Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चुरे तथा तराई-मधेश क्षेत्रको जलचक्र सन्तुलित राख्न पानीका स्रोत संरक्षण, पोखरी निर्माण, पहिरो नियन्त्रण तथा तटबन्ध व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको जानकारी दिएका थिए । तर बजेटमै वातावरणीय दृष्टिले उपयुक्त स्थानमा ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा प्रशोधनलाई व्यवस्थित गर्ने नीति समावेश गरिएकाले संरक्षणभन्दा दोहनलाई प्राथमिकता दिइएको आरोप लाग्न थालेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

वीरगंज (पर्सा), १६ जेठ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा चुरे संरक्षणका लागि छुट्याइएको रकम उल्लेखनीय रूपमा घटाइएपछि वातावरणविद्, संरक्षणकर्मी तथा सरोकारवालाहरूले सरकारको प्राथमिकतामाथि प्रश्न उठाएका छन् । चालु आर्थिक वर्षमा चुरे क्षेत्र संरक्षणका लागि विनियोजन गरिएको एक अर्ब ६९ करोड रुपैयाँको तुलनामा आगामी वर्षका लागि करिब एक अर्ब रुपैयाँ मात्र छुट्याइएपछि संरक्षण अभियान कमजोर बन्ने चिन्ता व्यक्त गरिएको हो ।

संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चुरे तथा तराई-मधेश क्षेत्रको जलचक्र सन्तुलित राख्न पानीका स्रोत संरक्षण, पोखरी निर्माण, पहिरो नियन्त्रण तथा तटबन्ध व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको जानकारी दिएका थिए । तर बजेटमै वातावरणीय दृष्टिले उपयुक्त स्थानमा ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा प्रशोधनलाई व्यवस्थित गर्ने नीति समावेश गरिएकाले संरक्षणभन्दा दोहनलाई प्राथमिकता दिइएको आरोप लाग्न थालेको छ ।

संरक्षणकर्मीको असन्तुष्टि
चुरे संरक्षण अभियन्ता सुनिल यादवले सरकारले तराई–मधेशको खानेपानी तथा सिंचाइ समस्या समाधानका लागि डिप ट्युबवेल कार्यक्रम अघि सारे पनि भूमिगत जल पुनर्भरणको मुख्य आधार रहेको चुरे क्षेत्रको संरक्षणमा पर्याप्त चासो नदेखाएको बताएका छन् । उनका अनुसार चुरेको निरन्तर क्षयीकरणका कारण तराईका पानीका मुहान सुक्दै गएका छन् भने कृषि उत्पादनमा समेत नकारात्मक असर पर्न थालेको छ । यादवले चुरे क्षेत्रमा बढ्दो विनाशले मरुभूमीकरणको जोखिम बढाएको उल्लेख गर्दै वर्तमान सरकारबाट संरक्षणमुखी नीति अपेक्षा गरिए पनि बजेटले त्यस्तो संकेत नदिएको बताए ।

पुनः दोहोरियो पुरानै बहस
चुरे क्षेत्रबाट खानीजन्य सामग्री निकासी गर्ने अवधारणा पहिलो पटक आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अघि सारेका थिए । त्यसबेला उक्त नीति व्यापक विवादमा परेको थियो र विभिन्न राजनीतिक दल तथा वातावरणविद्हरूले यसको विरोध गरेका थिए ।

यस वर्षको बजेटमा पनि ढुंगा, गिट्टी तथा बालुवा उत्खनन र प्रशोधनलाई प्राथमिकतामा राखिएको देखिएपछि सरकार पुनः विवादित नीतितर्फ उन्मुख भएको टिप्पणी भइरहेको छ । पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानका संयोजक नरेन्द्र खतिवडाले चुरे संरक्षणको बजेट घटाउनु दीर्घकालीन दृष्टिले प्रतिगामी कदम भएको बताए । उनका अनुसार संरक्षणका लागि आवश्यक लगानी घटाएर प्राकृतिक स्रोतको दोहनलाई प्रोत्साहन गर्नु भविष्यका लागि गम्भीर जोखिम निम्त्याउने निर्णय हुन सक्छ ।

चुरे : पानी र पर्यावरणको आधार
पूर्वदेखि पश्चिमसम्म फैलिएको चुरे पर्वत श्रृंखलाले नेपालको कुल भूभागको करिब १२.७८ प्रतिशत हिस्सा ओगटेको छ । इलामदेखि कञ्चनपुरसम्म फैलिएको यो क्षेत्र जैविक विविधता, भूमिगत जल पुनर्भरण तथा वातावरणीय सन्तुलनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।
विशेषज्ञहरूका अनुसार वन फँडानी, अव्यवस्थित उत्खनन, खुला चरिचरन र अवैज्ञानिक भू–उपयोगका कारण चुरे क्षेत्रमा माटो क्षयीकरण, बाढी, कटान तथा पानीका मुहान सुक्ने समस्या बढ्दै गएको छ । चुरे संरक्षण विकास समितिको प्रतिवेदनले पनि प्राकृतिक स्रोतको निरन्तर ह्रासले पारिस्थितिकीय प्रणालीमा गम्भीर असर पारिरहेको उल्लेख गरेको छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुरे र तराई क्षेत्रलाई देशको जल तथा अन्न भण्डारको रूपमा वर्णन गर्दै यसको संरक्षण राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको बताएका छन् । उनका अनुसार चुरे क्षेत्रको विनाश रोक्न नसकिए भविष्यमा ठूलो पर्यावरणीय संकट निम्तिन सक्छ ।

वन तथा वातावरण क्षेत्रको बजेट पनि घट्यो
सरकारले आगामी आर्थिक वर्षका लागि वन, वातावरण तथा जलवायु क्षेत्रको बजेट १२ अर्ब ३१ करोड रुपैयाँमा सीमित गरेको छ । चालु वर्षमा यही शीर्षकमा १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको थियो । संरक्षणकर्मीहरूका अनुसार यसले प्राकृतिक स्रोत संरक्षण सरकारको प्राथमिकतामा नरहेको सन्देश दिएको छ ।

यद्यपि बजेटमा डढेलो नियन्त्रणका लागि ड्रोन र स्याटेलाइट प्रविधिको प्रयोग, जडीबुटी प्रशोधन केन्द्र स्थापना, रेडप्लस कार्यक्रम विस्तार तथा वायु प्रदूषण मापन केन्द्रहरूको स्तरोन्नतिजस्ता कार्यक्रम समावेश गरिएका छन् । तर वातावरणविद्हरूका अनुसार यस्ता कार्यक्रम सकारात्मक भए पनि चुरेजस्तो संवेदनशील क्षेत्रको बजेट घटाएर उत्खननलाई प्रोत्साहन गर्ने नीति दीर्घकालीन रूपमा चिन्ताजनक छ ।
नेपालको पानी, कृषि उत्पादन, जैविक विविधता र पर्यावरणीय सुरक्षासँग प्रत्यक्ष जोडिएको चुरे क्षेत्रको संरक्षणलाई कमजोर बनाउने कुनै पनि निर्णयले भविष्यमा गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी सरोकारवालाहरूले दिएका छन् ।

Tags: चुरे कमजोर बनाउने बजेट: भविष्यका लागि खतराको घण्टी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि