीमा असुरक्षा र त्रासको वातावरण सिर्जना भएको उल्लेख गरिएको छ ।

उनीहरूले स्थानीय सरकारको जिम्मेवारी निर्वाह गरिरहेका नगर प्रहरीमाथिको यस्तो व्यवहारले संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकार तथा कर्मचारीहरूको मनोबलमा नकारात्मक असर परेको बताएका छन् । उता, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले निगौल गाई गौशालाको जग्गामा नाला निर्माण गर्ने क्रममा विवाद उत्पन्न भएको बताए ।

उनका अनुसार विवादका क्रममा निगौल गाई गौशालाकी कार्यालय प्रमुख कुन्तीकुमारी पाण्डेमाथि हातपात तथा दुर्व्यवहार भएको आरोपपछि घटनामा संलग्न आठ जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Tags: गौशाला नगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि