Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरुवा भएको एकवर्ष बित्दा पनि दरबन्दीमा गएनन् बरिष्ठ सई लामा

लामाको सरुवा प्रदेश प्रहरी गण, ढल्केबरमा भइसकेको भए पनि उनी हालसम्म त्यहाँ हाजिर हुन गएका छैनन् । बरु काज सरुवामार्फत जिल्ला प्रहरी कार्यालय पर्सामै रहेर सुबेदार मेजरको जिम्मेवारी सम्हालिरहेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३१, २०८३
सरुवा भएको एकवर्ष बित्दा पनि दरबन्दीमा गएनन् बरिष्ठ सई लामा

वीरगंज (पर्सा), ३१ जेठ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) मेगजन लामा सरुवा भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि आफ्नो दरबन्दी रहेको कार्यालयमा नपुगेको तथ्य सार्वजनिक भएको छ । प्रहरी स्रोतका अनुसार लामाको सरुवा प्रदेश प्रहरी गण, ढल्केबरमा भइसकेको भए पनि उनी हालसम्म त्यहाँ हाजिर हुन गएका छैनन् । बरु काज सरुवामार्फत जिल्ला प्रहरी कार्यालय पर्सामै रहेर सुबेदार मेजरको जिम्मेवारी सम्हालिरहेका छन् ।

स्रोतका अनुसार प्रदेश प्रहरीको काज अवधि समाप्त भइसके पनि लामाले दरबन्दी भएको कार्यालयमा रवाना हुने प्रक्रिया अघि नबढाएको बताइएको छ । प्रहरी संगठनभित्र उनको लामो समयदेखिको बसाइबारे विभिन्न प्रश्न उठ्न थालेका छन् । प्रहरी वृत्तमा भएको चर्चाअनुसार लामाकी श्रीमती समेत नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगंजमा कार्यरत रहेकाले उनी पर्सा नछाड्न चाहेको बताइन्छ । पारिवारिक तथा व्यक्तिगत कारण देखाउँदै उनी वीरगंजमै बस्न खोजिरहेको चर्चा प्रहरी संगठनभित्र भइरहेको स्रोतको दाबी छ ।

बाराको सिमरा उपमहानगरपालिका निवासी लामा घरपायक पर्ने स्थानमा बस्न चाहेकाले संगठनभित्रको पहुँच र प्रभाव प्रयोग गरी सरुवा कार्यान्वयन हुन नदिएको आरोप समेत लाग्दै आएको छ । उनीसँगै सरुवा भएका अधिकांश प्रहरी कर्मचारी भने आ–आफ्नो नयाँ कार्यस्थलमा पुगिसकेका छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले संगठनको आवश्यकता अनुसार प्रहरी कर्मचारीलाई काजमा खटाइने गरेको बताए । लामाले प्रभावका आधारमा लामो समयदेखि काजमै बसेको भन्ने आरोपबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले त्यसलाई अस्वीकार गरे ।

‘संगठनको आवश्यकताअनुसार काजमा खटाउने व्यवस्था छ। काजको निश्चित समयसीमा नै तोकिएको हुँदैन,’ प्रवक्ता बस्नेतले भने । प्रहरी संगठनभित्र सरुवा निर्णयको कार्यान्वयनमा समान मापदण्ड लागू हुनुपर्ने बहस भइरहेका बेला बरिष्ठ सई लामाको विषयले फेरि एकपटक प्रहरी प्रशासनभित्रको काज र सरुवा व्यवस्थापनमाथि प्रश्न खडा गरेको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि