Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

महतोलाई गत मंगलबार मोटरसाइकल नामसारी गराउन यातायात व्यवस्था कार्यालय वीरगंज पुगेका बेला वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध भोलिपल्ट अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

वीरगंज (पर्सा), १८ असार । यातायात व्यवस्था कार्यालय वीरगंजमा मोटरसाइकल नामसारीको विषयमा भएको विवादपछि अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परेका सेवाग्राही रामकुमार महतो ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । वीरगंज महानगरपालिका–१२ निवासी २४ वर्षीय महतोलाई प्रमुख जिल्ला अधिकारी भोला दाहालको इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले महतो धरौटी बुझाएर रिहा भएको पुष्टि गरे । उनले धरौटी रकम खुलाउन नमाने पनि प्रशासन स्रोतका अनुसार ५ हजार रुपैयाँ धरौटी तोकिएको थियो । महतोलाई गत मंगलबार मोटरसाइकल नामसारी गराउन यातायात व्यवस्था कार्यालय वीरगंज पुगेका बेला वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध भोलिपल्ट अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।

यातायात कार्यालय स्रोतका अनुसार महतोले आफूले खरिद गरेको गोपाल बस्नेतको नाममा रहेको मोटरसाइकल आफ्नो नाममा नामसारी गरिदिन आग्रह गरेका थिए । उनले नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा नागरिक एपमा रहेका कागजातसमेत प्रस्तुत गर्दै प्रक्रिया अघि बढाइदिन अनुरोध गरेका थिए । तर फाँट प्रमुख प्रेम कार्कीले आवश्यक कागजात नपुगेको भन्दै नामसारी गर्न अस्वीकार गरेपछि विवाद उत्पन्न भएको बताइएको छ ।

स्रोतका अनुसार नामसारी प्रक्रिया अघि बढाइदिन महतोले जोड दिएपछि फाँट प्रमुख कार्कीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय श्रीपुर लगिएको थियो । प्रारम्भमा सहमतिमार्फत विवाद समाधान गर्ने प्रयास गरिए पनि सहमति हुन नसकेपछि बुधबार उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी स्रोतले जनाएको छ ।

घटनाबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया तीव्र बनाउँदै बिहीबार मुद्दाको फाइल जिल्ला प्रशासन कार्यालय पर्सामा पेश गरेको थियो । वडा प्रहरी कार्यालय श्रीपुरले फाइल प्रशासनमा बुझाइएको पुष्टि गरेको थियो । त्यसपछि सोही दिन प्रमुख जिल्ला अधिकारीको इजलासले महतोलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

Tags: यातायात व्यवस्था कार्यालय कलैया
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि