वीरगंज (पर्सा), २१ जेठ । वीरगंजस्थित नारायणी अस्पतालमा पछिल्लो समय सेवाग्रहीको चाप उल्लेखनीय रूपमा बढेसँगै आवश्यक भौतिक पूर्वाधार नहुँदा विरामीको विजोग भइरहेको छ । विशेषगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार लिन आउने बिरामीको संख्या बढेपछि अस्पतालको भौतिक संरचना र व्यवस्थापनमा चुनौती थपिएको हो ।
सरकारले आपतकालीन अवस्थाबाहेक निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा स्थगित गरेपछि बीमित बिरामीहरू सरकारी अस्पतालमा आउन बाध्य भएका हुन । सवै विमित सरकारीमा आउँदा सेवा प्रवाह अस्त व्यस्त बनेको छ । हाल ओपिडी पुर्जी लिनका लागि मात्रै तीन घण्टा भन्दा बढि लाइनमा बस्नु परेको तथा फारमेसी र ल्यावमा सो भन्दा बढि लाइनमा बस्नु परिरहेको सेवाग्राहीहरूले बताएका छन् ।
यति धेरै सेवाग्राही आउने स्थलमा अस्पतालले पंखा, पिउने पानी र शौचालयको व्यवस्था नगरिदिंदा विरामीहरू थप कष्टमा परेका छन् । अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले पहिले नै उच्च चाप रहेको अस्पतालमा अहिले बीमाका बिरामी थपिँदा अवस्था अझ जटिल बनेको बताए । 









प्रतिक्रिया दिनुहोस् !