Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निजी क्षेत्रका समस्या समाधान गर्न रास्वपा सभापति रबि लामिछानेलाई वीउवासंघको ९ बुँदे ध्यानाकर्षण

संघले बारा–पर्सा औद्योगिक करिडोरमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न, सरकारी स्वामित्वका उपयुक्त जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई हस्तान्तरण गरी उद्योग विस्तारको वातावरण बनाउन पनि आग्रह गरेको छ । ध्यानाकर्षण पत्रमा दाल उद्योगसँग सम्बन्धित भन्सार नीति पुनरावलोकन, नेपाल–भारतबीच भन्सार तथा जीएसटी दरमा रहेको असमानता हटाउने, सीमावर्ती क्षेत्रमा हुने अनौपचारिक व्यापार नियन्त्रण गर्ने तथा दैनिक उपभोग्य वस्तुको मूल्य अन्तर घटाउने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १८, २०८३
निजी क्षेत्रका समस्या समाधान गर्न रास्वपा सभापति रबि लामिछानेलाई वीउवासंघको ९ बुँदे ध्यानाकर्षण

वीरगंज (पर्सा), १८ असार । मुलुकको औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा परिचित वीरगंजका उद्योगी–व्यवसायीले निजी क्षेत्रले लामो समयदेखि भोग्दै आएका नीतिगत तथा संरचनागत समस्याको समाधानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । चितवनमा सम्पन्न पार्टीको महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका लामिछानेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै वीरगंज उद्योग वाणिज्य संघले निजी क्षेत्रका चुनौती र सुधारका आवश्यकताबारे विस्तृत रूपमा जानकारी गराएको हो ।

संघले बुझाएको ध्यानाकर्षण पत्रमा उद्योग, व्यापार, भन्सार, बैंकिङ, बीमा, पूर्वाधार, पर्यटन, लगानी तथा व्यापार सहजीकरणसँग सम्बन्धित नीतिगत सुधारका विषय समेटिएका छन् । मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रका लागि लगानीमैत्री र व्यवसाय अनुकूल वातावरण सिर्जना गर्न सरकारले तत्काल आवश्यक निर्णय लिनुपर्नेमा संघले जोड दिएको छ । सभापति लामिछानेसँगको भेटमा संघका पदाधिकारीहरूले उद्योग तथा व्यापार क्षेत्रलाई असर गरिरहेका कानुनी र नीतिगत जटिलताबारे ध्यानाकर्षण गराउँदै व्यापारमा प्रचलित उधारो कारोबारलाई व्यवस्थित गर्न छुट्टै क्रेडिट ऐन ल्याउनुपर्ने आवश्यकता औंल्याएका थिए । वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पालका अनुसार उधारो रकम लामो समयसम्म असुल हुन नसक्दा व्यवसायी थप बैंक ऋण लिन बाध्य हुने, ब्याजको भार बढ्ने र उद्योग सञ्चालन नै संकटमा पर्ने अवस्था सिर्जना भएकाले त्यसलाई कानुनी ढंगले व्यवस्थित गर्नुपर्ने माग गरिएको हो ।

संघले बारा–पर्सा औद्योगिक करिडोरमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न, सरकारी स्वामित्वका उपयुक्त जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई हस्तान्तरण गरी उद्योग विस्तारको वातावरण बनाउन पनि आग्रह गरेको छ । ध्यानाकर्षण पत्रमा दाल उद्योगसँग सम्बन्धित भन्सार नीति पुनरावलोकन, नेपाल–भारतबीच भन्सार तथा जीएसटी दरमा रहेको असमानता हटाउने, सीमावर्ती क्षेत्रमा हुने अनौपचारिक व्यापार नियन्त्रण गर्ने तथा दैनिक उपभोग्य वस्तुको मूल्य अन्तर घटाउने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको छ । व्यापार सहजीकरणका लागि भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटक तथा सवारीसाधनका लागि सिंगल–विन्डो क्लियरेन्स प्रणाली लागू गर्नुपर्ने माग गर्दै वीरगंजस्थित एकीकृत जाँच चौकी (आईसीपी) मा अत्याधुनिक प्रयोगशाला, शीत भण्डारण, खानेपानी, शौचालय, प्राथमिक उपचार कक्ष, एम्बुलेन्स तथा सुरक्षा पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

त्यसैगरी नेपालमा गोल्ड–लिंक्ड ईटीएफ सञ्चालनको व्यवस्था गरी भौतिक सुन खरिद नगरी सुरक्षित र पारदर्शी रूपमा लगानी गर्ने वातावरण बनाउनुपर्ने, सिमरा विमानस्थलको धावनमार्ग विस्तार गरी आधुनिक पूर्वाधार विकास गर्नुपर्ने तथा उद्योगको प्रकृतिअनुसार बीमा नीति परिमार्जन गरेर अनावश्यक प्रिमियमको भार घटाउनुपर्ने माग पनि संघले अघि सारेको छ । ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रका समस्या राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले आफूले त्यसलाई गम्भीर रूपमा लिएको बताए । उद्योगी–व्यवसायीले उठाएका विषय कुनै एक क्षेत्रको मात्र सरोकार नभई समग्र अर्थतन्त्रसँग सम्बन्धित रहेको उल्लेख गर्दै उनले सरकारलाई निजी क्षेत्रका समस्या समाधानलाई प्राथमिकतामा राख्न निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले उत्पादन, लगानी र रोजगारी वृद्धि गर्न निजी क्षेत्रसँग विश्वासको सम्बन्ध कायम गर्दै उद्योगमैत्री नीतिगत सुधार आवश्यक रहेको धारणा व्यक्त गरे । निजी क्षेत्र आर्थिक विकासको प्रमुख साझेदार भएको उल्लेख गर्दै उद्योग र व्यवसायको प्रवद्र्धनबिना मुलुकको आर्थिक समृद्धि सम्भव नहुने उनको भनाइ थियो । ‘देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण छ । उद्योगी–व्यवसायीका जायज समस्याको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्न हामी प्रतिबद्ध छौँ,’ लामिछानेले भने ।

वीरगंज उद्योग वाणिज्य संघले उच्च ब्याजदर, कमजोर लगानी वातावरण, भुक्तानी संकट, भन्सार नीतिको असन्तुलन तथा पूर्वाधार अभावका कारण निजी क्षेत्र गम्भीर समस्यामा परेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा स्वीकार गरी सुधारका कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएको छ ।

पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्तको सहजीकरणमा भएको उक्त भेटवार्तामा वीरगंज महानगरपालिकाका प्रथम मेयर विजयकुमार सरावगी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधवराज पाल, पूर्वअध्यक्ष गणेश लाठ, उपाध्यक्ष मनोज दास, सचिव प्रेमचन्द गोयल, सहसचिव सुशान्त चाचानलगायत संघका पदाधिकारी तथा उद्योगी–व्यवसायीको सहभागिता रहेको थियो ।

Tags: व्यापार सहजीकरण नीतिगत सुधारका लागि लामिछानेलाई ध्यानाकर्षण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि