Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सासहित देशभरिका पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामा हस्तक्षेपको आरोप

पत्रकारहरूले सरकारी विज्ञापनलाई सीमित सञ्चारमाध्यममा केन्द्रित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्ममाथि आघात पुर्‍याएको बताएका छन् । उनीहरूले सरकार सञ्चार क्षेत्रलाई कमजोर बनाउने दिशामा अघि बढेको आरोपसमेत लगाएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २९, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सासहित देशभरिका पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामा हस्तक्षेपको आरोप

वीरगंज (पर्सा), २९ जेठ । सरकारी सूचना तथा विज्ञापन वितरण सम्बन्धी निर्णयप्रति असन्तुष्टि जनाउँदै सञ्चारकर्मीहरूले शुक्रबार लगातार दोस्रो दिन देशव्यापी धर्ना कार्यक्रम सञ्चालन गरेका छन् । नेपाल पत्रकार महासंघको आह्वानमा ७७ वटै जिल्लामा आयोजित विरोध कार्यक्रमअन्तर्गत पर्सामा पनि जिल्ला प्रशासन कार्यालय अगाडि बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिइएको हो ।

धर्नामा सहभागी पत्रकारहरूले सरकारी विज्ञापनलाई सीमित सञ्चारमाध्यममा केन्द्रित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्ममाथि आघात पुर्‍याएको बताएका छन् । उनीहरूले सरकार सञ्चार क्षेत्रलाई कमजोर बनाउने दिशामा अघि बढेको आरोपसमेत लगाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई कमजोर पार्ने उद्देश्यले सरकारी नीति अघि सारिएको दाबी गरे । उनले सञ्चार क्षेत्रका जायज मागप्रति सरकारले बेवास्ता गरे आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिए ।

पत्रकार महासंघको लेखा समिति संयोजक केशी लामिछानेले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने नीति अधिनायकवादी सोचको प्रतिबिम्ब भएको टिप्पणी गरे । संविधानले विज्ञापनदाता निकायलाई आवश्यकता र प्राथमिकताअनुसार सञ्चारमाध्यम छनोट गर्ने अधिकार दिएको उल्लेख गर्दै उनले उक्त अधिकारमाथि अंकुश लगाउने प्रयास भइरहेको बताए । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट चैत १८ गते जारी गरिएको पत्राचारका कारण देशभरका सञ्चारगृह प्रभावित बनेको बताए । उनले सरकारी विज्ञापन वितरण सम्बन्धी निर्णय जनविरोधी रहेको भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरे ।

उनले दुई महिनादेखि जारी आन्दोलनप्रति सरकार गम्भीर नदेखिएको उल्लेख गर्दै माग सम्बोधन नभए थप दबाबमूलक आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए । पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सरकार प्रेसमाथि नियन्त्रण स्थापित गर्ने प्रयासमा लागेको आरोप लगाए । उनले विगतमा लोकतन्त्रमाथि हस्तक्षेप हुँदा सञ्चारमाध्यम नै पहिलो निशानामा परेको स्मरण गर्दै अहिले पनि त्यही प्रवृत्ति दोहोरिन थालेको बताए ।

‘सरकारको यो कदम स्वेच्छाचारी अभ्यासतर्फ उन्मुख देखिन्छ । तर स्वतन्त्र मिडियाले कुनै पनि शक्तिलाई निरंकुश बन्न दिने छैन,’ उनले भने । लोकतन्त्रको संरक्षण र सुदृढीकरणका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको उनको भनाइ थियो । धर्ना कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम राय माझी, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता नेजामुदिन सम्मानीलगायत विभिन्न सञ्चार संस्था र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

सहभागीहरूले सरकारी सूचना तथा विज्ञापन वितरणमा समान अवसर सुनिश्चित गर्न, सञ्चारमाध्यमप्रति विभेदपूर्ण व्यवहार अन्त्य गर्न तथा संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सरकारसँग माग गरेका छन् । साथै प्रेसमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट चेतावनी दिएका छन् ।

आन्दोलनमा राष्ट्रिय मुक्ति पार्टीका समानीको ऐक्यबद्धता
पत्रकारहरूको आन्दोलनप्रति राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव नेजामुदिन समानीले पूर्ण ऐक्यबद्धता जनाउँदै प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा पेशागत अधिकारको संरक्षण लोकतन्त्र सुदृढीकरणका लागि अपरिहार्य रहेको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको आह्वानमा जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि आयोजित धर्ना कार्यक्रममा सहभागी हुँदै उनले पत्रकार आन्दोलनप्रति आफ्नो समर्थन र सहभागिता रहेको बताएका हुन् ।

समानीले देशमा लोकतन्त्र, प्रेस स्वतन्त्रता, सुशासन तथा जनअधिकार स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा पत्रकारहरूले ऐतिहासिक भूमिका निर्वाह गरेको उल्लेख गरे । जनताको आवाज राज्यसम्म पुर्‍याउने, सत्य–तथ्य उजागर गर्ने तथा अन्याय, विभेद र भ्रष्टाचारविरुद्ध कलम चलाउने कार्यमा सञ्चारकर्मीहरूको योगदान अतुलनीय रहेको उनको भनाइ थियो । उनले देशमा भएका राजनीतिक, सामाजिक तथा लोकतान्त्रिक परिवर्तनका हरेक चरणमा पत्रकारहरूको सक्रिय सहभागिता र बलिदान रहेको स्मरण गर्दै त्यसको सम्मान हुनुपर्ने बताए ।

‘आज पत्रकार साथीहरू आफ्ना पेशागत हक, अधिकार, सुरक्षा तथा प्रेस स्वतन्त्रताको संरक्षणका लागि आन्दोलनरत हुनुहुन्छ । उहाँहरूका जायज मागहरू लोकतन्त्रलाई अझ बलियो बनाउने विषयसँग जोडिएका छन्,” सम्मानीले भने, “स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता बिना लोकतन्त्रको सुदृढीकरण सम्भव छैन ।’ उनले पत्रकारहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्दै पत्रकार आन्दोलन सफलताको शुभकामना समेत दिए ।

सरकारी सूचना तथा विज्ञापन वितरणसम्बन्धी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघले सञ्चालन गरेको आन्दोलनका क्रममा आयोजित धर्नामा सहभागी भएर सहमहासचिव सम्मानीले पत्रकार समुदायसँग ऐक्यबद्धता प्रकट गरेका थिए ।

Tags: सरकारी विज्ञापन नीति विरुद्ध पत्रकारहरुको आन्दोलन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

जेष्ठ २९, २०८३
भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

जेष्ठ २९, २०८३
जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जेष्ठ २९, २०८३
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

जेष्ठ २९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि